हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

अन्जुलाई मुम्बईमा आउन नदिने चेतावनी

No comments :
  • दिपक भट्टराई
Anju_Panta_mero_nepalमुम्बई, भदौ २४ – नेपालमा के भइरहेको छ अनि, नेपाली कलाकारिता क्षेत्र कहाँ सम्म पुगेको छ । प्रत्यक्ष या अप्रत्यक्ष रुपमा मुम्बईसंग कलिउड क्षेत्र पनि नजिकै रहेको छ । अनि केहि समय पहिलासम्म नेपालमा उच्च स्तरीयका गीत रेकर्डिङ् स्टुडियो समेत थिएनन् र म स्वयंले लगभग नेपालका सबै कलाकार अथवा गायकहरुलाई आफ्नो व्यक्तिगत काम चाहे त्यो आवाज परिक्षण किन नहोस्, चाहे अभिनय नै मुम्बईमा आएर निखारिएको बताउने थुप्रै कलाकारहरु भेटेको छु । कलिउडका स्थापित कलाकार राजेश हमाल, सुनिल थापा, झरना थापा, स्व. श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, बिराज भट्ट, झरना बज्राचार्य हुँदै रेजिना उप्रेती र उषा पौडेललाई नचिकबाट चिन्छु । एउटा भनाइ रहन्छ उहाँहरुको मुम्बईको हावापानी वास्तबमै संगीतमय छ अनि कलाकारिताको लागि उर्बर भुमि हो, भारत ।
हरेक महिनामा भई राख्ने लोक सांगीतिक कार्यक्रममा मुम्बई नआएका नेपाली लोकदोहोरी गायक गायिकाहरु सायद बिरलै होलान् र २–३ पटक सम्म नेपाली पंञ्चेबाजाका साथ मुम्बई आइपुगेका दाजु प्रजापति पराजुली भन्छन्, “वास्तबमै नेपाली लोक गीतहरुलाई हाम्रा पालामा नेपालमा बजाउनको लागि मुम्बईका स्टुडियोहरुले राम्रो सहयोग गरेका छन् । सायद कुनै कुनै तरिकाबाट नेपाली लोकदोहोरीबाट अलि नजिक भएर होला मुम्बईका राजनीतिक समारोहहरुमा पनि २–४ वटा भएपनि लोक गीतका नाचहरु हेर्न पाएका छौँ ।
यति नजिकबाट नेपाली लोक संस्कृतिलाई माया गर्ने सम्पूर्ण मुम्बईवासी नेपालीहरु यति बेला अति आक्रोसित बनेका छन् । किन कि अहिले केहि नेपालीहरुले एक्कासी विवादमा तानिएकी गायिका अन्जु पन्तलाई मुम्बई प्रवेशमा रोक लगाउनु पर्छ भनेका छन् । यदि अञ्जु कथम कदाचित मुम्बई आइपुगिन् भने उनलाई जस्तो पनि कारबाही गर्छौ भन्दै उनीहरुले आक्रोस पोखेका छन् । अञ्जु पन्तको बिषयमा मुम्बईका केहि प्रतिनिधि र कार्यक्रम आयोजकहरुको प्रतिक्रिया यहाँ प्रस्तुत गरिएको छ ।
मास्टर थापाः
