हाम्रो खयरमारा राम्रो खयरमारा

हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग
Showing posts with label film. Show all posts
Showing posts with label film. Show all posts

हलिउड अभिनेत्रीको एक किस पाउन भारतीयले उद्योगपतिले खर्चिए ८१ हजार डलर

No comments :

हलिउड अभिनेत्री एलिजाबेथ हर्ली उर्फ जिल हर्लीको एक किस ८१ हजार अमेरिकी डलरमा विक्री भएको छ । क्यानडामा बस्ने भारतीय मूलका उद्योगपति जूलियन भारतले एक किसका लागि ८१ हजार डलर खर्चिएका हुन् । सर एल्टन जनको एड्स फाउण्डेशनका लागि रकम जुटउन उनले किस कार्यक्रम राखेकी थिइन् ।
जूलियन भारतीका तीन बच्चा छन् । आफूले पत्नीको अनुमतिमै हर्लीलाई किस गरेको उनले बताए । मोडल एवं अभिनेत्री हर्लीको नाम पूर्व क्रिकेटर शहेन वार्नसँग पनि जोडिएको थियो । तर, अहिले उनीहरु दुबै अलग छन् । उसो त उनले उद्योगपति अरुण न्यूयरसँग २००७ मा विवाह गरेकी थिइन् । तर, २०१० मा उनीहरु अलग भए ।

