काठमाडौं– सरकारले आर्थिक वर्ष २०७१/७२ को बजेटमार्फत केही वस्तुको भन्सार, अन्तशुल्क र मूल्य अभिवृद्धि करमा हेरफेर गरेको छ। यो परिवर्तनसँगै स्पयेरपार्ट्स, ग्यास रेगुलेटर, सूर्तिजन्य र मदिरा जन्यपदार्थको मूल्य केही बढ्ने भएको छ।
समाचार सार
वैदेशिक रोजगारमा गएका कामदारले फर्किँदा ल्याउने ३२ इञ्चसम्मको जुनसुकै टेलिभिजन सेटमा भन्सार छुट
सरकारले मोटरगाडीमा प्रयोग हुने सिटमा कर बढाएको छ। विभिन्न खालका सिट (आसनहरु), उचाइ घटबढी गर्न सकिने घुम्ने आसन, बगैँचाको आसन वा क्याम्पिङ उपकरणबाहेकका आसन, विछ्यौनाका रुपमा परिवर्तन हुनेसमेत, बाँस वाल हरेताड, गद्दादार आवरणयुक्त आसन, पार्टपूर्जालगायत वस्तुमा भन्सार, अन्तशुल्क र मूल्य अभिवृद्धि कर बढाएको छ। अहिलेसम्म मोटरगाडीमा प्रयोग हुने आसनमा १५ प्रतिशत मात्र कर लाग्ने गरेकोमा अब ३० प्रतिशत तिर्नुपर्ने छ।
त्यस्तै, ग्यास सिलिन्डरको रेगुलेटरको भल्भमा पनि भन्सार महसुल बढेको छ। अहिले सम्म १० प्रतिशत तिर्दै आएको ग्याँस रेगुलेटर भल्भमा अब २० प्रतिशत भन्सार शुल्क तिर्नु पर्नेछ।
सरकारले चुरोटको अन्तशुल्क पनि बढाएको छ। एक खिल्लीमा पचास पैसाको दरले चुरोटको अन्तशुल्क बढेको छ। हालसम्म प्रति हजार खिल्लीमा तीन हजार रुपैंयाँ अन्त शुल्क रहेकोमा अब ३ हजार ५ सय रुपैंयाँ तिर्नुपर्ने छ। मदिरामा पनि अन्तशुल्क बढेको छ। ५० युपी मदिरामा पहिले १६८ रुपैंयाँ प्रतिलिटर अन्तशुल्क लिने गरेकोमा अब २५० रुपैंयाँ पुगेको छ।
चुरोट र मदिरामा अन्तशुल्क बढाएकोमा उत्पादक तथा व्यवसायी असन्तुष्ट देखिएका छन्। सूर्य, शिखर, खुकुरीलगायत चुरोटको उत्पादक सूर्य नेपालका उपाध्यक्ष रवि केसीले सरकारले वार्षिक रुपमा चुरोटको प्रयोग कम गर्न अन्तशुल्क बढाए पनि यसले व्यापारी र उद्योगीलाई असर पार्ने बताए।
'अहिले सरकारले बढाएको अन्तशुल्क सामान्य भए पनि दीर्घकालीन रुपमा घरेलु चुरोट उद्योगले बढ्दो अन्तशुल्कको नकारात्मक प्रभाव भोग्नुपर्ने हुन सक्छ,' उनले भने।
अन्तशुल्क बढाइएपछि स्वदेशी मदिरा उद्योग धराशायी हुन सक्ने जोखिम रहेको रेन्बो डिस्टिलरीका मीनप्रसाद भुसाल बताउँछन्। 'यो ब्रान्डेड रक्सी होइन, स्थानीय साना उद्योगमा यति शुल्क लिदाँ स्वदेशी उद्योगहरू धराशायीबन्न सक्छन्,' उनले भने। सरकारले अहिले २५, ४० र ७५ युपीको रक्सीमा धेरै अन्तशुल्क नबढाए पनि ५० युपीको रक्सीमा ४९ प्रतिशत बढाइएकोमा उनले चिन्ता व्यक्त गरे।
'तुलनात्मक रूपमा सस्तो रक्सी भएकाले मध्यमवर्गीय उपभोक्ताले ५० युपीको रक्सी पिउने गर्दछन्,' उनले भने। अन्तशुल्क बढ्नाले मूल्य बढ्न गई व्यापार कम हुने उनको अनुमान छ।
