हाम्रो खयरमारा राम्रो खयरमारा

हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

QA

No comments :

प्रश्न पठाउनुहोस्, हामी उत्तर खोज्छौं

यहाँ बैदेशिक रोजगारका बिभिन्न पक्षमा सोधिएका प्रश्न र सम्वन्धित निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ राखिन्छ । तपाई पनि बैदेशिक रोजगारसँग सम्वन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भनें आफ्नो प्रश्न लेखेर desh@unn.com.np मा ईमेल गर्नुहोला । अथवा उज्यालोको आधिकारीक फेसबुक पेज https://facebook.com/Ujyaalo मा पनि तपाईले आफ्ना प्रश्न सोध्न सक्नुहुन्छ ।




  • सरकारले इजरायलमा नेपाली कामदार कसरी पठाउँदैछ ?

    प्रश्न : नेपाल सरकारले इजरायलमा नेपाली कामदार पठाउने काम के भइरहेको छ ? नेपाल सरकार वा मेनपावर को मार्फत कामदार विदेश पठाईंदैछ ? उत्तर : विनोद केसी, महानिर्देशक, वैदेशिक रोजगार विभाग – अहिले इजरायल पठाइदिन्छु भनेर कसैले पैसा माग्छ भनेर त्यसलाई विश्वास नगर्नुहोला । सरकारले नै जीटुजी गरेर कामदार पठाउने तयारी गरिरहेको छ ।

  • कामका लागि नर्वे जान पाइन्छ कि पाईंदैन ?

    म नर्वे जान चाहन्छु । त्यहाँ जान कति खर्च लाग्छ ? नर्वे जान श्रम स्वीकृति पाइन्छ कि पाईंदैन ? दिवश आचार्य, निर्देशक वैदेशिक रोजगार विभाग : नर्वे भनेको युरोपेली मुलुक हो । तपाईंले व्यक्तिगत रुपमा प्रक्रिया पुरा गर्नुभयो भने जान सक्नुहुन्छ । तर संस्थागत रुपमा भने अहिलेसम्म कुनै पनि म्यानपावरले नेपालीलाई नर्वे पठाउन माग ल्याएको छैन र विभागबाट अनुमति पनि लिएको छैन ।

  • पोर्चुगल जान अनुमति छ कि छैन र जान कति खर्च लाग्छ ?

    प्रश्न : पोर्चुगल जान कति खर्च लाग्छ ? यसको प्रक्रिया कहाँबाट कसरी अगाडी बढाउनु सकिएला ? उत्तर : दिवश आचार्य निर्देशक, वैदेशिक रोजगार विभाग – पोर्चुगल जान नेपाल सरकारले पनि संस्थागत रुपमै अनुमति दिएको मुलुक हो । व्यवसायीहरुले विभागसँग पूर्व स्विकृती लिएर विज्ञापन प्रकाशित गरेका हुन्छन् । यहाँहरुले विज्ञापनमा उल्लेख भएअनुसार आफ्नो योग्यता र क्षमता अनुसारको कामका लागि जान सक्नुहुन्छ । यसको लागत खर्छ ६५ हजार हो । यसमा टिकट खर्च समावेश हुँदैन यहाँहरुले विज्ञापन हेरेर अघि बढ्न सक्नु हुन्छ ।...

  • सेक्युरिटी गार्डमा दुवई जान के के चाहिन्छ र कतिसम्म आम्दानी हुन्छ ?

    प्रश्न : म दुवईमा सेक्युरिटी गार्डका लागि जान चाहन्छु । त्यसका लागि शारीरिक मापदण्ड के–के हुनुपर्छ ? जानुभन्दा अघि सरकारले तालिमको व्यवस्था गरेको छ कि ? उत्तर : बलबहादुर तामाङ, अध्यक्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - सेक्युरिटी गार्डमा जानका लागि कम्तिमा ५ फिट ५ इन्च उचाइ हुनुपछ र अँग्रेजी भाषा पनि जानेको हुनुपर्छ । त्यस्तै सेक्युरिटी सम्बन्धि काम गरेका र तालिम लिएकाले मात्रै जान पाउँछन् । शारीरिक रुपमा पनि तन्दुरुस्त हुनुपर्छ । त्यस्ता देशमा सेक्युरिटी गार्डमा गएकाले ७० हजार तिर्नु...