अन्जुलाई मुम्बईमा आउन नदिने चेतावनी

No comments :
  • दिपक भट्टराई
Anju_Panta_mero_nepalमुम्बई, भदौ २४ – नेपालमा के भइरहेको छ अनि, नेपाली कलाकारिता क्षेत्र कहाँ सम्म पुगेको छ । प्रत्यक्ष या अप्रत्यक्ष रुपमा मुम्बईसंग कलिउड क्षेत्र पनि नजिकै रहेको छ । अनि केहि समय पहिलासम्म नेपालमा उच्च स्तरीयका गीत रेकर्डिङ् स्टुडियो समेत थिएनन् र म स्वयंले लगभग नेपालका सबै कलाकार अथवा गायकहरुलाई आफ्नो व्यक्तिगत काम चाहे त्यो आवाज परिक्षण किन नहोस्, चाहे अभिनय नै मुम्बईमा आएर निखारिएको बताउने थुप्रै कलाकारहरु भेटेको छु । कलिउडका स्थापित कलाकार राजेश हमाल, सुनिल थापा, झरना थापा, स्व. श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, बिराज भट्ट, झरना बज्राचार्य हुँदै रेजिना उप्रेती र उषा पौडेललाई नचिकबाट चिन्छु । एउटा भनाइ रहन्छ उहाँहरुको मुम्बईको हावापानी वास्तबमै संगीतमय छ अनि कलाकारिताको लागि उर्बर भुमि हो, भारत ।
हरेक महिनामा भई राख्ने लोक सांगीतिक कार्यक्रममा मुम्बई नआएका नेपाली लोकदोहोरी गायक गायिकाहरु सायद बिरलै होलान् र २–३ पटक सम्म नेपाली पंञ्चेबाजाका साथ मुम्बई आइपुगेका दाजु प्रजापति पराजुली भन्छन्, “वास्तबमै नेपाली लोक गीतहरुलाई हाम्रा पालामा नेपालमा बजाउनको लागि मुम्बईका स्टुडियोहरुले राम्रो सहयोग गरेका छन् । सायद कुनै कुनै तरिकाबाट नेपाली लोकदोहोरीबाट अलि नजिक भएर होला मुम्बईका राजनीतिक समारोहहरुमा पनि २–४ वटा भएपनि लोक गीतका नाचहरु हेर्न पाएका छौँ ।
यति नजिकबाट नेपाली लोक संस्कृतिलाई माया गर्ने सम्पूर्ण मुम्बईवासी नेपालीहरु यति बेला अति आक्रोसित बनेका छन् । किन कि अहिले केहि नेपालीहरुले एक्कासी विवादमा तानिएकी गायिका अन्जु पन्तलाई मुम्बई प्रवेशमा रोक लगाउनु पर्छ भनेका छन् । यदि अञ्जु कथम कदाचित मुम्बई आइपुगिन् भने उनलाई जस्तो पनि कारबाही गर्छौ भन्दै उनीहरुले आक्रोस पोखेका छन् । अञ्जु पन्तको बिषयमा मुम्बईका केहि प्रतिनिधि र कार्यक्रम आयोजकहरुको प्रतिक्रिया यहाँ प्रस्तुत गरिएको छ ।
मास्टर थापाः
नेपाली श्रमिक मजदुर युनियनका अध्यक्ष थापा मुम्बईका नेपालीहरुका दुःखका साथी नै मानिन्छन, उनी भन्छन्, यहाँ अमिताभ बच्चनले अल्लाह रे अल्लाह भन्ने गीतमा अभिनय गर्छन् र उनी हिन्दु हुन्, पर्दामा मात्रै नभएर आफ्नो घरमा श्री गणेशको मुर्ति राखी पुजा गर्ने सलमान खान, साहरुख खान छन्, क्रिश्चियन परिवारकी जेनेलिया डिसुजा हिन्दु नारीको अभिनय पर्दामा गरिसकेकी छन्, रमजानको पार्टीमा गएर सबै मुस्लिम दाजुभाइसँग गलामिलाएर आउने शिवसेना प्रमुख उद्धव ठाकरे म सँग नजिक छन् । फेरि पनि ढुक्कसँग भारतीय जनता पार्टीका मुस्लिम उम्मेद्वारले ‘जय हिन्द’ भन्छन् भने आजकी खुई कौडिकी अन्जु पन्तले हिन्दु शब्दको गीत नगाउने ? यदि मुम्बईमा कुनै संस्थाले ल्याउन खोजे हामी प्रतिकार गर्छौ अनि कुनै पनि नेपाली सांस्कृतिक कार्यक्रममा उनले गाएका गित बजेछन् भने म स्वमं त्यहाँ गइ कार्यक्रम स्थगीत गराउने छु ।
चेतमान खड्काः
‘देखाचेम्स ग्रुप मुम्बई’ का प्रोप्राइटर तथा कार्यक्रम आयोजक खड्का लगभग सबै जसो नेपाली कलाकारहरुलाई मुम्बईमा ल्याएर स्टेज शोहरु गरिसकेका छन् । उनी भन्छन्, म नेपाली संगीतको पुजारी हँु, जुनसुकै क्षेत्रका नेपाली लोकगीतहरु, भजन किर्तन, आधुनिक लगायतका चलचित्रका गीतहरु सुन्दा र देख्दा मेरो छाती गर्वले फुल्छ हिजो सरस्वती माताको चरणमा पाउँ राखी संगीतमा होमिएकी अन्जु पन्त आज २–४ पैसामा बिकेर धर्म परिवर्तन गरे भन्दैमा नेपाली दुर्गा माता उच्चारण गर्न नमिल्ने रे भोली उनलाई नेपाली हुँ भन्न पनि अप्ठेरो पर्ला, यदि उनी मुम्बई आउने थाहा पाए एयरपोर्टमै गएर उनलाई कारबाही गर्ने पक्षमा म छु । एक्लै लडेर भएपनि मैले मुम्बईमा उनका गीतहरु सांस्कृतिक कार्यक्रममा बज्न दिने छैन ।
