हाम्रो खयरमारा राम्रो खयरमारा

हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

डिग्री पढेकी कविता जागिर छोडेर गाई पालनमा

No comments :
रोहित गिरी/कैलाली । असोज २९ - ‘दुःख गरेर पढियो, तर भनेजस्तो काम पाइएन’ धेरको मुखमा झुण्डिएको वाक्य हो यो । 
तर पढाई सकेर खोजेजस्तै जागिर पाउनेहरु पनि छन् । धनगढीकी कविता जोशीले पनि डिग्री पास गरेपछि काठमाडौंको एउटा बोर्डिङमा पढाउन थाल्नुभयो ।
आयोग लडेको भए स्थायी मास्टरी जागिरमा नाम पनि निकाल्नु हुन्थ्यो होला । तर उहाँलाई सरकारी जागिरले मन तानेन ।
भएको जागिर पनि छाडेर गाई पाल्न थाल्नुभयो । हिजोआज उहाँलाई गाईगोठमा भेटिन्छ । ‘धनगढीमा मैले कसैले पनि यसरी गाई पालेको देखेको थिइन’ कविताले सुरुका दिन सम्झँदै भन्नुभयो, ‘आफैंलाई भित्रैदेखि मैले गरें भने सक्छु भन्ने लाग्यो, अनि सुरु गरें ।’ उहाँले अहिले धनगढीको क्याम्पस रोडमा कामधेनु गाईपालन फार्म खोल्नुभएको छ । फार्ममा  अहिले ८ वटा गाई छन । तीमध्ये केही गाईले दुध दिईरहेका छन भने केही ब्याउने छन । सानैदेखि गाई पाल्ने सपना बोकेकी कविता आफनो कामबाट सन्तुष्ट हुनुहुन्छ । ‘सानैदेखि गाई पाल्छु भन्ने सोचेको थिएँ’ उहाँ भन्नुहुन्छ, ‘जागिर खाँदा मनले नै मानेन ।’ सुरुमा त गाई पालेर गुजारा चल्छ भन्ने न उहाँलाई विश्वास थियो, न परिवारलाई नै । तर अहिले गाई पालेर उहाँको दैनिकी मज्जाले चलेको छ । त्यसैले उहाँको परिवारका सदस्य पनि उहाँसँगै खट्छन दिनभर गोठको काममा । धेरै महिलाहरु घरकै कामकाज र चुलोचौकोमै सीमित भएका वेला जोशी घरभन्दा बाहिर निस्केर उद्यमतिर लागेपछि घर परिवारका सदस्यहरुले पनि साथ दिईरहेका छन ।
घरको काम र व्यवसायलाई सँगसँगै मिलाएर लगिरहेकी उहाँको काम देखेर घर परिवारका सदस्यहरु पनि दंग छन । कविताकी सासु शान्ति जोशी बुहारीको कामका विषयमा भन्नुहुन्छ, ‘हामीले केही पनि गरेका छैनौं, आउँछे जान्छे आफैं सबैथोक गर्छे ।’ ५ कठ्ठा जमिनमा गाईपालन गरेकी जोशीले दुई जनालाई रोजगारी समेत दिनुभएको छ । ‘दुधको बजार पाउन कुनै समस्या छैन’ उहाँ भन्नुहुन्छ, ‘बजार छ, तर मौसमले चाहिँ कहिलेकाहीँ समस्यामा पार्छ । चिसोको बेला कहिलेकाहीँ दूध बिक्री गर्न गाह्रो हुन्छ ।’ पछिल्लो समय महिलाहरु पनि काम खोज्दै विदेश गइरहेका छन । कोही नपढी विदेश जान्छन् त कोही पढेर पनि । तर कविता डिग्री सकेर पाएको जागिर पनि छोडेर आफनै ठाउँमा संभावना खोजिरहनुभएको छ । त्यो पनि गाई पालेर ।
काम गरेर प्रशंस कमाउँदै जानुभएकी जोशी भन्नुहुन्छ, ‘आफ्नो पौरखमा गौरव गर्न सके श्रीमान र घर परिवारको सहारामा मात्र बाँच्नु पर्दैन ।’ उहाँ अरु महिलाहरुलाई केही न केही उद्यम गरे आफ्नै खुटामा उभिन सुझाव दिनुहुन्छ । जोश, जाँगर मेहनत गर्‍यो भने घरमै बसेर पनि सुन फलाउन सकिन्छ भन्ने उदाहरण जोशीले दिनुभएको छ ।
- See more at: http://ujyaaloonline.com/desh-paradesh/story/37237/kabita-joshi/#sthash.OD6vmGbY.dpuf

हलिउड अभिनेत्रीको एक किस पाउन भारतीयले उद्योगपतिले खर्चिए ८१ हजार डलर

No comments :

हलिउड अभिनेत्री एलिजाबेथ हर्ली उर्फ जिल हर्लीको एक किस ८१ हजार अमेरिकी डलरमा विक्री भएको छ । क्यानडामा बस्ने भारतीय मूलका उद्योगपति जूलियन भारतले एक किसका लागि ८१ हजार डलर खर्चिएका हुन् । सर एल्टन जनको एड्स फाउण्डेशनका लागि रकम जुटउन उनले किस कार्यक्रम राखेकी थिइन् ।
जूलियन भारतीका तीन बच्चा छन् । आफूले पत्नीको अनुमतिमै हर्लीलाई किस गरेको उनले बताए । मोडल एवं अभिनेत्री हर्लीको नाम पूर्व क्रिकेटर शहेन वार्नसँग पनि जोडिएको थियो । तर, अहिले उनीहरु दुबै अलग छन् । उसो त उनले उद्योगपति अरुण न्यूयरसँग २००७ मा विवाह गरेकी थिइन् । तर, २०१० मा उनीहरु अलग भए ।

जहाँ चिहानबाट लासलाई निकालेर नुहाइधुवाई गरिन्छ र नयाँ पहिरनमा सजाएर गाउँ घुमाइन्छ (फोटोफिचर सहित)

No comments :
चिहान खोतलेर लासलाई बाहिर निकाल्नु, पानीले नुहाइ धुवाइ गरिदिनु र मज्जाले राम्रा राम्रा पहिरन लगाइदिनु । सुन्दैमा कुनै फिल्मी कथाजस्तो लाग्ने यो परम्परा मानव समाजमा अहिले समेत कायम रहेको परम्परा हो । इण्डोनेसियाको दक्षिण सुलावेशी स्थित तोराजाका आदिवासी समुदायमा हरेक वर्ष यस्तो अनौठो संस्कार मान्दै आएका छन् ।
corpse3
वृद्ध भएर मृत्यु भएका मात्र होइन, बाल्यकालमै मृत्यु भएकाहरुको शवलाई पनि यसैगरी सिँगारिन्छ । अनि त्यसरी सिँगारिएका लासलाई गाउँ घुमाइन्छ, सिधा बाटोमा ।
त्यसपछि बर्षदिनसम्म माटोमुनि रहँदा मक्किएको वा बिगि्रएको कफिनलाई मर्मत गर्ने वा नयाँ फेर्ने गरिन्छ अनि पुनः सिँगारिएकेा लासलाई कफिनमा राखेर चिहानमै राख्ने गरिन्छ । उक्त गाउँको एक भिरमा कलात्मक खुल्ला चिहान समेत निर्माण गरिएको छ, जहाँ सिँगारिएका लासलाई उभ्याएरै राखिएको छ ।
corpse6
यो पर्वलाई स्थानीय भाषामा मइनिन भनिन्छ जसको अर्थ लास सफाइ पर्व हो ।
परम्परागत तोराजान आस्था प्रणालीमा मृतकको आत्मा व्यक्ति जन्मेकै गाउँमा फर्किनुपर्ने मान्यता छ । त्यसैले सो गाउँका मानिस अरु कुनै ठाउँमा गएर मरे भनेपनि त्यसैगरि लासलाई सिँगारेर र हिँडाएर गाउँमै ल्याइन्छ ।
त्यसैले विगतमा सो गाउँका मानिसहरु टाढाको बाटो हिड्न डराउँथे । यदि कसैगरी आफु टाढा ठाउँमा गएर मरियो र आफ्नो लास गाउँसम्म पूराउन सकिएन भने आफ्नो स्वर्गमा बास नहुने डर उनीहरुमा हुन्थ्यो ।
corpse2
corpse8
 corpse9 corpse10 corpse4

रातु खोलामा बेली ब्रिजबाट चल्यो गाडी

No comments :
जनार्दन पोखरेल/उज्यालो । महोत्तरी, भदौ २४ - पुल भासिएर गाडी अबरुद्ध भएको झण्डै एक महिनापछि रातु नदीमा बेली ब्रिजबाट गाडी चल्न थालेका छन् । 
महोत्तरी र धनुषा जिल्लालाई जोड्ने पूर्व पश्चिम राजमार्गको रातु नदीमा बेली ब्रिज निर्माण गरेपछि सोमबार दिउँसोदेखि गाडी वारपार हुन थालेका हुन् ।
सडक डिभिजन कार्यालय जनकपुरले भासिएको पुलमाथि ४० मिटर लामो बेली ब्रिज निर्माण गरेको छ । एक हप्ता लगाएर निर्माण गरिएको बेली ब्रिजबाट एकतर्फी रुपमै भएपनि गाडी सञ्चालनमा आएपछि यातायातकर्मी र यात्रुहरुलाई सजिलो भएको छ ।
बेली ब्रिजबाट बढीमा १० टनसम्म भार भएका गाडी मात्र गुड्ने अनुमति दिइएको सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख देबेन्द्रप्रसाद साहले बताउनुभयो । त्यो भन्दा धेरै भार भएका मालबाहक ट्रक लगायतका सवारी साधनलाई बेली ब्रिजबाट गुड्ने अनुमति दिइएको छैन । वढी भार भएका गाडीलाई पुल मुनिको ड्राईभर्सनबाट गुड्ने व्यवस्था मिलाईने छ । तर पुल मुनि निर्माण गरिएको ड्राइभर्सन दुई पटक वाढीले बगाएपछि अहले ड्राईभर्सनबाट गाडी चल्न सक्दैनन् । ड्राईभर्सन नहुँदा अहिले धेरै भार भएका मालबाहक ट्रक पनि बेली ब्रिजबाटै पार भैरहेका छन् ।
गएको साउन २८ गते आएको वाढीले पुलको पश्चिम तर्फको एउटा पिल्लर डेढ फिट भासिएपछि पूर्व पश्चिम राजमार्ग अबरुद्ध भएको थियो । झण्डै एक महिनासम्म पुलबाट गाडी नचल्दा यात्रु र यातायातकर्मीहरुले सास्ती पाएका थिए । आठ सय मिटर लामो रातु नदीको पुलको ११ वटा पिल्लर मध्ये पश्चिम तर्फका तीन वटा पिल्लरमा मात्र बेली ब्रिज जडान गरिएको छ । बेली ब्रिजले भासिएको पिल्लरलाई भने कुनै भार दिएको छैन । बर्षात्को मौसम सकिन लागे पनि दशैं, तिहार र छठ जस्ता नेपालीहरुको महत्वपूर्ण चाड पर्वको बेला भएकाले गाडी सञ्चालनमा समस्या नहोस् भन्ने उद्देश्यले बेली ब्रिज निर्माण गरिएको डिभिजन प्रमुख साहले बताउनुभयो ।
चाड पर्व सकिएपछि कात्तिक अन्तिमदेखि भासिएको पिल्लरको पुनः निर्माण थाल्ने सडक डिभिजन कार्यालयले जनाएको छ । पुलको अहिलेसम्मको अबस्था हेर्दा भासिएको पिल्लरलाई उकासेर मर्मत मात्र गर्दा पनि पुल सञ्चालनमा आउन सक्ने प्राविधिकहरुले अनुमान गरेका छन् । त्यसको लागि कम्तिमा पनि ६–७ महिना लाग्ने छ । भासिएको  पिल्लरको जमिन मुनिको संरचना हेरेपछि मात्र त्यहि पिल्लरलाई मर्मत गर्दा हुने अथवा नयाँ निर्माण गर्नु पर्ने भन्ने विषयको अन्तिम टुंगो लाग्ने साहले बताउनुभयो ।

