हाम्रो खयरमारा राम्रो खयरमारा

हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग
Showing posts with label कुन देश कस्ता. Show all posts
Showing posts with label कुन देश कस्ता. Show all posts

मलेशिया

No comments :
पूर्वी एसियामा तीब्र आर्थिक विकास गरिरहेको मलेसिया बहुजातीय र बहुसाँस्कृतिक मुलुक हो । मलेसियामा मुस्लिम धर्म मान्नेहरु धेरै छन् । मलेसियाको उद्योग व्यवसायको ठूलो हिस्सा चिनियाँ मुलका उद्यमी र व्यवसायीको हातमा छ । ६० प्रतिशत मलायाहरु रहेको मलेसियामा २६ प्रतिशत चिनिया मुलका मानिसको बसोवास बस्छन् भने भारतीय मुलका मानिसको बसोवास पनि उल्लेख्य छ । 
मलेसियामा कम्प्युटरका चिप्स, कार्ड तथा मोटर र मोटर पार्टसहरुका काम हुनछन् । उद्योगका साथै पर्यटन र कृषि पनि मलेसियाको आम्दानीको श्रोत हो । 
मलेसियामा आन्तरिक सुरक्षा, ट्राफिक र कामदार कानुन निकै कडा छन् । कानुन अनुसार नै यहाँका सुरक्षा अंगले शंकाकै आधारमा कसैलाई पनि गिरफ्तार गर्न र थुन्न पाउँछन् । मानव अधिकारको पालनको हिसावले विश्व समुदायले मलेसियाको आलोचना गर्छ । 
मलेसियाको राजधानी क्वालालम्पुर हो । मलेसियाको मुद्रालाई रिंगिट भनिन्छ । नेपालको विनिमय दर अनुसार एक रिंगिट बरावर नेरु २७ को हाराहारी हुन्छ । यो बिनिमय दर अमेरिकी डलरको भाउसँगै तलमाथि हुन्छ ।   
भाषा मलेसिया (मलाया) मलेसियाको राष्ट्रिय भाषा हो । तर चिनियाँ र तमिल भाषा पनि चलन चल्तिमा छ र अंग्रेजीको सामान्य प्रयोग हुन्छ । ५५ प्रतिशत मुस्लिम र १७ प्रतिशत बौद्ध धर्मावलम्वीको बसोवास रहेको मलेसियामा हिन्दु धर्म मान्नेहरु ७ प्रतिशत छन् । 
मलेसियामा काम गर्न गएका मध्ये धेरैजसो नेपाली राजधानी क्वालालम्पुर, जोहार बारु, पेनाङ लगायतका शहरमा कार्यरत छन् । धेरैजसो नेपालीले कलकारखानामा मजदुर, सुरक्षा गार्ड, होटल, रेष्टुराँमा काम गर्छन् । यसैगरी ईपो, मलक्का लगायतका क्षेत्रमा कृषि क्षेत्रमा पनि नेपाली कामदार कार्यरत छन् । 
बैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार, २०६९ बैशाख मसान्तसम्म नेपालबाट ७ लाख ४८ हजार ३३ जना नेपाली बैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मलेसिया गएका छन् । सो तथ्यांक अनुसार काम गर्न बिदेश गएका नेपालीमध्ये सवैभन्दा धेरै मलेसियामा छन् । नेपाली जस्तै यहाँ अरु देशका कामदार पनि धेरै छन् । मलेसियामा काम गर्ने बिदेशी कामदारममा सवैभन्दा बढी ईण्डोनेसियालीहरु छन् । नेपालीहरुको संख्या दोश्रो नम्वरमा पर्छ ।   
मलेसियामा काम गर्ने नेपालीले भोगिरहेको सवैभन्दा ठूलो समस्या कार्यथलोमा हुने दुर्घटना र सडक दुर्घटना हुन् । यहाँ नेपालमा भन्दा गर्मी हुन्छ । मलेसियामा नेपालीको ज्यान जाने मुख्य कारणमा सडक दुर्घटना रहेको छ । त्यसैले मलेसिया जान चाहनेले सडक प्रयोगका बारेमा राम्रोसँग बुझेर मात्रै जानु पर्छ ।   
मलेसियामा नेपालको दूतावास राजधानी क्वालालम्पुरमा छ । कुनै समस्या परेमा क्वालालम्पुरमा रहेको नेपाली दुतावासमा सम्पर्क गरे सल्लाह तथा सहयोग पाईन्छ । दुतावासको फोन नम्वर ०३—२१६४५९३४ वा ०३—२१६४९६५३ हो । थप जानकारी क्वालालम्पुरस्थित नेपाली दुतावासको वेभसाईटhttp://www.nepalembassy.com.my/en/ मा हेर्न सक्नुहुन्छ ।

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home