प्रेम बि.के.:
भारतका एक सफल कार्यक्रम आयोजक एवं नेपाली संस्कृतिलाई माया गर्ने र लगभग सबै कलाकारलाई मुम्बई ल्याएका प्रेम भन्छन्, मान्छे आफै स्वतन्त्र हुन्छ तर सामाजिक दायित्वलाई भने बिर्सनु हँुदैन । त्यसमा पनि कलाकारको त कुनै जात, धर्म र कुनै सिमा हुँदैन । अन्जुजीको सवालमा उनले यसो भन्न हुँदैनथ्यो । भनिहाले पनि त्यसलाई कुनै ठूलो इश्यु बनाउने आवश्यकता छैन, उनलाई गाउन मन लागेन गाउनु भएन । त्यसमा धर्म र सम्प्रदायलाई जोडेर कुनै मुद्दा बनाउनु हुँदैन । तर म उनलाई मुम्बईमा ल्याएर कार्यक्रम गर्नलाई पछि पर्ने छैन ।
सागर भण्डारी:
युरेसिया रेयुकाई मुम्बई प्रमुख तथा लोक पारखी उनी भन्छिन्, वास्तवमै अन्जु पन्त हिजो धर्म परिवर्तन गरि आज अर्को धर्मको आलोचना गर्ने कार्य आफैँमा खराब हो । आफ्नो स्वतन्त्रतालाई प्रयोग गर्दा अरुको भावनामा ठेस पुग्ने कार्य गलत हो भन्ने कुरा नबुझेकिलाई गायिका भनि राख्नु उचित हँुदैन तसर्थ पहिला गल्ति बोल्ने र पछि माफी मागेर हाम्रो सांस्कृतिकको उपहास गर्नेलाई हामी बहिस्कार नै गर्नुपर्दछ ।
न्यौपाने दिल श्री :
गैर आवसीय नेपाली संघ पोल्याण्डका महासचिव एन.आर.एन. का पोल्याण्डका साहित्य प्रवर्दन केन्द्रीय समिति सदस्य भन्छन् – म हिन्दु धर्म मान्ने मान्छे हुँ, हरेक दिन बिहान भगवानको पुजा आराधनासहित गीता पाठ गरेपछि मात्र मेरो दैनिकी सुरु गर्ने गर्छु । म आफ्नो धर्म र कर्ममा गौरव गर्छु यद्यपि धर्मका नाममा जिवन्त रहँदै आएका कतिपय अन्धविश्वासको आलोचना गर्ने गर्छु ।
म गुम्बा र चर्चजस्ता अन्य धर्मावलम्बिका धर्मस्थलमा गएर प्रार्थना गर्न सक्छु, म त्यसलाई पनि मन्दिर मान्छु, बुद्धमा म श्रीकृष्ण देख्छु, जिससमा म शिव देख्छु, विद्यालयको नैतिक शिक्षामा पढेको त्यो पाठ जहाँ विभिन्न भाषामा भिन्न–भिन्न नाममा मागिएको भए पनि पसलेले सबैलाई अंगुर दिएका थिए, आज पनि मलाई सम्झना छ र त्यो शिक्षालाई अवलम्बन गर्ने कोसिस गरिरहेछु र भन्न चाहन्छु–धर्म र संस्कार समाजलाई सभ्य र अनुसाशित बनाउनका लागि भएकोले एकले अर्काको अस्तित्व स्वीकार गर्दै र सम्मान गर्दै असल मानिस बन्ने प्रयास गराँै ।
हर्क “बिवस“ खनाल :
प्रवासमा रहेर बिगत लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा कलम चलाउँदै आएका तथा आफ्नो एक्लो सिंगो नेपाली गजलोको कृति (जोडेको मुटु तोडेर गयौं) प्रकाशन गरेका थुप्रै नेपाली सांस्कृतिक कार्यक्रममा नेपाली लोक भाका गाइसकेका तथा मुम्बईमा भएका बिकृति र विसंगतीहरुलाई निर्धक्क रुपमा समाजमा प्रस्तुत गर्ने युवा भन्छन् । देविका के.सी. र पशुपति शर्माले गएको जनचेतना मुलक गीत हामी नेपाली हौँ, मलाई त्यत्ति थाहा छ भन्ने गीतलाई विरोध गरि बन्द गराउन बाध्य बनाउनेहरुले यतिबेला के हेरेर बसेका छन् ? के अन्जु पन्तले जस्तै धार्मिक भेद–भाव राख्नेका गीतलाई स्रोता माझ छोड्नु राम्रो होला । तसर्थ देविका के.सी. को गीतलाई बन्द गराउने समाजले अन्जु पन्तका पनि सम्पूर्ण गीतहरुलाई आजीवन प्रतिबन्ध गर्नुपर्छ । कलाकार राष्ट्रको गहना भएको हुनाले उ जहाँ पनि शोभायमान हुन सक्नुपर्छ र सम्पूर्ण नेपालीको जात–भात धर्मसँग अट्न सक्ने हुनुपर्दछ अन्यथा भोलीबाटै उनले कलाकारको बिल्ला झिक्नु पर्दछ ।
स्मरणीय रहोस् केहि दिन पहिला बागिना डिजिटलका प्रोप्राइटर तथा कुशल रचनाकार शाहदेव कोइरालाको रचनामा तथा संगीतमा रहेको ‘दुर्गा माताको आर्शिवादले सोचे जस्तो पुगोस्’ बोलको गित गाउन अस्विकार गरि स्टुडियो बाटै फिर्ता आएको थियो र सामाजिक संजालहरुमा गरेका उनका समर्थकहरुको आलोचनाले मात्र दुई दिन पछि माफी मागेकी थिइन् ।