घुस लिइरहेको भिडियो सार्वजनिक भएपछि मालपोतका कर्मचारी कारबाहीमा

No comments :
कार्यालय भित्रै सेवाग्राहीहरुसँग घुस लिईरहेको भिडियो सार्वजनिक भएपछि मालपोत कार्यालय धनुषाका एक कर्मचारी कारबाहीमा परेका छन् ।
कारबाहीमा पर्नेमा कार्यालयका तामेली फाँटका खरिदार तृपित झा छन् ।
खरिदार झालाई तत्कालै कामको जिम्मेवारीबाट हटाएर र विभागीय कारबाही गरिएको मालपोत कार्यालयका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिनुभयो । प्रमुख कार्कीका अनुसार झामाथि अन्य कारबाहीको लागि प्रकृया अगाडी बढाईएको छ ।
गत भदौ १८ गते कार्यालयमा सेवाग्राहीसँग काम गरिदिए वापत घुस लिईरहेको बेला उज्यालो सहकर्मी शैलेन्द्र महतोले उनलाई फेला पारेका थिए । उनले घु लिइरहेको भिडियो सहितको समाचार उज्यालो अनलाइनमा प्रकाशित भएपछि खरिदार झालाई कारबाही गरिएको हो ।
समाचार प्रकाशनभए लगतै धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले खरिदार झालाई आवश्यक कारबाहीको लागि मालपोत कार्यालयलाई निर्देशन दिनु भएको थियो । प्रजिअ ढुंगानाले निर्देशन दिएलगतै मालपोत कार्यालयले भदौ १९ गते खरिदार झासँग २४ घण्टे अल्टिमेटम सहित लिखित स्पष्टीकरण माग गरेको थियो ।    
खरिदार झा आउदो आश्विन १ गते अवकास पाउने कर्मचारी हुन् ।  खरिदार झाले सेवाग्राहीसखरिदार झामाथि कारबाही भएपछि धनुषाको मालपोत लगायत अन्य कार्यालयका कर्मचारीहरु आतंकित भएका छन् भने सेवाग्राहीहरुलाई अनाहकमा सास्ती  पार्ने क्रम पनि बढेको छ ।  

ड्यामसाइट हेरेर फर्किंदा चिप्लिएर लडे गृहमन्त्री

No comments :
सिन्धुपाल्चोकको जुरेमा ड्यामसाइट निरीक्षण गर्न गएका उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम लडेर घाइते हुनुभएको छ ।
मंगलबार दिउँसो ड्यामसाइट हेर्न गएका गौतम अप्ठेरो बाटो हुँदै फर्कने क्रममा चिप्लिएर लड्नुभएको हो ।
प्रहरीका अनुसार उहाँको घुँडामा सामान्य चोट लागेको छ । खाडीचौरमा उपचार गरेर उहाँ मंगलबार नै काठमाडौं फर्कनुभएको छ ।
गृहमन्त्री गौतम दिउँसो झण्डै ३ बजे सिन्धुपाल्चोकको जुरे पुग्नुभएको थियो । मोटरबाटो हुँदै त्यहाँ पुगेका गौतम अघिपछि प्रहरी र सरकारी अधिकारीलाई लिएर पैदल हिँड्नुभयो । जुरेमा पहिरोले थुनिएर ताल बनेको ठाउँ कस्तो भएछ भनेर उहाँलाई हेर्नु थियो ।
पहिरो गएको ठाउँमा हिँड्न यसै पनि अप्ठेरो हुने भयो । त्यसमाथि ड्यामसाइटसम्म पुग्ने पुरानो बाटो पनि मंगलबार बिहान भत्किएको थियो । ढुंगामुढा, हिलो चिप्लो पाखापखेरामा खाली खुट्टा हिँड्दा त लडिएला भन्ने डर । त्यसमाथि गृहमन्त्री छालाको जुत्ता लगाएर जानुभएका । जाँदा त उहाँ ठमठम हिँडेरै पुग्नुभयो ।

२५ वर्षदेखि ठिँगुरामा

No comments :

प्यूठान जुम्रिकाँढा-५, बुर्तिबाङका लालमन रानालाई मानसिक सन्तुलन बिग्रेको भन्दै परिवारले २५ वर्षदेखि काठको ठेडोमा खुट्टा अडाएर राखेका छन्। उनी यताउता गर्न सक्दैनन्। घरमै बन्धकझैं राखिएको छ।
२५ वर्षसम्म ठेडोमा राख्दा उनको सरसफाइसमेत भएको छैन। त्यसले शरीर पुरै कालो भएको छ। मिलनसार रानाले एक्कासि मानसिक सन्तुलन गुमाएर रातिराति हिँड्न थालेपछि घरमा आगजनी गर्ने डरले परिवारले गाउँलेको सहयोगमा ठेडोमा राखेको स्थानीय ओबिराम बुढाले बताए। उनले ठेडो बोकेर घरबाहिर खनिएको खाडलमा दिसा गर्नबाहेक अन्यत्र जान नसक्ने गरी खुट्टामा फलामले अडाइएको छ।
'विवाह गरेको पाँच वर्षमै यस्तो भो', श्रीमती सरी रानाले भनिन्, 'जेनतेन जुटाएर बिहान-बेलुका खान दिने गरेका छौँ।' उनका बुबाआमा, दुई भाइ छोरा र श्रीमती छन्। श्रीमान्लाई घरमै बन्धक गराएर राख्नुपर्दा सरीलाई निकै दुःख लाग्छ। त्योभन्दा धेरै वृद्ध सासूससुरा र छोराहरूको लालनपालनमा समस्या रहेको उनले बताइन्।
घरपरिवारबाहेक बाहिरका मान्छेसँग हिमचिम नभएकाले उनी नयाँ मान्छे देखेपछि डराउँछन्। आर्थिक अभावले उनलाई परिवारले धामीझाँक्रीबाहेक कतै उपचार गराउन लगेका छैनन्।
'सुरुमा तीन पटक झाँक्री बसाल्यौं', श्रीमती सरीले भनिन्, 'निको भएन। त्यसपछि कतै लगेका छैनौं।'
२०४६ सालबाट यसरी बन्धक बनाएर राख्नुपरेको श्रीमतीले बताइन्। उनीसँग डराएर न कपाल काटिएको छ, न नुहाइदिएका छन्। 'द्वन्द्वको समयमा गाउँमा आउने माओवादी कार्यकर्ताले उनको कपाल काटिदिने गर्थे', स्थानीय ओबिराम बुढाले भने, 'त्यसपछि उनको कपालसमेत काटिएको छैन।' ननुहाएर फोहोरले गर्दा जुम्राले उनी शरीर र टाउको कनाइरहन्छन् भने लुतोले शरीर पाकेको छ।