बजेटबाट अटोमोबाइल व्यवसायी पनि खासै उत्साही छैनन्। विगतमा स–साना सवारी साधनको अन्तशुल्क र भन्सार घट्ने बहस भए पनि यसमा कुनै परिवर्तन नभएकाले उनीहरु निराश भएका हुन्। उता, सवारी साधनको वार्षिक दर्ता शुल्क एक हजारका दरले बढेको छ। १२५ सिसीको बाइक तथा स्कुटर दर्ता गर्दा अहिलेसम्म ६ हजार तिर्नुपर्नेमा अब ७ हजार तिर्नुपर्नेछ। १२५ देखि २५० सिसिको दुई पांग्रे सवारी साधनको दर्ता शुल्क८ हजार र २५१ सिसीभन्दामाथिको ९ हजार रुपैंयाँ पुगेको छ। यसले दुई पांग्रे सवारी साधनको मूल्य केही बढ्न सक्ने नेपाल अटोमोबाइलस डिलर्स एसोसिएसन (नाडा) का महासचिव गोपी न्यौपानेले बताए। नाडाले स्पेयरपार्टसको अन्तशुल्क हटाउन माग गर्दै आए पनि सरकारले ५ प्रतिशतमा कायम गरको छ।
सरकारले यी वस्तुहरुमा भन्सार दर बढाए पनि अन्य केही वस्तुहरुमा भन्सार दर घटाएको छ। सरकारले जुत्ताचप्पल आयात गर्दा लाग्ने कच्चा पदार्थमा भन्सार दर घटाएको छ। प्लाष्टिक वा रबरको बाहिरी तलुवा र हिलका वस्तु आयातमा लाग्ने भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ। त्यस्तै रडारका उपकरणमा भन्सार शुल्क १० प्रतिशतबाट घटाएर ५ प्रतिशत बनाएको छ। माछालाई दाना खुवाउने अटोमेटिक फिडर र कपडा सिलाउन प्रयोग गर्ने इन्टरलक मेसिनमा नयाँ बजेटमार्फत छुट दिएको छ। वैदेशिक रोजगारमा कम्तीमा एक वर्ष रही नेपाल फर्किँदा कामदारले ल्याउने ३२ इन्चसम्मको जुनसुकै टेलिभिजन सेटमा पनि भन्सार छुट दिने घोषणा सरकारले गरेको छ। निर्याततर्फ अमि्रसो, रुद्राक्षका दाना, चिनी उत्पादन, चुकन्दर र उखुको छोक्राजस्ता कृषिजन्य पदार्थ, खयरकच्छ, देवदारजाति निकासीमा प्राथमिकता दिई भन्सार महसुल हटाएको छ।
सरकारले केही खाद्य पदार्थमा पनि नयाँ भन्सार दर कायम गरेको छ। नेपाल भित्रिने च्यवनप्राश, दशमुलारिष्ट, कलपसुन्दरीलगायत पोषण र स्वास्थ्यसम्बन्धी खानेकुरा वा लगाउने कुरामा ५ प्रतिशत भन्सार दर कायम गरेको छ। कर्न फ्लेक्स, ओट्स, मुस्ली, पोरिज, ह्विटफ्लेक्स, ब्रेक फास्ट सेरियल्स उत्पादन गर्ने उद्योगले पैठारी गर्ने भुससहितको ओट्स पैठारी गरेमा पाँच प्रतिशत मात्र भन्सार लाग्ने व्यवस्था गरिएको छ।
भटमासको गेडाबाट तेल तथा पिना उत्पादन गर्ने उद्योगले पैठारी गर्ने भटमासको गेडामा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट र कृषि सुधार शुल्कको हकमा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ। वनस्पति घिउ तथा तेल उत्पादन गर्ने स्वदेशी उत्पादन मुलक उद्योगले आयात गर्ने कच्चा सोयाबिन तेल, कच्चा सूर्यमुखी तेल, कच्चा पाम आयल र कच्चा पाम ओलिन तेलको आयातमा भन्सार महसुल २.५ प्रतिशत मात्र लाग्ने व्यवस्था गरिएको छ।
त्यस्तै निकासीतर्फ अमेरिकी डलर १० हजार मूल्यसम्मका नेपालमा उत्पादन भएका माल वस्तुहरु निकासी गर्दा निकासी कर्ताले विदेशी मुद्रा प्राप्तिको कागजात तत्काल देखाउन सक्ने अवस्था भएमा बैंक ग्यारेन्टी राखी निकासी गर्न दिइने व्यवस्था गरिएको छ। निकासीकर्ताले निकासी गरेको ६ महिनाभित्र बैंकिङ प्रणाली मार्फत भुक्तानी प्राप्त भएमा बैंक ग्यारेन्टी फुकुवा गरिने सुविधासमेत दिइएको छ।
यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस
ReplyDelete