के भएको थियो श्रीकृष्णलाई ?

No comments :
Saptahik

के भएको थियो श्रीकृष्णलाई ?

अभिनेता श्रीकृष्ण श्रेष्ठको असामयिक निधनले देशलाई नै स्तब्ध बनाएको छ। भारतको राजधानी नयाँ दिल्लीस्थित सुविधासम्पन्न गंगाराम अस्पतालमा साउन २४ गते राति ११ बजे जीवनको अन्तिम श्वास फेरेका श्रीकृष्णको निधन के कारणले भयो ? उनको निधनपछि मात्र स्पष्ट भएको छ। उनको निधनको समाचार सार्वजनिक भए लगत्तै स्वदेश तथा विदेशमा रहेका केही चिकित्सकले उनको निधन 'डिप नियोनिया' का कारणले मात्र हुन नसक्ने ठोकुवा गरेका थिए। सुविधासम्पन्न अस्पतालमा निमोनियाका कारण कुनै व्यक्तिको मृत्यु हुन गाह्राे हुने चिकित्सकहरूको अनुमान अन्ततः सत्य निस्कियो। निधन भएको केही घन्टा नबित्दै श्रीकृष्णको परिवारका सदस्यको भनाइ उद्धृत गर्दै निर्देशक आकाश अधिकारीले स्पष्ट पारे-'श्रीकृष्ण श्रेष्ठको निधन क्यान्सरका कारण भएको रहेछ। उहाँलाई बोन क्यान्सर भएको रहेछ।'

लामो समयदेखि सुख्खा खोकीले पीडित श्रीकृष्ण श्रेष्ठ नायिका श्वेता खड्कासँगको आफ्नो विवाहको दिन (साउन २३) पनि अस्वस्थ देखिएका थिए। 'विवाहको कार्ड बाँडिसकेकाले वैवाहिक समारोह रद्द गर्न सम्भव भएन, श्रीकृष्ण निकटस्थ एक चलचित्रकर्मी भन्छन्—'उहाँले स्वास्थ्यमा समस्या बढ्दै गएपछि विवाहको मिति नै पछि सार्न खोज्नुभएको थियो तर आफन्त तथा आगन्तुकहरूलाई निमन्त्रणा कार्ड वितरण गरिसकेकाले वैवाहिक समारोह सार्न मिलेन।'

असार २३ गते नायिका श्वेता खड्कासँग लगनगाँठो कसेपछि श्रेष्ठ दम्पती हनिमुनका लागि भन्दै भारतको सिमलातर्फ प्रस्थान गरेका थिए। नायिका खड्काले फेसबुकमार्फत हनिमुनका लागि सिमला गएको तस्बिर समेत सार्वजनिक गरिसकेकी थिइन्। उनीहरूको पछिल्लो चलचित्र 'कोहिनूर' को प्रदर्शन मिति (साउन २३) नजिकिँदै जाँदा निर्देशक आकाश अधिकारीको छटपटी बढिरहेको थियो। हनिमुनमा गएका भनिएका श्रीकृष्ण र श्वेताले केही दिनसम्म आफ्ना बारेमा कुनै पनि जानकारी सार्वजनिक गरेनन्। निर्देशक आकाश अधिकारी चलचित्र प्रदर्शन हुनुभन्दा एक साताअघि आयोजित पत्रकार सम्मेलनमा भक्कानिएको देखेपछि सञ्चारकर्मीले श्रीकृष्णको स्वास्थ्य नराम्रोसँग बिगि्रएको अनुमान गरिसकेका थिए। त्यही क्रममा श्वेताले श्रीकृष्णको अडियो सन्देश सार्वजनिक गरिन्। सन्देशमा श्रीकृष्णको स्वर सुन्ने जो कोहीले उनको स्वास्थ्य अत्यन्त बिगि्रएको ठम्याए। अन्ततः आमनेपालीले नसोचेको घटना घट्यो। सम्पूर्ण देश जनैपूणिर्मा तथा रक्षा बन्धन मनाउने तयारीमा रहेका बेला एकाबिहानै नयाँ दिल्लीबाट सोच्दै नसोचेको दुःखद् खबर सार्वजनिक भयो। बिहान ५ नबज्दै निर्देशक आकाश अधिकारी तथा निर्माता सुनीलकुमार थापाको मोबाइलमा दिल्लीबाट उक्त अशुभ समाचार आइसकेको थियो। बिहान सात नबज्दै लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको खबरले विद्युतीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भाइरलको रूप लिइसकेको थियो।

श्रीकृष्णको निधन हुनुभन्दा केही दिनअघि उनी डिप निमोनियाबाट ग्रस्त भएको स्वयं श्वेता खड्काले स्पष्ट पारिसकेकी थिइन्। निधन भैसकेपछि पनि सम्पूर्ण देशवासीले श्रीकृष्ण नियोनियाकै कारण बिते भन्ने बुझे। यद्यपि चिकित्सकहरूले उनको निधन निमोनियाका कारण मात्र हुन नसक्ने दाबी गरे। अन्ततः श्रीकृष्णको परिवारका सदस्यले निर्देशक आकाश अधिकारीमार्फत देशवासीलाई वास्तविकता वर्णन गरे-'श्रीकृष्णलाई क्यान्सर भएको थियो।'