पिम्पलवाली केटी

No comments :
सुबिन भट्टराई
कोठामा आएँ । मन रोटेपिङ भयो । चक्कर आउन्जेल घुमिरहृयो । साया, अतीत अनि सुस्मिता चकचके केटाकेटीझैँ मस्तिष्कमा खुर्रर दौडिरहे ।
सायासँग सुस्मिताको नम्बर मागेको थिएँ । फोन लगाएँ ।
फोन अफ थियो ।
अर्को दिन फेरि प्रयास गरेँ । अफै थियो ।
चार-पाँच दिनसम्म लगातार फोन लगाएँ । फोन अफको अफै थियो ।
अतीतलाई एउटा मेल सेन्ड गरेँ, कतै उसलाई सुस्मिताका बारेमा केही जानकारी छ कि भनेर । एक हप्ता कुरेँ, तर उसको कुनै रिप्लाइ आएन ।
जे पर्ला-पर्ला, आँट गरेर धनगढी हानिऊँजस्तो लाग्यो । सुरूमा आँट जुटाउन सकिनँ । आ, जेसुकै होस्, मलाई केको टाउको दुखाइ ! बित्थामा अर्काको समस्यामा परेर मलाई के ?
त्यसपछि सुस्मितालाई भेट्ने योजनालाई योजनामै सीमित गराइदिएँ ।
'साया' विमोचन कार्यक्रममा पुस्तकमा हस्ताक्षर गर्दै लेखक सुविन भट्टराई
‘साया’ विमोचन कार्यक्रममा पुस्तकमा हस्ताक्षर गर्दै लेखक सुविन भट्टराई
तर पछि के-केले हो म जान उक्सिएँ । सुस्मिताले सायद आफ्नो नम्बर चेन्ज गरेकी होली । त्यसैले सजिलै उपलब्ध हुन सकिन । अतीतको धनगढीको अफिस पत्तो लगाउन गाह्रो थिएन । त्यहाँ पुगे सुस्मिता भेटिइहाल्थी । एकपटक उसका कुरा धुत्न पाए सब कुरा छर्लङ्ग हुँदो हो ।
गएँ नयाँ बसपार्क अर्को दिनको टिकट लिनलाई भनेर । तर त्यहाँ गएपछि बुझियो, कैलाली बन्द रहेछ ।
हरेक दिन फोन गरेर सोध्थेँ, बन्दको बन्दै ।
तीन दिनपछि मात्र खुलेको जानकारी पाएँ । तर फेरि कुनै पनि बेला बन्द हुन सक्छ भन्ने हल्ला पनि व्याप्त थियो । जोखिम लिएरै हिँडेँ ।
भोलिपल्ट धनगढी पुग्नासाथ कतै केही नगरीकन सीधै अतीतको अफिस गएँ ।
पानी स्यार्र परेको थियो । एउटा छाता बोकेको थिएँ । थेगेन । ठाउँ-ठाउँमा भिजेको थिएँ । बाटो पनि पूरै हिलैहिलो थियो । हिँड्दाखेरि त्यै हिलो उछिट्टएिर मेरो कालो रङ्गको पाइन्टको आधा जति भागसम्म हिलोका छिटाहरु आफ्नै जुत्ताले उछिट्टएिर लागेको थियो ।
धनगढीमा आफन्त पनि कोही थिएनन् । झोला बिसाउने ठाउँसम्म थिएन । तैपनि पहिला कुनै होटल खोजेर झोला बिसाउनु थियो । तर आफ्नै कामको हतारोले आफूलाई कामबाहेक अन्य केही कुरामा मन लगाउन दिएन ।
उसको अफिसभित्र छिर्ने बेलामा आफैँलाई देखेर लाज लाग्यो । म यो कहाँ के गरिरहेछुझैँ लाग्यो । एउटी अपरिचित केटीलाई भेट्न पूरा रात बसमा बसेर यति लामो दूरी पार गरेर म धनगढी पुगेको छु । मान्छेेले सोचे भने के भन्लान् मलाई ?
उसको अफिसको गेटमा छिर्दा मन नमज्जाले चुकचुकाइरहेको थियो । के भनेर सुस्मितासँग फेस गर्ने ? कसरी सुरू गर्ने कुरा ? के ऊ मसँग उघ्रेली ? मेरा प्रश्नहरुको ठीक-ठीक जवाफ देली ?
जे हो वास्तविकता त्यै भन्छु । केही लुकाउन्नँ । यही सोचेर म उनीहरुको अफिसमा पूरै आत्मविश्वाससाथ छिरेँ ।
छिर्नासाथ रिसेप्सनमा एउटी केटी कम्प्युटरको माउससँग खेलिरहेको देखेँ । सायद सुस्मिता त्यही हुनुपर्छ ।
केटी केही गहुँगोरी, लाम्चो अनुहार, थेप्चो नाक, कैलो कपाल भएकी थिई ।
म उसको अगाडि परेर भनेँ, ‘सुस्मिताजी !’
‘हजुरले कसलाई खोज्नुभा होला ?’ उसले माउसबाट आफ्नो हात झिकी अनि अनुहार मोनिटरबाट पूरै मतिर मोडेर भनी ।
‘तपाईंलाई नै,’ मैले सोधेँ, ‘तपाईं सुस्मिताजी होइन ?’
‘सरी, म सुस्मिता होइन त ।’
मलाई ऊ सुस्मिता नभएकोमा ग्लानि भयो । मलाई ग्लानि भयो, आफू ओभरस्मार्ट भएर उसलाई सुस्मिता भन्ठानेकामा ।
मैले भनेँ, ‘सुस्मिता जो यहाँ अगाडि रिसेप्सनिस्ट हुनुहुन्थ्यो, म वहाँलाई खोज्न आएको ।’
उसले मलाई ठयाक्कै आफू बसेको दायाँतिरको क्याबिन देखाउँदै भनी, ‘ऊ त्यो क्याबिनमा भएको सरलाई सोध्नुस् न एकपटक ।’
म गाला रातो पारेर उसलाई ‘सरी,’ भन्दै उसले देखाइदिएको क्याबिनतिर गएँ ।
क्याबिनमा थियो रामप्रीत र अरु दुई जना स्टाफ । रामप्रीतलाई चिन्न मैले भूल गरिनँ ।
उसलाई त्यही कोठाको एउटा गोप्य कुनो सिर्जना गरेर सोधेँ सुस्मिताका बारेमा ।
उसले मलाई यथार्थ विवरण सुनायो ।
सुस्मिता सिद्धार्थ बैंकमा काम गर्न थालिछ । धेरै भइसकेको रहेछ उसले त्यो अफिस छाडेको । धन्न, रामप्रीतलाई जानकारी रहेछ । नत्र मेरो यो यत्रो यात्रा सब व्यर्थ जानेवाला थियो ।
रामप्रीतसँग छुट्टएिर म लागेँ सिद्धार्थ बैंकतर्फ । पानी परेको पर्‍यै थियो । रिक्सा चढेर झन् भिज्न मन लागेन । पैदलै हिँडेँ । त्यतिकैमा एउटा रिक्सावाला छैवैमा आयो र कहाँ जाने भनी सोध्यो ।
मैले पहिलोचोटि आफू भिजेर यात्रा गर्न नचाहेको भन्दै रिक्सावालालाई पूरै इग्नोर गरेँ ।
उसले पुनः दोस्रोपल्ट नभिजाई लैजाने भन्दै रिक्साको हुड उघार्‍यो र सिट पुछिदियो ।
मलाई रिक्सावालाको माया लागेर आयो । उसको आग्रह टार्न सकिनँ । चढेँ रिक्सा । तर उसले भनेबमोजिम पानीबाट पूरै जोगिन सकिनँ ।
‘भिजियो नि त दाइ,’ मैले अलिअलि आफ्नो शरीरमा चुहिएको पानी पन्छाउँदै भनेँ ।
उसले भन्यो, ‘हजुर अलिअलि त छातै ओढर हिँड्दा पनि भिजिहाल्नुहुन्थ्यो ।’
बैंक अगाडि रिक्सा रोकियो । पैसा दिएर बैंक छिरेँ ।
गार्डलाई सोधेँ ।
तर अपसोच सुस्मिता त्यस दिन छुट्टीमा रहिछे ।
घर उसलाई थाहा नभएको बतायो ।
त्यसै त्यसै दिक्क लागेर आयो । सारा प्लान चौपट । के गरुँ के गरुँको द्वन्द्वमा फसेँ । अल्छी मान्दै त्यहाँबाट निस्किएँ ।
बाहिरपट्टी त्यही अघिको रिक्सावाला तैनाथ थियो ।
‘जाऊँ साथी होटल,’ मैले रिक्सावालालाई भनेँ ।
ऊ खुसी हुँदै फेरि सिट साफ गर्न थाल्यो ।
रिक्सामा जाँदै गर्दा मैले योजना बनाएँ भोलिपल्ट सुस्मितालाई फस्ट आवरमै भेटेर, दिउँसो तीन बजेतिरको बसमा काठमाडौं फिर्ता हुने । साथी होटलमा गएर त्यस रात आराम गरेँ । पानी घट्ने नामै लिइरहेको थिएन, बरू अझ बढ्दो थियो । बाढी, पहिरोका समाचार मिडियामा छयाप्छयाप्ती थिए ।
भोलिपल्ट सुस्मिता फेला परी । उसको अफिस पुग्दा यस्तै एघार बजेको थियो । अघिल्लो दिन देखिएकी केटीभन्दा यो सुस्मिता अलिक डल्ली डल्ली, गोलो अनुहार भएकी तर गोरी केटी थिई । उसका आँखा एकमदै चञ्चल प्रकृतिका ठूल्ठूला, जो कोहीलाई पनि लोभ्याइ हाल्ने खालका । तिनमा बडो लोभलाग्दै पाराले गाजल लगाइएका थिए । दायाँ गालामा अलिअलि पिम्पल थिए, तर ती उसको सुन्दरतामा कुनै पनि किसिमको खलल पुर्‍याउने कोटिका थिएनन् ।
उसलाई नढाँटी आफ्नो परिचय दिएँ र भेट्नुको उद्देश्यबारे तुरून्तै खुलाइहालेँ ।
उसले दिउँसो तीन बजेयता आफूलाई फुर्सद नहुने बताई ।
एकपटक मैले रिक्वेस्ट नै गरेँ ।
तर तीन बजेयता क्यै गरे पनि फुर्सद नभएकै बताई ।
‘बरू तीन बजेपछि म तपाईंलाई जति भन्नुहुन्छ त्यति नै समय दिन तयार छु ।’ मुस्कुराउँदै भनी, मानौंं म उसको कुनै क्लाइन्ट नै हुँ ।
‘ठीकै छ,’ आफ्नै मनलाई सम्झाएँ, ‘आजको साटो भोलि र्फकन्छु काठमाडौं । यत्रो दिन त धैर्य राखियो ।’
तीन बजेसम्म के गर्ने ? गएँ साथी होटलमा र सुतेँ एक निद्रा । कतै निस्किन पनि मन लागेन । सिनेमा हेरेर समय काट्ने एउटा अप्सन त थियो तर निष्पट्ट झरीले गर्दा त्यतापट्टी मन गएन ।
र सवा तीनमा म आफूलाई ठयाक्कै सुस्मिताका अघिल्तिर पाउँछु ।
(सुबिन भट्टराई को उपन्यास समर लभको सिक्वेल ‘साया’ बाट)
-onlinekhabar