  • कृषि पेशामा जापान जान कति खर्च लाग्छ ?

    प्रश्न – म कृषिको काम गर्न जापान जान चाहन्छु, त्यसका लागि जापानी भाषामा पास हुनु पर्छ कि पर्दैन र कृषिको कामका लागि जापान जाँदा कति खर्च लाग्छ ? उत्तर – दिवस आचार्य, निर्देशक वैदेशिक रोजगार विभाग : जापानमा काम गर्न जाने भनेर नेपाल सरकार र जापान सरकारको जिट्कोमार्फत प्रशिक्षार्थी कामदारको रुपमा नेपाली कामदार जापान लैजाने व्यवस्था गरिएको छ । त्यो अन्तर्गत इजाजत लिएका म्यानपावरमार्फत डिमान्ड आएको बेला सम्पर्क गरेर जान सकिन्छ । तर त्यसका लागि केही पूर्व शर्त छन् । यहाँ कुनै कम्पनीमा क...

  • अवुधावी प्रहरीमा जान कहाँ सम्पर्क गर्नुपर्छ ?

    प्रश्न : म युएईको अवुधावी प्रहरीमा जान चाहन्छु । यसका लागि कहाँ सम्पर्क गर्नुपर्छ ? उत्तर : सोमलाल बाटाजु, निवर्तमान अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - युएई प्रहरीका लागि विभिन्न व्यवसायीकोमा माग आउने गर्छ । ती व्यवसायीले राष्ट्रिय स्तरको दैनिक पत्रिकामा विज्ञापन गर्न । त्यसमा योग्यता पनि खुलाइदिएको हुन्छ । यदि तपाईं योग्य हुनुहुन्छ भने तपाईंले दैनिक रुपमा राष्ट्रिय स्तरका दैनिक पत्रिकाहरु पढ्नु पर्ने हुन्छ ।...

  • विदेश जानका लागि पैसा दिने तर कागज गर्ने बेलामा घर खर्च चलाउन भनेर गर्नेमाथि कस्तो कारबाही हुन्छ ?

    प्रश्न : वैदेशिक रोजगारमा पठाउने भनेर पैसा लिने अनि घर, व्यपार, व्यवसाय गर्नका लागि पैसा लिएको हो भनेर कागज गर्नेमाथि कस्तो कारबाही हुन्छ ?म त्यस्तै समस्यामा परेको मान्छे हुँ । मलाई एक जनाले अफ्गानिस्तान पठाइदिन्छु भनेर ३ लाख लियो तर कागज गर्दा घर खर्च चलाउन लिएको भनेर गरेको छ । यस्तो अवस्थामा कस्तो कारबाही हुन्छ ? उत्तर : दिवस आचार्य, निर्देशक, वैदेशिक रोजगार विभाग - करकाप गरेर तपाईंलाई कागज गर्दा तपाईंले प्रहरीमा उजुरी गरेर त्यसको समाधान गर्न सक्नुहुन्छ । वैदेशिक रोजगार ऐन अनुसार पनि कारबाही...

  • खाडी देशमा जान कति खर्च लाग्छ ?

    प्रश्न : युएईलगायतका खाडीका मुलुकमा जान कति खर्च लाग्छ होला ? उत्तर : दिवस आचार्य, निर्देशक वैदेशिक रोजगार विभाग - दुवईलगायत खाडी मुलुकमा जान नेपाल सरकारले तोकेको अधिकतम लागत भनेको ७० हजार रुपैयाँ हो । त्यो भन्दा घटीमा पनि पठाउन सकिन्छ । त्यसका लागि म्यानपावर कम्पनीहरुमा सोध्नुहोला । त्यो भन्दा बढी चैं तिर्नु पर्दैन 


  • No comments :

    Post a Comment

    • www.facebook.com/khayarmara.mahottari
    • our khayarmara our pride
    • website design by Your IT Solution

    Dish Home

    Dish Home