निर्देशक आकाश अधिकारीका अनुसार श्रीकृष्ण र श्वेता सिमलाबाट उपचारका लागि भारतको नयाँ दिल्ली जानुको मुख्य उद्देश्य श्रीकृष्णको घाँटीमा देखिएको समस्या थियो। घाँटीमा एलर्जी भएर बोल्न नसक्ने भएपछि श्रीकृष्ण त्यसकै उपचारका लागि दिल्ली गएका थिए। एलर्जीको समस्या समाधान हुन नपाउँदै श्रीकृष्णलाई ज्वरो आयो। चिकित्सकले उच्च ज्वरोलाई पनि ठीक गरे। जब उनीहरू दुवै समस्या समाधान गर्दै अस्पतालबाट डिस्चार्च भएर स्वदेश र्फकने तयारी गर्दै थिए, श्रीकृष्णमा निमोनियाको संक्रमण देखियो। फोक्सोमा पानी जमेको रिपोर्ट पनि त्यही बेला आयो। चिकित्सकले ती दुवै समस्या पनि समाधान गरे। निमोनियाबाट समेत मुक्ति पाइसकेका श्रीकृष्णलाई नेपाल र्फकनु करिब एक साताअघि गरिएको रक्त परीक्षणले मृत्युसँग साक्षात्कार गरायो। 'चिकित्सकले बोन क्यान्सर भएको बताएपछि तत्कालै पहिलो किमो दिने काम भएछ, निर्देशक अधिकारी सम्झन्छन्-'पहिलो किमोबाट स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकले दोस्रो किमो दिने योजना बनाएछन्।' भनिन्छ, चिकित्सकले दोस्राे किमो दिनुअघि परिवारका सदस्यलाई त्यसका गुण तथा अवगुण दुवै पक्षका बारेमा अवगत गराएका थिए। नतिजा अवगुण निस्कियो। श्रीकृष्णको शरीरले दोस्रो किमो पचाउन सकेन, उनले दोस्रो किमो दिइएको केही घन्टा नबित्दै प्राण त्यागे। श्रीकृष्णको फोक्सोमा पुरानै समस्या थियो। उनमा विगत केही वर्षअघि सुगर पनि देखिएको बताइन्छ। फोक्सोमा समस्या, सुगर, सुख्खा खोकी, निमोनिया हुँदै अन्त्यमा वोन क्यान्सर श्रीकृष्णको निधनको प्रमुख कारण बन्न पुग्यो। शरीरका अन्य हाड-जोर्नीमा क्यान्सर नफैलियास् भनेर श्रीकृष्णलाई 'किमो थेरापी' दिइएको थियो।



देश नै शोकमग्न


करिब तीन दशकदेखि नेपाली चलचित्रमा सक्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनले सिंगो देश नै शोकमा डुब्यो। जनैपूणिर्मा, रक्षा बन्धन तथा गाईजात्राजस्ता चाडपर्वमा रमाउने योजना बनाएका सम्पूर्ण देशवासी श्रीकृष्णको निधनमा डाँको छाड्न बाध्य भए। प्रत्येक टेलिभिजन च्यानलमा श्रीकृष्णले अभिनय गरेका चलचित्रका लोकप्रिय गीतहरू बजिरहे। उनको दुःखद् निधनको खबरले राष्ट्र नै स्तब्ध भयो।

सोमबार मध्यान्न उनको पार्थिव शरीरलाई त्रिभुवन विमानस्थलबाट कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रांगणसम्म पुर्‍याउन चलचित्रकर्मीहरूलाई हम्मे-हम्मे पर्‍यो। सिनामंगल, तीनकुने, नयाँबानेश्वर, माइतीघर हुँदै अघि बढेको शवयात्रामा श्रीकृष्णलाई मन पराउने हजारौं नेपाली सहभागी भए। प्रज्ञा भवनमा साँझ ६ बजे उनको पार्थिव शरीरमा फूलमाला अर्पण गर्ने कार्यक्रम सर्वसाधारणको अकल्पनीय उपस्थितिका कारण सम्भव भएन। त्यहाँबाट ज्ञानेश्वर, रातोपुल हुँदै आर्यघाटसम्म पुग्दा शव यात्रामा हजारौं समर्थक थपिएका थिए। साँझ सात बजे आर्यघाट पुर्‍याइएको उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न भेला भएको आममानिसको भीड यति ठूलो थियो कि सुरक्षाकर्मीहरूलाई समेत सम्हाल्न गाह्रो परेको थियो। अन्ततः राति नौ बजे दाजु मीनकृष्णले उनको पार्थिव शरीरमा दागबत्ती दिए। मध्यरातसम्ममा श्रीकृष्णको शरीर खरानीमा परिणत भैसकेको थियो। यतिबेला परिवारका सदस्यहरूले म्हैपी, काठमाडौंस्थित श्रीकृष्णको पुख्र्यौली घरमा आशौच बारिरहेका छन्।