अर्काको श्रीमतीसँग शिक्षकले अनैतिक सम्बन्ध राखेपछि…

No comments :
khumlal teacherतारुका (नुवाकोट), असार ५ – नुवाकोटको तारुकास्थित श्रीकृष्ण उच्चमाविका शिक्षक खुमलाल तिमल्सिनामाथि स्थानीयले कुटपीट गरेका छन् । स्थानीय एक विवाहित महिलासँग अनैतिक सम्बन्ध राखेको आरोप लगाउँदै तिमल्सिनालाई कुटपीटपछि महिलासहित बुधबार प्रहरीको जिम्मा लगाइएको एक स्थानीयले रातोपाटीलाई जानकारी दिए ।
करीब ७ वर्षयता प्लस टु र माध्यामिकस्तरमा अंग्रेजी विषय बढाउँदै आएका तिमिल्सिना र ती महिलाबीच अनैतिक सम्बन्ध रहँदै आएको स्थानीयको दाबी छ । स्थानीयका अनुसार महिलाका श्रीमान रोजगारको सिलसिलामा भारतमा रहेको बेलामा उनीहरुबीच अनैतिक सम्बन्ध रहने गरेको थाहा पाएर श्रीमान घर फर्केपछि महिलाको बयानको आधारमा तिमल्सिनालाई झिकाइएको र लगत्तै कुटपीटपछि दुबै जनालाई प्रहरीको जिम्मा लगाइएको थियो ।
डेरामा बसिरहेको बेला शिक्षक तिमल्सिनालाई काम छ भन्दै केहि युवाहरुले महिलाको घरमा लगेको र त्यसपछि अनैतिक सम्बन्ध राखेको भन्दै पुरै गाउँलेले कुटपीट गरेका थिए । कुटपिटबाट तिमल्सिनाको शरीरका विभिन्न भागमा चोटपटक लाग्नुको साथै पिठ्यूमा निलडाम बसको छ ।
प्रहरीले उनीहरु दुबैलाई नियन्त्रणमा लिएको बताउँदै अनुसन्धान जारी रहेको बताएको छ । महिलाले केहि वर्ष पहिलेमात्रै गाउँमै भागी विवाह गरेकी थिइन् ।
को हुन् खुमलाल ?
धादिङका तिमल्सिनाले यसअघि धादिङ र नुवाकोटका विभिन्न विद्यालयमा पढाइसकेका छन् । झण्डै सात वर्षअघिमात्रै अग्रेजी शिक्षकको रुपमा श्रीकृष्ण उच्चमाविका प्रवेश गरेका थिए तिमल्सिना । त्यसयता उनले प्लस टु र माध्यामिकस्तरमा अंग्रेजी विषय अध्यापन गर्दै आएका छन् । यद्यपी विद्यालयमा प्रवेश गरेलगत्तै उनी विभिन्न विवादमा फसिरहे । कहिले स्थानीयसँग राजनीतिक आवरणमा झैझगडा गर्ने त विद्यालयका छात्रालाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप सम्म उनलाई लाग्यो ।
स्मररण रहोस् छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोहि विद्यालयका विद्यार्थीले २०६९ कात्तिक १४ गते उनलाई कक्षा समयमै कालोमोसो र जुत्ताको माला लगाइदिएका थिए । त्यतिबेला बिना कारण कालोमोसो र जुत्ताको माला लगाएर आफ्नो मानहानी गरेको दाबी गर्दै स्थानीय राजनीतिक दलको आडमा उनले विद्यार्थीहरुविरुद्ध स्थानीय अदालतमा उद्दासमेत दायर गरेका थिए ।
उनलाई नजिकबाट चिन्ने एक शिक्षककले विगतदेखि नै उनले राख्दै आएको अनैतिक सम्बन्धको पुष्टि भएको भन्दै शिक्षा क्षेत्रमा काम गर्ने अन्यलाई पनि लाजमर्दो भएको र यस्ता शिक्षकलाई विद्यालयबाट हटाउन पर्नेमा जोड दिँदै त्यसो हुन सके समाजलाई नै फाइदा पुग्ने बताए । उनका अनुसार तिमल्सिना तारुका बाहेक पनि नुवाकोट र धादिङका विभिन्न विद्यालयमा बढाउँदा अनैतिक काम गरेको आरोपका कारबाही पर्दै आएका थिए ।
अनैतिक काम गरेर समाजकै बद्नाम गर्न उद्धत उनलाई तत्काल पदपरिपूति गरेर सेवाबाट हटाइनुपर्ने स्थानीयको जोड छ ।
स्रोतका अनुसार गतवर्ष भएको लोकसेवा आयोग परिक्षामा नाम ननिस्केपछि उनको विद्यालयबाट चाँडै नै जागिर खोसिने छ । स्थायी शिक्षकको नियुक्ति प्रक्रिया अघि बढेलगत्तै उनले विद्यालयको जागिर गुमाउनेछन् ।

यात्रुलाई बीचबाटैमा छाडी बस फरार

No comments :
कञ्चनपुर, भदौ २४ – 
नदी बढेको कारण देखाउँदै महाकाली यातायात बस व्यवसायी समितिको एक बस यात्रुहरुलाई बीचबाटैमा छाडेर फरार भएको छ ।
बुधबार बिहान ८ बजे महेन्द्रनगरदेखि बेलौरीका लागि छुटेको महाकालीको म१ख ५२९ नम्बरको बस यात्रुलाई छाडी फरार भएको हो ।
दैजी–बेल्डाँडी सडकखण्डमा पर्ने बाल्मा नदीमा पानीको बहाव बढेको कारण देखाउँदै उक्त बस यात्रुहरुलाई दैजीमा छाडी झलारी गएको पीडित यात्रुहरुले बताएका छन् ।
नदीमा पानीको बहाव बढेपछि केहीबेर रोकिएको उक्त गाडीले महेन्द्रनगरदेखि बेल्डाँडीसम्म टिकट काटेका यात्रु भरतबहादुर मल्ललगायतका यात्रुको टिकट फिर्ता नै नगरी गाडी झलारीतर्फ गएको बताइएको छ ।
“मैले महेन्द्रनगरदेखि बेल्डाँडीसम्मको दुई टिकट काटेको थिएँ, दैजीसम्मको टिकट काटेर बाँकी बचेको रकम फिर्ता गरेन,” मल्लले भने ।
बसपार्कदेखि सम्बन्धित ठाउँसम्म पु–याउने कर्तव्य भए पनि बस मालिकहरुले यसरी अनेक बहानामा यात्रुलाई धोका दिने गरेका छन् ।
यो बस सँगैको पवनदूतको गाडी उक्त नदीबाट पार भएर गयो, तर महाकालीका बसका यात्रुहरु मालिकले बहाना गरेपछि दैजीमा चार घण्टासम्म अलपत्र परेका थिए ।
दैजीमा अलपत्र परेका यात्रुहरु झन्डै पाँच घण्टापछि अर्को बसमा घर गए । यसबारे महाकाली यातायातका अध्यक्ष बाबुराम शर्माले बसले यात्रुको पैसा फिर्ता दिनुपर्ने बताएका छन् ।

अन्जुलाई मुम्बईमा आउन नदिने चेतावनी

No comments :
  • दिपक भट्टराई
Anju_Panta_mero_nepalमुम्बई, भदौ २४ – नेपालमा के भइरहेको छ अनि, नेपाली कलाकारिता क्षेत्र कहाँ सम्म पुगेको छ । प्रत्यक्ष या अप्रत्यक्ष रुपमा मुम्बईसंग कलिउड क्षेत्र पनि नजिकै रहेको छ । अनि केहि समय पहिलासम्म नेपालमा उच्च स्तरीयका गीत रेकर्डिङ् स्टुडियो समेत थिएनन् र म स्वयंले लगभग नेपालका सबै कलाकार अथवा गायकहरुलाई आफ्नो व्यक्तिगत काम चाहे त्यो आवाज परिक्षण किन नहोस्, चाहे अभिनय नै मुम्बईमा आएर निखारिएको बताउने थुप्रै कलाकारहरु भेटेको छु । कलिउडका स्थापित कलाकार राजेश हमाल, सुनिल थापा, झरना थापा, स्व. श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, बिराज भट्ट, झरना बज्राचार्य हुँदै रेजिना उप्रेती र उषा पौडेललाई नचिकबाट चिन्छु । एउटा भनाइ रहन्छ उहाँहरुको मुम्बईको हावापानी वास्तबमै संगीतमय छ अनि कलाकारिताको लागि उर्बर भुमि हो, भारत ।
हरेक महिनामा भई राख्ने लोक सांगीतिक कार्यक्रममा मुम्बई नआएका नेपाली लोकदोहोरी गायक गायिकाहरु सायद बिरलै होलान् र २–३ पटक सम्म नेपाली पंञ्चेबाजाका साथ मुम्बई आइपुगेका दाजु प्रजापति पराजुली भन्छन्, “वास्तबमै नेपाली लोक गीतहरुलाई हाम्रा पालामा नेपालमा बजाउनको लागि मुम्बईका स्टुडियोहरुले राम्रो सहयोग गरेका छन् । सायद कुनै कुनै तरिकाबाट नेपाली लोकदोहोरीबाट अलि नजिक भएर होला मुम्बईका राजनीतिक समारोहहरुमा पनि २–४ वटा भएपनि लोक गीतका नाचहरु हेर्न पाएका छौँ ।
यति नजिकबाट नेपाली लोक संस्कृतिलाई माया गर्ने सम्पूर्ण मुम्बईवासी नेपालीहरु यति बेला अति आक्रोसित बनेका छन् । किन कि अहिले केहि नेपालीहरुले एक्कासी विवादमा तानिएकी गायिका अन्जु पन्तलाई मुम्बई प्रवेशमा रोक लगाउनु पर्छ भनेका छन् । यदि अञ्जु कथम कदाचित मुम्बई आइपुगिन् भने उनलाई जस्तो पनि कारबाही गर्छौ भन्दै उनीहरुले आक्रोस पोखेका छन् । अञ्जु पन्तको बिषयमा मुम्बईका केहि प्रतिनिधि र कार्यक्रम आयोजकहरुको प्रतिक्रिया यहाँ प्रस्तुत गरिएको छ ।
मास्टर थापाः
नेपाली श्रमिक मजदुर युनियनका अध्यक्ष थापा मुम्बईका नेपालीहरुका दुःखका साथी नै मानिन्छन, उनी भन्छन्, यहाँ अमिताभ बच्चनले अल्लाह रे अल्लाह भन्ने गीतमा अभिनय गर्छन् र उनी हिन्दु हुन्, पर्दामा मात्रै नभएर आफ्नो घरमा श्री गणेशको मुर्ति राखी पुजा गर्ने सलमान खान, साहरुख खान छन्, क्रिश्चियन परिवारकी जेनेलिया डिसुजा हिन्दु नारीको अभिनय पर्दामा गरिसकेकी छन्, रमजानको पार्टीमा गएर सबै मुस्लिम दाजुभाइसँग गलामिलाएर आउने शिवसेना प्रमुख उद्धव ठाकरे म सँग नजिक छन् । फेरि पनि ढुक्कसँग भारतीय जनता पार्टीका मुस्लिम उम्मेद्वारले ‘जय हिन्द’ भन्छन् भने आजकी खुई कौडिकी अन्जु पन्तले हिन्दु शब्दको गीत नगाउने ? यदि मुम्बईमा कुनै संस्थाले ल्याउन खोजे हामी प्रतिकार गर्छौ अनि कुनै पनि नेपाली सांस्कृतिक कार्यक्रममा उनले गाएका गित बजेछन् भने म स्वमं त्यहाँ गइ कार्यक्रम स्थगीत गराउने छु ।
चेतमान खड्काः
‘देखाचेम्स ग्रुप मुम्बई’ का प्रोप्राइटर तथा कार्यक्रम आयोजक खड्का लगभग सबै जसो नेपाली कलाकारहरुलाई मुम्बईमा ल्याएर स्टेज शोहरु गरिसकेका छन् । उनी भन्छन्, म नेपाली संगीतको पुजारी हँु, जुनसुकै क्षेत्रका नेपाली लोकगीतहरु, भजन किर्तन, आधुनिक लगायतका चलचित्रका गीतहरु सुन्दा र देख्दा मेरो छाती गर्वले फुल्छ हिजो सरस्वती माताको चरणमा पाउँ राखी संगीतमा होमिएकी अन्जु पन्त आज २–४ पैसामा बिकेर धर्म परिवर्तन गरे भन्दैमा नेपाली दुर्गा माता उच्चारण गर्न नमिल्ने रे भोली उनलाई नेपाली हुँ भन्न पनि अप्ठेरो पर्ला, यदि उनी मुम्बई आउने थाहा पाए एयरपोर्टमै गएर उनलाई कारबाही गर्ने पक्षमा म छु । एक्लै लडेर भएपनि मैले मुम्बईमा उनका गीतहरु सांस्कृतिक कार्यक्रममा बज्न दिने छैन ।
प्रेम बि.के.:
भारतका एक सफल कार्यक्रम आयोजक एवं नेपाली संस्कृतिलाई माया गर्ने र लगभग सबै कलाकारलाई मुम्बई ल्याएका प्रेम भन्छन्, मान्छे आफै स्वतन्त्र हुन्छ तर सामाजिक दायित्वलाई भने बिर्सनु हँुदैन । त्यसमा पनि कलाकारको त कुनै जात, धर्म र कुनै सिमा हुँदैन । अन्जुजीको सवालमा उनले यसो भन्न हुँदैनथ्यो । भनिहाले पनि त्यसलाई कुनै ठूलो इश्यु बनाउने आवश्यकता छैन, उनलाई गाउन मन लागेन गाउनु भएन । त्यसमा धर्म र सम्प्रदायलाई जोडेर कुनै मुद्दा बनाउनु हुँदैन । तर म उनलाई मुम्बईमा ल्याएर कार्यक्रम गर्नलाई पछि पर्ने छैन ।
सागर भण्डारी:
युरेसिया रेयुकाई मुम्बई प्रमुख तथा लोक पारखी उनी भन्छिन्, वास्तवमै अन्जु पन्त हिजो धर्म परिवर्तन गरि आज अर्को धर्मको आलोचना गर्ने कार्य आफैँमा खराब हो । आफ्नो स्वतन्त्रतालाई प्रयोग गर्दा अरुको भावनामा ठेस पुग्ने कार्य गलत हो भन्ने कुरा नबुझेकिलाई गायिका भनि राख्नु उचित हँुदैन तसर्थ पहिला गल्ति बोल्ने र पछि माफी मागेर हाम्रो सांस्कृतिकको उपहास गर्नेलाई हामी बहिस्कार नै गर्नुपर्दछ ।
न्यौपाने दिल श्री :
गैर आवसीय नेपाली संघ पोल्याण्डका महासचिव एन.आर.एन. का पोल्याण्डका साहित्य प्रवर्दन केन्द्रीय समिति सदस्य भन्छन् – म हिन्दु धर्म मान्ने मान्छे हुँ, हरेक दिन बिहान भगवानको पुजा आराधनासहित गीता पाठ गरेपछि मात्र मेरो दैनिकी सुरु गर्ने गर्छु । म आफ्नो धर्म र कर्ममा गौरव गर्छु यद्यपि धर्मका नाममा जिवन्त रहँदै आएका कतिपय अन्धविश्वासको आलोचना गर्ने गर्छु ।
म गुम्बा र चर्चजस्ता अन्य धर्मावलम्बिका धर्मस्थलमा गएर प्रार्थना गर्न सक्छु, म त्यसलाई पनि मन्दिर मान्छु, बुद्धमा म श्रीकृष्ण देख्छु, जिससमा म शिव देख्छु, विद्यालयको नैतिक शिक्षामा पढेको त्यो पाठ जहाँ विभिन्न भाषामा भिन्न–भिन्न नाममा मागिएको भए पनि पसलेले सबैलाई अंगुर दिएका थिए, आज पनि मलाई सम्झना छ र त्यो शिक्षालाई अवलम्बन गर्ने कोसिस गरिरहेछु र भन्न चाहन्छु–धर्म र संस्कार समाजलाई सभ्य र अनुसाशित बनाउनका लागि भएकोले एकले अर्काको अस्तित्व स्वीकार गर्दै र सम्मान गर्दै असल मानिस बन्ने प्रयास गराँै ।
हर्क “बिवस“ खनाल :
प्रवासमा रहेर बिगत लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा कलम चलाउँदै आएका तथा आफ्नो एक्लो सिंगो नेपाली गजलोको कृति (जोडेको मुटु तोडेर गयौं) प्रकाशन गरेका थुप्रै नेपाली सांस्कृतिक कार्यक्रममा नेपाली लोक भाका गाइसकेका तथा मुम्बईमा भएका बिकृति र विसंगतीहरुलाई निर्धक्क रुपमा समाजमा प्रस्तुत गर्ने युवा भन्छन् । देविका के.सी. र पशुपति शर्माले गएको जनचेतना मुलक गीत हामी नेपाली हौँ, मलाई त्यत्ति थाहा छ भन्ने गीतलाई विरोध गरि बन्द गराउन बाध्य बनाउनेहरुले यतिबेला के हेरेर बसेका छन् ? के अन्जु पन्तले जस्तै धार्मिक भेद–भाव राख्नेका गीतलाई स्रोता माझ छोड्नु राम्रो होला । तसर्थ देविका के.सी. को गीतलाई बन्द गराउने समाजले अन्जु पन्तका पनि सम्पूर्ण गीतहरुलाई आजीवन प्रतिबन्ध गर्नुपर्छ । कलाकार राष्ट्रको गहना भएको हुनाले उ जहाँ पनि शोभायमान हुन सक्नुपर्छ र सम्पूर्ण नेपालीको जात–भात धर्मसँग अट्न सक्ने हुनुपर्दछ अन्यथा भोलीबाटै उनले कलाकारको बिल्ला झिक्नु पर्दछ ।
स्मरणीय रहोस् केहि दिन पहिला बागिना डिजिटलका प्रोप्राइटर तथा कुशल रचनाकार शाहदेव कोइरालाको रचनामा तथा संगीतमा रहेको ‘दुर्गा माताको आर्शिवादले सोचे जस्तो पुगोस्’ बोलको गित गाउन अस्विकार गरि स्टुडियो बाटै फिर्ता आएको थियो र सामाजिक संजालहरुमा गरेका उनका समर्थकहरुको आलोचनाले मात्र दुई दिन पछि माफी मागेकी थिइन् ।