नेपाली श्रमिक मजदुर युनियनका अध्यक्ष थापा मुम्बईका नेपालीहरुका दुःखका साथी नै मानिन्छन, उनी भन्छन्, यहाँ अमिताभ बच्चनले अल्लाह रे अल्लाह भन्ने गीतमा अभिनय गर्छन् र उनी हिन्दु हुन्, पर्दामा मात्रै नभएर आफ्नो घरमा श्री गणेशको मुर्ति राखी पुजा गर्ने सलमान खान, साहरुख खान छन्, क्रिश्चियन परिवारकी जेनेलिया डिसुजा हिन्दु नारीको अभिनय पर्दामा गरिसकेकी छन्, रमजानको पार्टीमा गएर सबै मुस्लिम दाजुभाइसँग गलामिलाएर आउने शिवसेना प्रमुख उद्धव ठाकरे म सँग नजिक छन् । फेरि पनि ढुक्कसँग भारतीय जनता पार्टीका मुस्लिम उम्मेद्वारले ‘जय हिन्द’ भन्छन् भने आजकी खुई कौडिकी अन्जु पन्तले हिन्दु शब्दको गीत नगाउने ? यदि मुम्बईमा कुनै संस्थाले ल्याउन खोजे हामी प्रतिकार गर्छौ अनि कुनै पनि नेपाली सांस्कृतिक कार्यक्रममा उनले गाएका गित बजेछन् भने म स्वमं त्यहाँ गइ कार्यक्रम स्थगीत गराउने छु ।
चेतमान खड्काः
‘देखाचेम्स ग्रुप मुम्बई’ का प्रोप्राइटर तथा कार्यक्रम आयोजक खड्का लगभग सबै जसो नेपाली कलाकारहरुलाई मुम्बईमा ल्याएर स्टेज शोहरु गरिसकेका छन् । उनी भन्छन्, म नेपाली संगीतको पुजारी हँु, जुनसुकै क्षेत्रका नेपाली लोकगीतहरु, भजन किर्तन, आधुनिक लगायतका चलचित्रका गीतहरु सुन्दा र देख्दा मेरो छाती गर्वले फुल्छ हिजो सरस्वती माताको चरणमा पाउँ राखी संगीतमा होमिएकी अन्जु पन्त आज २–४ पैसामा बिकेर धर्म परिवर्तन गरे भन्दैमा नेपाली दुर्गा माता उच्चारण गर्न नमिल्ने रे भोली उनलाई नेपाली हुँ भन्न पनि अप्ठेरो पर्ला, यदि उनी मुम्बई आउने थाहा पाए एयरपोर्टमै गएर उनलाई कारबाही गर्ने पक्षमा म छु । एक्लै लडेर भएपनि मैले मुम्बईमा उनका गीतहरु सांस्कृतिक कार्यक्रममा बज्न दिने छैन ।
प्रेम बि.के.:
भारतका एक सफल कार्यक्रम आयोजक एवं नेपाली संस्कृतिलाई माया गर्ने र लगभग सबै कलाकारलाई मुम्बई ल्याएका प्रेम भन्छन्, मान्छे आफै स्वतन्त्र हुन्छ तर सामाजिक दायित्वलाई भने बिर्सनु हँुदैन । त्यसमा पनि कलाकारको त कुनै जात, धर्म र कुनै सिमा हुँदैन । अन्जुजीको सवालमा उनले यसो भन्न हुँदैनथ्यो । भनिहाले पनि त्यसलाई कुनै ठूलो इश्यु बनाउने आवश्यकता छैन, उनलाई गाउन मन लागेन गाउनु भएन । त्यसमा धर्म र सम्प्रदायलाई जोडेर कुनै मुद्दा बनाउनु हुँदैन । तर म उनलाई मुम्बईमा ल्याएर कार्यक्रम गर्नलाई पछि पर्ने छैन ।
सागर भण्डारी:
युरेसिया रेयुकाई मुम्बई प्रमुख तथा लोक पारखी उनी भन्छिन्, वास्तवमै अन्जु पन्त हिजो धर्म परिवर्तन गरि आज अर्को धर्मको आलोचना गर्ने कार्य आफैँमा खराब हो । आफ्नो स्वतन्त्रतालाई प्रयोग गर्दा अरुको भावनामा ठेस पुग्ने कार्य गलत हो भन्ने कुरा नबुझेकिलाई गायिका भनि राख्नु उचित हँुदैन तसर्थ पहिला गल्ति बोल्ने र पछि माफी मागेर हाम्रो सांस्कृतिकको उपहास गर्नेलाई हामी बहिस्कार नै गर्नुपर्दछ ।
न्यौपाने दिल श्री :