विगतको स्वास्थ्य

साप्ताहिकले श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको विवाह योजना सार्वजनिक भएलगत्तै दुवै जनासँग अन्तर्वार्ता लिएको थियो। गौशालास्थित प्लानेट कलिउडको कार्यालयमा उनीहरूसँग साप्ताहिकको करिब आधा घन्टा रेकर्डेड अन्तर्वार्ता भएको थियो। अन्तर्वार्ताका क्रममा श्रीकृष्ण सुख्खा खोकीका कारण बोल्न सकिरहेका थिएनन्। 'तपाईंलाई त खोकीले असाध्यै च्यापेजस्तो छ, उपचार गराउनुपर्छ जस्तो छ', भन्ने आग्रहमा श्रीकृष्णले भनेका थिए—'सामान्य एलर्जी हो। औषधि खाइरहेको छु। चाँडै बिसेक हुन्छ होला।' वास्तवमा श्रीकृष्णलाई चलचित्र 'कोहिनूर' को छायांकनदेखि नै खोकी लाग्न थालेको बताइन्छ। उनलाई खोकीले कतिसम्म सताएको थियो भने 'कोहिनूर' का लागि उनले आफ्नो स्वर आफैंले डविङ समेत गर्न सकेनन्।

निर्देशक अधिकारीका अनुसार खोकीका कारण उहाँलाई बोल्न गाह्रो भएको देखेपछि हामीले सबै कलाकारको डविङ सके पनि श्रीकृष्णजीको डविङ गरेका थिएनौं। चलचित्रको प्रदर्शन मिति नजिकिँदै गएकाले उहाँको स्वरमा डविङ गर्ने कि नगर्ने भन्ने भयो। अन्त्यमा उहाँले मलाई, डाइरेक्टर साब, मैले नसक्ने भएँ। तपाईंकै स्वरमा डविङ गर्नुहोस् भनेपछि चलचित्रमा श्रीकृष्ण श्रेष्ठका लागि मैले स्वर दिएको छु।'



कोहिनूरको क्रेज 


श्रीकृष्ण श्रेष्ठको निधनसँग उनको पछिल्लो चलचित्र 'कोहिनूर' का थुप्रै संयोग जोडिएका छन्। अधिकांश दृश्य भारतमा छायांकन गरिएको यो चलचित्र चेलीबेटी बेचबिखनमा आधारित छ। साउन २३ गते शुक्रबारदेखि देशभरिका करिब ६५ वटा सिनेमा हलमा चलचित्र प्रदर्शन हुने पक्का भएको खबर स्वयं श्रीकृष्णले केही साताअघि फेसबुकमार्फत नै जानकारी गराएका थिए। चलचित्रको प्रदर्शनसम्ममा श्रीकृष्ण स्वदेश फर्किसक्ने योजना थियो तर चलचित्रको प्रदर्शन प्रारम्भ हुँदा उनलाई रोगले गलाइसकेको थियो। निर्देशक आकाश अधिकारीका अनुसार गत शुक्रबार चलचित्रले ६५ प्रतिशत व्यवसाय गरेको थियो। शनिबारसम्ममा उक्त प्रतिशत बढेर ९५ सम्म पुगेको थियो। आइतबार बिहानै उनको निधनको खबरले गाउँ तथा सहरका सिनेमा हलमा दर्शकको भीड लाग्न थाल्यो। 'आइतबारदेखि बुधबारसम्ममा सिनेमा हलमा यति धेरै भीड बढ्यो कि आधा दर्शक सिनेमा हल भित्र, आधा दर्शक सिनेमा हल बाहिर प्रतीक्षा गर्न बाध्य भए, निर्देशक अधिकारीका अनुसार सम्पूर्ण देशवासी यतिबेला 'कोहिनूर' हेरेरै भए पनि आफ्ना प्यारा अभिनेतालाई श्रद्धाञ्जलि दिन आतुर छन्। शुक्रबारदेखि कोहिनूरले काठमाडौंका अधिकांश मल्टिप्लेक्समा समेत स्थान पाउने करिब-करिब पक्का भएको बताइन्छ।