गेसपेपर तथा नोटकापी हेरेरै परिक्षा दिंदापनि ५१ प्रतिशत मात्रै पास

No comments :



गणेश विष्ट
  • Ratopati
  • गणेश विष्ट
भोजपुर, भदौ २३–एसएलसी पुरक परिक्षाको नतिजा अनुसार भोजपुर बाट ५१ प्रतिशत मात्र विद्यार्थी पास भएका छन ।
गत साउन २० गते देखि साउन २७ सम्म सञ्चालन भएको पुरक परिक्षा जम्मा सहभागी १ हजार १ सय ९५ जना बिद्यार्थी मध्ये ६ सय १० जना मात्रै उत्तीर्ण भएका हुन् ।
DSC01189चैत्रमा सञ्चालीत एस.एल.सीमा २ बिषय सम्ममा अनुतीर्ण हुने बिद्यार्थी एस.एल.सी पुरकमा सहभागी रहेका थिए । जिल्लाका ७० बिद्यालयका परिक्षर्णिहरलाई जिल्लाको बिद्योदय उच्च मा.वि तथा जनसेवा नि.मा.वि परिक्षा केन्द्रमा परिक्षा सञ्चालन भएको थियो ।
बाक्लो हुनुका साथै एक परिक्षार्थीको उत्तर पुस्तीका अर्को विद्यार्थीले सहजै सार्न सक्ने अबस्था रहेको थियो ।
परिक्षा थियो यस्तो 
भोजपुरको २ वटा परिक्षा केन्द्रमा भएको परिक्षामा अनिवार्य गणित , विज्ञान र अङग्रेजीको दिन परिक्षार्थीहरु कोठामा अव्यबस्थीत रुपमा बसी रहेको देखिन्थे । त्यती मात्र हैन उनिहरु एक अर्कामा उत्तरपुस्तीका साटा साट गरेर लेखिरहेका थिए । एउटा सिटमा तिन जना बस्दा एउटै बेञ्चको एकले अर्काकोे हेर्नु त आश्र्चायको कुरा भएन तर एक बेञ्चको परिक्षर्णीले अर्का बेञ्चको परिक्षार्णीको कापी आफ्नो बेञ्चमै राखेर मनोमानी रुपमा सारीरहेको देखिन्थ्यो । उनिहरुले गार्डकै आगाडि खुलेयाम रुपमा चिट तथा अर्काको कापी सारीरहेका थिए ।
किन भए  कम उत्तीर्ण 
परिक्षार्थीको पढेर भन्दा पनी चिट चोरेर पास हुन्छु भन्ने मानसिक्ता भएको र पढ्न भन्दा पनी रमाईलो गर्ने तर्पm विद्यार्थीको ध्यान हुनु । परिक्षार्थीहरु एकको कापी अर्काल सर्दा समयको बरबादी ता हन्छ नै त्यो पनि मिलेको उतर नभएको कारणले गर्दा पनी विद्यार्थी कम पास भएका हुन ।
यसरी मनपरि रुपमा परिक्षा सञ्चालन हुदापनी उता जिल्ला शिक्षा कार्यलयको भने परिक्षामा कुनै अनियमिता नएको दाबी छ । यो परिक्षाको केन्द अध्यक्ष्य सेम्त गौतम रहेका थिए । यस परिक्षालमा गाडले पनी खासै कडाई नगरेको पाईएको छ । यस्तो परिक्षाको सूधार कसरी गर्न सकिन्छ त ! चिठ चोरेरै पनि आधामात्र विद्यार्थी पास भएका छन ।
पुरक परीक्षामा खुलेआम चिट चोर्दै विद्यार्थीहरु । फाइल तस्बीरः गणेश
slc cheetslc cheetDSC01213DSC01195


मलेशिया त नेपाल भन्दा पनि कंगाल रहेछ

No comments :