गैर आवसीय नेपाली संघ पोल्याण्डका महासचिव एन.आर.एन. का पोल्याण्डका साहित्य प्रवर्दन केन्द्रीय समिति सदस्य भन्छन् – म हिन्दु धर्म मान्ने मान्छे हुँ, हरेक दिन बिहान भगवानको पुजा आराधनासहित गीता पाठ गरेपछि मात्र मेरो दैनिकी सुरु गर्ने गर्छु । म आफ्नो धर्म र कर्ममा गौरव गर्छु यद्यपि धर्मका नाममा जिवन्त रहँदै आएका कतिपय अन्धविश्वासको आलोचना गर्ने गर्छु ।
म गुम्बा र चर्चजस्ता अन्य धर्मावलम्बिका धर्मस्थलमा गएर प्रार्थना गर्न सक्छु, म त्यसलाई पनि मन्दिर मान्छु, बुद्धमा म श्रीकृष्ण देख्छु, जिससमा म शिव देख्छु, विद्यालयको नैतिक शिक्षामा पढेको त्यो पाठ जहाँ विभिन्न भाषामा भिन्न–भिन्न नाममा मागिएको भए पनि पसलेले सबैलाई अंगुर दिएका थिए, आज पनि मलाई सम्झना छ र त्यो शिक्षालाई अवलम्बन गर्ने कोसिस गरिरहेछु र भन्न चाहन्छु–धर्म र संस्कार समाजलाई सभ्य र अनुसाशित बनाउनका लागि भएकोले एकले अर्काको अस्तित्व स्वीकार गर्दै र सम्मान गर्दै असल मानिस बन्ने प्रयास गराँै ।
हर्क “बिवस“ खनाल :
प्रवासमा रहेर बिगत लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा कलम चलाउँदै आएका तथा आफ्नो एक्लो सिंगो नेपाली गजलोको कृति (जोडेको मुटु तोडेर गयौं) प्रकाशन गरेका थुप्रै नेपाली सांस्कृतिक कार्यक्रममा नेपाली लोक भाका गाइसकेका तथा मुम्बईमा भएका बिकृति र विसंगतीहरुलाई निर्धक्क रुपमा समाजमा प्रस्तुत गर्ने युवा भन्छन् । देविका के.सी. र पशुपति शर्माले गएको जनचेतना मुलक गीत हामी नेपाली हौँ, मलाई त्यत्ति थाहा छ भन्ने गीतलाई विरोध गरि बन्द गराउन बाध्य बनाउनेहरुले यतिबेला के हेरेर बसेका छन् ? के अन्जु पन्तले जस्तै धार्मिक भेद–भाव राख्नेका गीतलाई स्रोता माझ छोड्नु राम्रो होला । तसर्थ देविका के.सी. को गीतलाई बन्द गराउने समाजले अन्जु पन्तका पनि सम्पूर्ण गीतहरुलाई आजीवन प्रतिबन्ध गर्नुपर्छ । कलाकार राष्ट्रको गहना भएको हुनाले उ जहाँ पनि शोभायमान हुन सक्नुपर्छ र सम्पूर्ण नेपालीको जात–भात धर्मसँग अट्न सक्ने हुनुपर्दछ अन्यथा भोलीबाटै उनले कलाकारको बिल्ला झिक्नु पर्दछ ।
स्मरणीय रहोस् केहि दिन पहिला बागिना डिजिटलका प्रोप्राइटर तथा कुशल रचनाकार शाहदेव कोइरालाको रचनामा तथा संगीतमा रहेको ‘दुर्गा माताको आर्शिवादले सोचे जस्तो पुगोस्’ बोलको गित गाउन अस्विकार गरि स्टुडियो बाटै फिर्ता आएको थियो र सामाजिक संजालहरुमा गरेका उनका समर्थकहरुको आलोचनाले मात्र दुई दिन पछि माफी मागेकी थिइन् ।

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home