श्रीकृष्णको अभिनय यात्रा

२०४५ सालमा निर्माण भएको चलचित्र 'भुमरी' मा सानो भूमिका निर्वाह गर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेका श्रीकृष्णले दोस्रो चलचित्र 'कसम' मा राजेश हमालको साथीको भूमिका निर्वाह गरेका थिए। तेस्रो चलचित्र 'पुकार' मा श्रीकृष्णले खलनायकको भूमिका निर्वाह गरे। २०४९ सालमा निर्माण भएको छविराज ओझाको चलचित्र 'नाता' श्रीकृष्णले नायकको भूमिका निर्वाह गरेको पहिलो चलचित्र हो। त्यसयता श्रीकृष्णले जति पनि चलचित्रमा अभिनय गरे सबैमा नायककै भूमिका निर्वाह गरे। आकर्षक नृत्य गर्न सक्ने नायकको छवि बनाएका श्रीकृष्णले अभिनय गरेका चलचित्रहरू एकपछि अर्को गर्दै सफल हुँदै गए। उनको लोकप्रियता यति बढ्यो कि कुनै बेला बुढो बाघको उपाधी पाएका निर्देशक प्रकाश थापादेखि उनको अन्तिम चलचित्र 'कोहिनूर' का निर्देशक आकाश अधिकारीसम्म उनको अभिनयको प्रशंसक भए। तीन दशक लामो अभिनय यात्राका क्रममा एक सय भन्दा बढी चलचित्रमा अभिनय गरेका श्रीकृष्ण आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, हामी तीन भाइ, सुख-दुःख, कहाँ भेटिएलाजस्ता सफल चलचित्रका लागि सधैं सम्झनामा रहनेछन्। २०६९ सालमा प्रदर्शन भएको चलचित्र 'कहाँ भेटिएला' बाट निर्मातासमेत बनेका श्रीकृष्णले त्यही चलचित्रकी नायिका श्वेता खड्कालाई करिब डेढ महिनाअघि मात्र जीवनसाथी बनाएका थिए।

'कोहिनूर' श्रीकृष्णले अभिनय र निर्माण गरेको अन्तिम चलचित्र हो। कोहीनूरमा श्रीकृष्णलाई श्वेता खड्काले नै साथ दिएकी छिन्।



कस्ता थिए श्रीकृष्ण ? निकटस्थहरूको राय

आकाश अधिकारी, निर्देशक


श्रीकृष्ण श्रेष्ठ र मेरो सम्बन्ध एउटा कलाकारका रूपमा प्रारम्भ भएको थियो। म कलाकार र निर्देशक, उहाँ कलाकार र निर्माता। यो त हाम्रो व्यवसायिक सम्बन्ध भयो। त्यसबाहेक उहाँ र म असाध्यै मिल्ने साथी पनि थियौं। सौभाग्य नै मान्नुपर्छ, श्रीकृष्णको अन्तिम चलचित्र 'कोहिनूर' को निर्देशन गर्ने अवसर मैले नै पाएँ। यो चलचित्रको छायांकनदेखि नै हामी थप नजिकिएका थियौं। कलाकारका रूपमा त उहाँ सशक्त अभिनय गर्न सक्ने हुनु नै भयो, चलचित्रको पर्दा बाहिर पनि उहाँ असाध्यै असल व्यक्तित्व हुनुहुन्थ्यो। उहाँमा दुईवटा खुबी थिए। पहिलो अभिनय क्षमता तथा अर्को कोमल हृदय। उहाँले कहिल्यै कसैप्रति अपशब्द बोलेको मैले सुनेको छैन। ठूलालाई सम्मान र सानामा माया गर्ने कुरामा उहाँको कसैसँग प्रतिस्पर्धा हुँदैन। जति पनि राम्रा गुण हामी सुन्छौं, ती सबै श्रीकृष्णमा पाउँछौं। मेरो विचारमा श्रीकृष्ण श्रेष्ठको अभाव सदैव खड्किरहनेछ।