टेकम चन्द

मेरो घर सल्यान हो । म ८५ हजार रुपैयाँ तिरेर मलेशिया आएको हुँ । पाँच वर्ष भयो विदेश आएको । नेपालबाट मलेशियाको विमानस्थल छिर्दा सुरुमा त रमाइलै अनुभव भयो तर पनि घरको याद धेरै नै आउँथ्यो ।
कस्ले कतिखेर काममा लान्छ अनि कस्तो काम पाइने हो भनेर टेन्सन पनि भइरहेको थियो । त्यस्तो गर्मी ठाउँमा निकै गारो हुन्थ्यो । खाना खान जाँदा, पिसाव गर्न जाँदा पनि पासपोर्ट बुझाउनु पर्ने । खाना त्यस्तै महँगो, पैसा पनि धेरै थिएन ।
भोकभोकै पनि बसियो । नेपालबाट ल्याएका बिस्कुटहरु बाँडेर खाइयो । त्यसपछि कम्पनीको म्यानेजर आएर उद्दार गर्‍यो ।
त्यो दिन आइतबार थियो । हामीलाई त्यहाँबाट सिधै होस्टेलमा ल्यायो । त्यहाँ सबै नेपालीहरु नै रहेछन् । उहाँहरुलाई देख्दा खुसी लाग्यो । उहाँहरुले खाना बनाएर खुवाउनुभयो । उहाँहरुलाई भेटेपछि मनमा खुसि फर्किएको जस्तो लाग्दो रहेछ ।
मलेशियामा भनेजति सेवा सुविधा त पाएको छैन । तर पनि मैले केही हदसम्म आफ्नो जीवनको व्यवस्थापन गर्ने कोशिस गरेको छु । कम्पनीमा राम्रो घुलमिल भयो अनि राम्रो डिपार्टमेन्टमा परें । त्यसपछि केही राम्रो भयो ।
काममा त्यति समस्या भएन । हामी आएकै भोलिपल्टदेखि नै काममा लाग्यौं । हामीलाई तालिम पनि दिइयो । मेसिन चलाउन पनि त्यति धेरै गारो भएन । सबै नेपालीहरु एउटै हुँदैनन् । कतिपय त जाँड रक्सी खाएर हिँडिरहेका हुन्छन् । पारीतिर केटीहरु भएको ठाउँमा घुमिरेहका हुन्छन् । हामीले उनीहरुलाई धेरै सम्झाउने कोशिष गरेका छौं ।
यहाँ हाम्रो सल्यान सेवा समाज भन्ने संस्था छ । म पनि त्यसमा आवद्ध छु । हामी एकजुट भएर हाम्रो जिल्लाको लागि केही गर्नुपर्छ भनेर हामी अघि बढेका छौं र यो संस्थालाई अगाडी बढाइरहेका छौं । यो संस्थामा काम गर्ने र बचेको समयमा केही गरौं भन्ने साथीहरु हुनुहुन्छ । त्यसका लागि नै हामी संगठित भइरहेका छौं ।
नेपालबाट आउनु भएका सबै साथीहरुले पहिला आफ्नो कामलाई ध्यान दिनुहोला । त्यसपछि मात्रै बचेको समयमा साथीहरु भेट भएर दुःख सुखका कुराहरु साट्नुहोला ।
यहाँ आएर बसेर केही कुरा बुझिसकेपछि मलाई के लाग्छ भने मलेशिया त नेपाल भन्दा पनि कंगाल छ । तर हामी यिनीहरुभन्दा केही माथि नै छौं । यिनीहरुसँग न आफ्नो घर छ न जग्गा जमिन नै । खाली रोजगारी छ धन छ त्यती हो ।
एउटा मलेशियनसँग कुरा हुँदा त्यसले मलाई नेपालीहरु रुखमुनी बस्छौ पानी पिएर बाँच्छौ भनेको थियो । म के भन्छु भने हामीले यहाँ आएर गर्ने दुःख नेपालमा गर्ने हो भने हाम्रो देश पनि पक्कै धनि बन्ने थियो ।
एकपल्ट म बिरामी भएको थिएँ । त्यतिबेला मलाई मेरो बोसले मेरो उपचार गरी मलाई  सबै सेवाहरु दिएको थियो ।
मलेशियामा काम गर्न धेरै नै गारो छ । धेरै नेपालीहरु गैरकानुनी रुपमा काम गरिरहेका छन् । त्यसले धेरैलाई समस्या परेको छ । नेपालबाट मलेशिया आउँदा सबैले सीप सिकेर आउनुपर्छ । नेपालबाट आउँदा कन्ट्राकमा हुनुहुन्छ कि कम्पनीको कलिङ भिसामा हुनुहुन्छ, त्यो चैं बुझ्न जरुरी हुन्छ । त्यसमा सबैले ध्यान दिनुपर्छ ।

म अव कतार जान्न

No comments :

Ujyaalo

इन्द्रराज कपाली

मेरो नाम इन्द्रराज कपाली हो । घर चित्लाङ ४ मकवानपुरमा पर्छ । २२ बर्षको भएँ । कतार गएको थिएँ । एक महिनाअघि मात्रै फर्केको हुँ । कतार त ठिकै छ । तर आफ्नो कम्पनी नराम्रो भएर हो कि कतार मलाई राम्रो लागेन । तलव पनि समयमा नदिने । दुई महिना काम गर्दा एक महिना मात्रै तलव दिने । अर्को महिनाको तलव गायव बनाइदिन्थ्यो । कम्पनीले परिचयपत्र पनि बनाइदिएको थिएन  । परिचयपत्र नहुँदा दुई दिन जेलमा पनि बसें ।
नेपालबाट जाँदा भनेको काम दिइएन । घरभित्रको काम भनेका थिए । तर, बाहिरको काममा लगाइदियो । धेरै दुःख पाइयो । सम्झौता पत्रमा १ हजार रियाल तलव हुने भनिएको थियो । १ हजार रियालसँगै ओभरटाइम गर्दा १२ सय हुन्छ भनिएको थियो । त्यसमध्ये खानबस्नमा खर्च गर्दा पनि १ हजार रियाल जोगाउन सकिन्छ भनेका थिए उनीहरुले । तर उता पुगेपछि ९ सय रियालको कागजमा सही गराएर साढे आठ सय रियाल मात्रै दिन्थ्यो । त्यस्तो कागजमा सहि गर्दिन भन्यो भने उनीहरुको भाषा(अरवी) मा तथानाम गाली गथ्र्यो । कठालो समातेर सहि गर्न लगाउँथ्यो । बेकारमा किन अर्काको देशमा कराइरहनु भनेर चुपचाप सहि गरिदिन्थें । नेपालमा दुःख परेर आएको हो, अब जे जे दुःख परे पनि कमाएर जानुपर्छ भन्ने लाग्थ्यो । मलाई मात्रै होइन्, अरु साथीको हाल पनि त्यहि थियो ।
कतार पुग्नेबित्तिकै परिचयपत्र दिनुपर्ने भएपनि गएको १४/१५ महिनासम्म परिचयपत्र दिएनन् मलाई । एकदिन काम गर्ने ठाउँमा गाडी पर्खेर बसेका थियौं, त्यतिबेलै प्रहरी आयो । परिचयपत्र नभएपछि मलाई पक्रेर जेल हाल्यो । त्यतिबेला मलाई लैजाने एजेन्ट पनि कतारमै थियो । मैले फोन गरेर मलाई परिचयपत्र बनाइदिएको छैन कम्पनीले, म अहिले जेलमा छु भनें । त्यसपछि एजेन्टले मुदिर(म्यानेजर) लाई फोन गर्‍यो क्यारे, जेलबाट निकाल्यो । त्यसको चारपाँच महिना पछि मात्रै परिचयपत्र बनाई दियो । परिचयपत्र नहुँदा धेरै अप्ठेरो पर्छ । साथीहरुलाई भेट्न जान पनि पाईदैन । घुमघाम गर्न पाईदैन । कोठाबाट बाहिर निस्कनै नमिल्ने । बाहिर निस्कने वित्तिकै प्रहरीले पक्रेर लैजाने । एम्बेसी (दूतावास) जान पनि नपाइने । परिचयपत्र बिना केहि गर्न नपाईने रहेछ त्यहाँ ।
कतारमा २७ महिना बसेर फर्किएको हुँ । घरमा धेरै समस्या थियो । कमाई थिएन । कमाएर बचत हुन्छ भनेर म कतार गएको हो । यता पनि दुःखसुख केहि गरिरहेकै थिएँ । घरको अलिअलि ऋण पनि बाँकी थियो । ऋण तिर्नका लागि पनि विदेश गएको हो । नेपालमा मेसनको काम गर्थें । थोरैतिनो कमाइ भएपनि बचत भएन । यहाँ कमाइ त हुन्थ्यो, तर काम नपाउँदा १०–१५ दिन हल्लिएर बस्नुपथ्र्यो ।
नेपालबाट जाँदा गार्डेनमा भनेर लगेको थियो । तर उता पुगेपछि रोडतिरको काममा लगाइदियो । रोडतिर हावा बेस्सरी आउँथ्यो । घाम हुन्थ्यो त्यस्तै । पानी पनि तातो तातो हुने । सप्लाइमा पनि काम गर्न पठाउँथ्यो । सप्लाई भनेको चाहिँ आफ्नो कम्पनीमा काम नहुँदा अर्को कम्पनीको काम गर्नका लागि पठाउने । त्यहाँ काम गर्दा झनै धेरै पेल्ने । काम गरिरहे पनि गाली गरिरहने ।
सप्लाईमा काम गर्दा भनेको समयमा भनेजस्तो पानी पनि खान नपाइने । खाना पनि समयमा खान नपाइने । घाम पनि धेरै तातो लाग्थ्यो । पानी ल्याइरहन्थ्यो । कुलर पनि ल्याइदिन्थ्यो । तर पनि पानी तातो भइरहने । काम गरेको ठाँउबाट अलि टाढै पानी राखिएको हुन्थ्यो । त्यसैले भनेको बेला पानी खान नपाइने । थाकेका बेला पानी खान जाँदा कति साथीहरु त हिँड्दा हिँड्दै बेहोस पनि हुन्थे ।   
त्यसपछि म २–३ महिना बिरामी भएँ । गर्मीले पो हो की ? एयर कण्डिसन त हुन्थ्यो, तर बिग्रिरहन्थ्यो । कोठाको एसी बिग्रिदा मुदिरलाई फोन गर्‍यो भने बनाइदिन्छु बनाइदिन्छु भन्थ्यो, तर बनाइदिन्नथ्यो । एसी बिग्रिदा कोठामा धेरै गर्मी हुन्थ्यो । बाहिर सुत्यो भने रुघाखोकी लाग्थ्यो । त्यही भएर बिरामी भएको हो । उपचार गर्न २–३ दिन कोठामा आराम गर्दा पनि तलव काटिदियो मेरो । उपचार पनि गरिदिँदैनथ्यो कम्पनीले । आफैंले साथीभाईसँग खर्चपानी सापटी गरेर उपचार गरें ।
धेरै साथीसँग भेटघाट भयो । धेरैलाई नराम्रो अवस्थामा भेटें मैले । एकजना साथीलाई मसँगै प्रहरीले पक्रिएको थियो । उसको पनि जीउमा घाउ भएको रहेछ । परिचयपत्र पनि बनाइदिएको थिएन । उसले ८ महिनाको तलव पनि पाएको थिएन । उसलाई जेलबाटै नेपाल पठाउने कुरा भइरहेको थियो । पछि के भयो थाहा भएन । अरु साथीहरु थुप्रैले दुःख पाएका थिए ।
तलव नदिँदा हामी ड्युटी जाँदैनौ भन्दा धेरै हप्काउँथ्यो मुदिरले । काममा जा भन्थ्यो । गएन भने तलव काटिदिन्छु भन्थ्यो । काम नगर्दा खानका लागि पैसा पनि हुँदैनथ्यो । त्यसैले जसरी भएपनि काम गर्न जाउँ भन्ने हुन्थ्यो । जे जे भएपनि कमाएर जानुपर्छ भन्ने हामी सोच्थ्यौं ।
बिदेशमा बस्दा घरपरिवारको याद धेरै आउँछ । बिरामी भएको बेलामा धेरै याद आउने । बिरामी भएर तलमाथि भइयो भने घरपरिवारमा कस्तो हुन्छ होला जस्तो लाग्ने । घरमा पनि मेरो धेरै चिन्ता गर्नुहुन्थ्यो दाइ भाउजुहरुले । मेरो बच्चैबेला देखि आमा पनि हुनुहुन्न । बा पनि अस्ति नै बित्नुभो । बा बित्दा कम्पनीले नेपाल आउन टिकट दिएन । त्यसबेला आउन पनि पाइएन । दाजुभाइसँग रमाइलो गरेको, सुखदुःखको कुरा गरेको, रमाइलो कुराकानी गरेको कुराको धेरै याद आउने । बिरामी हुँदा मन धेरै दुख्थ्यो ।  
बा बित्नु भन्दा चारमहिना अघि नै नेपाल जाने टिकट मागेको थिएँ । त्यसबेला उहाँ बिरामी हुनुहुन्थ्यो । मलाई टिकट नदिएपछि घर आउन पाइन । पछि बा बित्नुभयो । बा बितेपछि मात्रै कम्पनीले मलाई बिदा दियो । छुट्टिमा गएर फेरी आउँछु भनेपछि मात्रै बिदा दिएको हो मलाई । अब म फर्केर त्यहाँ जान्न । मलाई कम्पनी पनि राम्रो लागेन । साथीहरु पनि धेरै बिजोगले बसिरहेका छन् ।
विदेशमा दुःख गर्नै गएको थिएँ । तर दुःख गरे अनुसार मेरो प्रगति भएन । खर्च पनि धेरै भयो । जाने बेलामा पनि ऋण लिएर गएको थिएँ । केही हुन्छ भनेर ऋण लिएर गएको हो । नराम्रो ठाउँमा परेर फसिहालियो । नराम्रो कम्पनी रहेछ । जानुअघि धेरै नभएपनि हल्काफुल्का कमाएर ल्याउँला भन्ने सोच थियो । दुई तीन बर्ष बसेर आउँला भन्ने थियो । त्यसपछि यतै आएर केहि गरेर जिन्दगी बिताउँला भन्ने सोचेको थिएँ । दुःखै गरेर आउँला नि दुईतीन बर्ष के भयो र भन्ने सोचेको थिएँ । अलिअलि कमाइयो भने नुनतेल खाने पैसा हुन्छ भनेर गएको थिएँ । अब राम्रो कमाइने ठाउँ पाएँ भने अरु देश जान सक्छु तर कतार चाहिँ जान्न । बिदेश जान पाइएन भने आफ्नै देशमा हातमा भएको सीप चलाएर खाने बिचार छ ।
रीतु थेबेसँग गरिएको कुराकानीमा आधारित ।

प्रश्न उत्तर

No comments :

Ujyaalo

सरकारले इजरायलमा नेपाली कामदार कसरी पठाउँदैछ ?

प्रश्न : नेपाल सरकारले इजरायलमा नेपाली कामदार पठाउने काम के भइरहेको छ ? नेपाल सरकार वा मेनपावर को मार्फत कामदार विदेश पठाईंदैछ ? उत्तर : विनोद केसी, महानिर्देशक, वैदेशिक रोजगार विभाग – अहिले इजरायल पठाइदिन्छु भनेर कसैले पैसा माग्छ भनेर त्यसलाई विश्वास नगर्नुहोला । सरकारले नै जीटुजी गरेर कामदार पठाउने तयारी गरिरहेको छ ।

  • कामका लागि नर्वे जान पाइन्छ कि पाईंदैन ?

म नर्वे जान चाहन्छु । त्यहाँ जान कति खर्च लाग्छ ? नर्वे जान श्रम स्वीकृति पाइन्छ कि पाईंदैन ? दिवश आचार्य, निर्देशक वैदेशिक रोजगार विभाग : नर्वे भनेको युरोपेली मुलुक हो । तपाईंले व्यक्तिगत रुपमा प्रक्रिया पुरा गर्नुभयो भने जान सक्नुहुन्छ । तर संस्थागत रुपमा भने अहिलेसम्म कुनै पनि म्यानपावरले नेपालीलाई नर्वे पठाउन माग ल्याएको छैन र विभागबाट अनुमति पनि लिएको छैन ।

  • पोर्चुगल जान अनुमति छ कि छैन र जान कति खर्च लाग्छ ?

प्रश्न : पोर्चुगल जान कति खर्च लाग्छ ? यसको प्रक्रिया कहाँबाट कसरी अगाडी बढाउनु सकिएला ? उत्तर : दिवश आचार्य निर्देशक, वैदेशिक रोजगार विभाग – पोर्चुगल जान नेपाल सरकारले पनि संस्थागत रुपमै अनुमति दिएको मुलुक हो । व्यवसायीहरुले विभागसँग पूर्व स्विकृती लिएर विज्ञापन प्रकाशित गरेका हुन्छन् । यहाँहरुले विज्ञापनमा उल्लेख भएअनुसार आफ्नो योग्यता र क्षमता अनुसारको कामका लागि जान सक्नुहुन्छ । यसको लागत खर्छ ६५ हजार हो । यसमा टिकट खर्च समावेश हुँदैन यहाँहरुले विज्ञापन हेरेर अघि बढ्न सक्नु हुन्छ ।...

  • सेक्युरिटी गार्डमा दुवई जान के के चाहिन्छ र कतिसम्म आम्दानी हुन्छ ?

प्रश्न : म दुवईमा सेक्युरिटी गार्डका लागि जान चाहन्छु । त्यसका लागि शारीरिक मापदण्ड के–के हुनुपर्छ ? जानुभन्दा अघि सरकारले तालिमको व्यवस्था गरेको छ कि ? उत्तर : बलबहादुर तामाङ, अध्यक्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - सेक्युरिटी गार्डमा जानका लागि कम्तिमा ५ फिट ५ इन्च उचाइ हुनुपछ र अँग्रेजी भाषा पनि जानेको हुनुपर्छ । त्यस्तै सेक्युरिटी सम्बन्धि काम गरेका र तालिम लिएकाले मात्रै जान पाउँछन् । शारीरिक रुपमा पनि तन्दुरुस्त हुनुपर्छ । त्यस्ता देशमा सेक्युरिटी गार्डमा गएकाले ७० हजार तिर्नु...

  • कृषि पेशामा जापान जान कति खर्च लाग्छ ?

प्रश्न – म कृषिको काम गर्न जापान जान चाहन्छु, त्यसका लागि जापानी भाषामा पास हुनु पर्छ कि पर्दैन र कृषिको कामका लागि जापान जाँदा कति खर्च लाग्छ ? उत्तर – दिवस आचार्य, निर्देशक वैदेशिक रोजगार विभाग : जापानमा काम गर्न जाने भनेर नेपाल सरकार र जापान सरकारको जिट्कोमार्फत प्रशिक्षार्थी कामदारको रुपमा नेपाली कामदार जापान लैजाने व्यवस्था गरिएको छ । त्यो अन्तर्गत इजाजत लिएका म्यानपावरमार्फत डिमान्ड आएको बेला सम्पर्क गरेर जान सकिन्छ । तर त्यसका लागि केही पूर्व शर्त छन् । 

प्रश्न : म युएईको अवुधावी प्रहरीमा जान चाहन्छु । यसका लागि कहाँ सम्पर्क गर्नुपर्छ ? उत्तर : सोमलाल बाटाजु, निवर्तमान अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - युएई प्रहरीका लागि विभिन्न व्यवसायीकोमा माग आउने गर्छ । ती व्यवसायीले राष्ट्रिय स्तरको दैनिक पत्रिकामा विज्ञापन गर्न । त्यसमा योग्यता पनि खुलाइदिएको हुन्छ । यदि तपाईं योग्य हुनुहुन्छ भने तपाईंले दैनिक रुपमा राष्ट्रिय स्तरका दैनिक पत्रिकाहरु पढ्नु पर्ने हुन्छ ।...

प्रश्न : वैदेशिक रोजगारमा पठाउने भनेर पैसा लिने अनि घर, व्यपार, व्यवसाय गर्नका लागि पैसा लिएको हो भनेर कागज गर्नेमाथि कस्तो कारबाही हुन्छ ?म त्यस्तै समस्यामा परेको मान्छे हुँ । मलाई एक जनाले अफ्गानिस्तान पठाइदिन्छु भनेर ३ लाख लियो तर कागज गर्दा घर खर्च चलाउन लिएको भनेर गरेको छ । यस्तो अवस्थामा कस्तो कारबाही हुन्छ ? उत्तर : दिवस आचार्य, निर्देशक, वैदेशिक रोजगार विभाग - करकाप गरेर तपाईंलाई कागज गर्दा तपाईंले प्रहरीमा उजुरी गरेर त्यसको समाधान गर्न सक्नुहुन्छ । 

प्रश्न : युएईलगायतका खाडीका मुलुकमा जान कति खर्च लाग्छ होला ? उत्तर : दिवस आचार्य, निर्देशक वैदेशिक रोजगार विभाग - दुवईलगायत खाडी मुलुकमा जान नेपाल सरकारले तोकेको अधिकतम लागत भनेको ७० हजार रुपैयाँ हो । त्यो भन्दा घटीमा पनि पठाउन सकिन्छ । त्यसका लागि म्यानपावर कम्पनीहरुमा सोध्नुहोला । त्यो भन्दा बढी चैं तिर्नु पर्दैन ।

प्रश्न : मैले त्रिभुवन विश्वविद्यालयबाट इलेक्ट्रिकल ओभरसियर विषय पहिलो श्रेणीमा पास गरेको छु । म अहिले २२ वर्षको भएँ । अब म वैदेशिक रोजगारीमा जान चाहन्छु, तर मसँग कुनै सीप छैन । म जस्तालाई कुन कुन देशमा रोजगारीको राम्रो सम्भावना छ । लागत खर्चका बारेमा पनि जानकारी दिनुहोला । उत्तरः बलबहादुर तामाङ, अध्यक्ष, नेपाल वैदेशिक रोजगर व्यवसायी संघ - उहाँ जस्तो प्राविधिक विषय पढेको मान्छेले प्राविधिक क्षेत्रकै काम पाउनुहुन्छ । 

प्रश्न : म मिथिला मेनपावरबाट मलेशिया जाँदैछु । म इकापेन्टर भन्ने काममा १ लाख ४० हजार तिरेर जाँदैछु । यदि मैले अहिले त्यो पैसा तिरेर पछि नेपाल फर्किएर वैदेशिक रोजार विभागमा उजुरी गरें भने कति क्षतिपुर्ति पाउँछु । उत्तर : विनोद केसी, महानिर्देशक, वैदेशिक रोजगार विभाग - सर्वप्रथमत श्रम स्वीकृती पाएको हो कि होइन भन्ने कुरामा तपाईं एकिन हुन पर्छ । त्यो पैसा दिँदा तपाईं भरपाइ पाउन सक्नुहुन्छ कि हुँदैन । किनभने तपाईं गएर फर्किसकेपछि जुनसुकै विषयमा उजुरी दिँदा पनि प्रमाण चाहिन्छ

कतारमा स्पोर्टस डे (फोटो फिचर)

No comments :
Ujyaalo

चर्चित ढुंगेल/दोहा

कतारमा मंगलबार राष्ट्रिय स्पोर्टस डे मनाइएको छ । स्पोर्टस डेमा महिला, पुरुष, बालबालिका तथा अपाङता भएका व्यक्तिहरुको सहभागिता थियो ।
शारिरीक तन्दुरुस्तीका लागि नागरिकलाई सचेत गराउने उद्देश्यले यो डे मनाइएको हो । यसमा कुल २ सय ७० स्पर्धामा खेलाडीहरुले सहभागिता जनाएका थिए ।
जसमा सामुदायिक र व्यवसायिक खेलाडीहरुको सहभागिता थियो । त्यही स्पोर्टस डेका केही तस्बिरहरु :
कतारमा  स्पोर्टस डे  (फोटो फिचर)
कतारमा  स्पोर्टस डे  (फोटो फिचर)
कतारमा  स्पोर्टस डे  (फोटो फिचर)
कतारमा  स्पोर्टस डे  (फोटो फिचर)
कतारमा  स्पोर्टस डे  (फोटो फिचर)
कतारमा  स्पोर्टस डे  (फोटो फिचर)
  • आफ्नो कथा, तस्वीर र भिडियोहरु पठाउनुहोस्

    तपाई कामका सिलसिलामा नेपाल बाहिर हुनुहुन्छ वा बिदेशमा काम गरी फर्किनु भएको हो भनें तपाईको परदेश बसाईको अनुभव पठाउन आग्रह गर्दछौं । तपाईले आफ्नो तस्वीर सहित पठाउनु भएका सामग्री हामी यहाँ राख्छौं । यसैगरी तपाईले खिचेका सुन्दर र रोचक तस्वीरहरु तथा भिडियो पनि gdp5936@gmail.com मा ईमेल गर्नुहोला । तस्वीर तथा भिडियो पठाउँदा आफ्नो नाम, हाल तपाई बस्नुभएको ठाउँ, नेपालको ठेगाना र तस्वीर वा भिडियो कहिले, कहाँ खिच्नु भएको हो भन्ने जानकारी सहित पठाउनु होला । यसैगरी फेसबुक फेसबुक पेजमा पनि तपाईले आफ्ना कुरा लेख्न सक्नुहुन्छ ।

विज्ञानको तस्बिर

No comments :
Saptahik

'सायद म भोलि जन्मेर हिजो मर्नेछु...' 

विज्ञान साहित्य रच्नेहरू कल्पनाको त्यो जगत्मा पुग्छन्, जहाँ वस्तु शून्यता मात्र होइन समय शून्यता पनि हुन्छ । सायद त्यही भएर होला, विज्ञान साहित्यका साधक सरुभक्तले 'गेस्टिमेसन' कथामा माथिको हरफ लेखेको । 'विज्ञान कथा भाग १' मा यस्तै-यस्तै आश्चर्यजनक, रोमाञ्चक र मनमोहक वैज्ञानिक कल्पना गरेका छन्, यी लेखकले । यतिसम्म कि, एउटा कथामा छोराले बाउ पाउँछ र मान्छेको उमेर बढ्दै जानुको साटो घट्दै जान्छ ।  

नेपाली साहित्यमा विज्ञान कथा लेखिन थालेको ६ दशक भइसक्दा पनि यसमा कलम चलाउनेको सङ्ख्या न्यून छ । तिनै न्यूनमध्येका एक निरन्तर साधक हुन्- सरुभक्त । लेखक मात्र होइन, यसका पाठक पनि कम छन् । यसबारे अध्ययन-अनुसन्धान पनि कमै भएका छन् । हुनुपर्ने जति चर्चा भएको छैन ।  २०४३ सालमा 'इथरमा कोरिएको प्रेमपत्र' एकाङ्की लेखी विज्ञान साहित्य लेखन आरम्भ गरेका सरुभक्तले त्यसको अर्को वर्षदेखि विज्ञानकथा लेख्न थालेको पाइन्छ । उनका यसअघि नै 'एक अविनवको आत्मकथा', 'छोरी ब्रह्माण्ड', 'यामागल', 'पदार्थहरूको गीत' प्रकाशित भइसकेका छन् । 

'विज्ञान कथा भाग १' मा सरुभक्तका केही पुराना र केही नयाँ विज्ञान कथा सङ्कलित छन् । विज्ञानका विविध  शाखा र उपशाखाका विभिन्न विषयलाई कल्पना र कलाको जलप लगाएर सुन्दर कथा लेखेका छन् यिनले । यस संग्रहको  पहिलो कथा 'हेल्लो.....ल्होत्से....हेल्लो ?' ले अन्तरिक्ष यात्राको वर्णन गर्छ । यसमा एक नेपाली विश्वकर्माले अन्तरिक्षको साहसिक यात्रा गरी अन्तरिक्ष सम्मेलनमा भाग लिएको उल्लेख छ । 'समयको तस्बिर', 'फ्रान्केन्स्टाइन यात्रा' र 'समय सीमा' शीर्षकका कथामा पनि अन्तरिक्ष यात्राबारे लेखिएको छ । एउटै विषयका भए पनि प्रत्यक कथाको कल्पना र यात्रा प्रकार फरक-फरक छ ।

'हृदयको पाँचौं कोठा', 'टेस्टट्युब बाबु', 'पराधुनिक मानव-१', 'पराधुनिक मानव-२', 'अआयामिक', 'समानान्तर वक्ररेखाहरू', 'सम्पिडायग्नोसिस' र 'वर्णमाला' कथा चिकित्साशास्त्रका विषयमा आधारित छन् । यी कथामा कतै मान्छेको दीर्घ जीवनका कल्पना गरिएको छ । कुनैमा 'क्लोनिङ' पद्घतिबाट छोरोले बाउ जन्माउने अनौठो कल्पना छ । कतै महाभारतको पौराणिक कथालाई आधुनिक विज्ञानअनुसार बुनिएको छ । दूरदर्शनबाट रोगीको उपचार, रोबोट र मान्छेका अङ्ग साटफेरको कल्पना, जिनको नवीनतम अध्ययनका विषयलाई पनि सरुभक्तले यस संग्रहमा समेटेका छन् ।

रोबोटलाई लिएर लेखिएका 'सायद यो प्रेमको कथा हो/होइन', 'अक्सिजनबिनाको मान्छे', 'एउटा प्रेमको कथा जो घटित भएको छैन' र 'यामागल' कथा चाखलाग्दा छन् । 'विर्वतन-२', 'जीवाश्म शिलाको नाटक/कविता', 'गेस्टिमेसन' र 'सम्पिडायग्नोसिस' जस्ता प्रागएैतिहासिक विषयका विज्ञान कथा पनि रोचक छन् ।

यसमा समेटिएको 'क्रमशः वर्तमान' पृथ्वीको गर्भमा नयाँ यान्त्रिक समाज निर्माण गरिएको विषयमा लेखिएको सम्भावित सहरको कथा हो । 'सार्क मिसाइल' मौसम विज्ञानमा आधारित छ । 'यान्त्रिक वृक्ष' कथाले वातावरणीय विज्ञानको विषयलाई उठान गरेको छ ।

यी कथामा सरुभक्त नेपाली परिवेश र नेपाली पात्र प्रयोगमा रमाएका छन् । धेरैभन्दा धेरै नेपाली वैज्ञानिकहरूलाई पात्र बनाएर उभ्याएका छन् उनले । मानवीय पात्र, अतिमानवीय पात्र र यान्त्रिक पात्र (रोबोट) लाई स्थान दिएका उनले अन्य ग्रहीय जीव पात्रलाई भने समेटेका छैनन् यस सङ्ग्रहमा ।

वैज्ञानिक अन्तरदृष्टि विज्ञानकथाको मूल चुरो हो । विज्ञानमा आधारित द्वन्द्व विज्ञानकथाको मुख्य सम्पत्ति हो । 'एउटा प्रेमको कथा जुन घटित भएको छैन,' 'अक्सिजनबिनाको मान्छे', 'सायद यो प्रेमको कथा हो/होइन' जस्ता कथामा सरुभक्तले यस्तै द्वन्द्व र कौतूहलको राम्रो संयोजन गरेका छन् । 'सार्क मिसाइल', 'आदिम', 'अआयामिक' जस्ता  केही कथामा द्वन्द्व शिथिल छ, जुन यस संग्रहको कमजोर पक्ष हो । कतिपय आरम्भ, मध्य र अन्त्य संरचना शैलीका कथामा द्वन्द्व शिथिल हुँदा अलि अस्वाभाविक लाग्छ । 

शैली र संरचनामा विविधता हुनु यस संग्रहको विशेषता हो । उत्तरआधुनिक चिन्तन र विज्ञानका विभिन्न आयामका नौला प्रस्तुतिको सङ्गम बनेको छ, यो कथासङ्ग्रह । यसका धेरै कथा तृतीय पुरुष र केही प्रथम पुरुष दृष्टिबिन्दुमा आधारित छन् ।

नेपाली विज्ञानकथा इतिहासमा सरुभक्त दोस्रो चरणका आरम्भकर्तार् हुन् । ठोस विज्ञानकथा (हार्ड साइन्सफिक्सन) लेखेर नेपाली साहित्यको यस फाँटलाई नयाँ आयाम दिएका छन् यी कथाकारले । यो संग्रहमा पनि धेरै ठोस विज्ञानकथा समेटिएका छन् । त्यस्तै यसमा सरल विज्ञान कथाहरू पनि संग्रहित छन् । जसले सामाजिक र नैतिक परिणामलाई जोड दिन्छ । यस्ता कथाले विज्ञानको आलोचनाका साथै मानवीय भविष्यबारे प्रश्न उठाएको छ । 'अक्सिजनबिनाको मान्छे', 'एउटा प्रेमको कथा जो घटित भएको छैन', 'हृदयको पाँचौं कोठा', 'सायद यो प्रेमको कथा हो /होइन' जस्ता कथा यस धारमा लेखिएका छन् ।

विज्ञान र प्रविधिको विकासले समग्र मानव समाज र पृथ्वीलाई उन्नत र सुखी बनाउने धारणा यस संग्रहका धेरै कथाले राखेका छन् । केही कथा निराशावादी 'टोन' मा पनि छन् । समग्रमा यो संग्रह नेपाली विज्ञान कथाको संसार चियाउन मद्दत पुर्‍याउने एउटा सुन्दर झ्याल बन्न सफल छ । 



विज्ञान—कथा भाग १

विधा : विज्ञान कथासङ्ग्रह

लेखक : सरुभक्त

प्रकाशक : फाइन 
  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home