शम्भुजित बाँस्कोटा, संगीतकार


श्रीकृष्ण श्रेष्ठलाई म तीनवटा कुराले सधैं सम्झिरहन्छु। पहिलो कुरा अभिनय यात्राको करिब तीन दशक लामो अवधिमा उनले अग्रजहरूलाई सधैं सम्मान गरे। अग्रजलाई दिने उनको सम्मानमा कहिल्यै उतारचढाव आएन। दोस्रो कुरा, उनी असाध्यै अनुशासित कलाकार हुन्। कलाकार नै हुन्छु भनेर जन्मिएको मान्छे श्रीकृष्ण नै हो जस्तो लाग्छ। उनी नाममात्र कलाकार थिएनन्, साँच्चिकै कलाकार थिए। कलाकारितामै जीवन बिताउन सक्ने साहस भएका श्रीकृष्णसँग मैले प्रज्ञा-प्रतिष्ठानको जागिरेका रूपमा सहकार्य गरेको थिए। हामी रंगमञ्चका थुप्रै कार्यक्रममा विदेशसम्म पुगेका थियौं। चलचित्र 'जालीरुमाल' देखि उनले अभिनय गरेका प्रायः सबै चलचित्रमा मैले नै संगीत दिएको थिएँ। 'कोहिनूर' सम्म आइपुग्दा हामीले करिब ६० वटा चलचित्रमा सहकार्य गरेका छौं। उदितनारायण झा, आनन्द कार्की र मेरो आवाज श्रीकृष्णलाई असाध्यै मन पथ्र्यो, चलचित्रमा पनि उनी यिनै तीन आवाज खोज्थे। कुनै कुरामा चित्त बुझेन भने प्रतिकार तथा तर्क गर्ने क्षमता पनि उनमा थियो।



वसन्त श्रेष्ठ, नृत्य निर्देशक

म यतिबेला अमेरिकाबाट श्रीकृष्णलाई स्मरण गरिरहेको छु। श्रीकृष्णको आकस्मिक निधनले म मर्हाहत भएको छु। मैले न त उनको विवाहमा सहभागिता जनाउन सकें, न त उनको निधनको दुःखमै व्यक्तिगत रूपमा सहानूभुति प्रकट गर्न पाएँ। उनको निधनले मलाई मर्माहत बनाएको छ। श्रीकृष्ण मेरो जीवनकै सबैभन्दा असल चेला र शिष्य थिए। होनहार कलाकार गुमाउनुपर्दा समग्र देश नै दुःखी भएको छ। उनको असामयिक निधनको खबरले म अनायासै रुन पुगेछु। जीवनमा यति धेरै दुःख मैले कहिल्यै अनुभव गरेको थिइनँ। नेपाली चलचित्रमा नृत्य गर्न जान्ने नायकको छवि श्रीकृष्णले नै बनाएका थिए। त्यसका लागि उनी मलाई जहिले पनि धन्यवाद दिइरहन्थे।



जितु नेपाल, हास्यकलाकार

मैले श्रीकृष्ण श्रेष्ठसँग २०५३ सालमा चलचित्र 'गुरुचेला' मा पहिलो पटक सँगै काम गर्ने अवसर पाएको थिएँ। त्यसबाहेक सांस्कृतिक कार्यक्रमका क्रममा हामी कतार, कोरिया आदि देशको भ्रमणमा पनि गएका थियौं। श्रीकृष्ण दाइलाई मैले भुल्नै नसक्ने एउटा रमाइलो कुरा पनि छ। मैले जीवनमा पहिलो पटक बोकेको मोबाइल उहाँले नै मलाई उपहार दिनुभएको थियो। सिमकार्ड किन्दा नै पैसा सकिएपछि मोबाइल किन्न सकिएन, त्यति बेला मोबाइल अत्यन्तै महँगो पथ्र्यो। यो कुरा श्रीदाइले पनि थाहा पाउनुभएछ।

मलाई मोबाइल चाहिएको थाहा पाएर 'भाइ मसँग एउटा मोबाइल छ, लगेर चलाऊ' भन्नुभयो। त्यो बेलाको महँगो मोबाइल उपहार पाउँदा असाध्यै खुसी भएको थिएँ। मैले उक्त मोबाइल करिब दुई वर्ष बोकें। मलाई उपहार दिएकाले मात्र होइन, समग्रमा नै श्रीकृष्ण दाइ एउटा असल व्यक्ति हुनुहुन्थ्यो। पछिल्लो पटक चलचित्र 'कोहिनूर' को प्रचार-प्रसारका लागि 'जिरे खुर्सानी' श्रृंखलामा आउने कुरा गर्नुभएको थियो, तर बिडम्बना मैले उहाँलाई आफ्नो श्रृंखलामा अभिनय गराउन सकिनँ।



झरना थापा, नायिका


पहिलो पटक श्रीकृष्ण श्रेष्ठको निधनको खबर सुन्दा मैले पत्याउन सकिनँ। चलचित्र क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूले नै उहाँको निधन पुष्टि भएको बताएपछि म आइतबार दिनभरि झोक्राएर बसें। दिनभर आँखा रसाइरहे। थुप्रै चलचित्रमा उहाँको नायिकाका रूपमा अभिनय गर्ने अवसर पाएकाले मलाई उहाँको निधनको खबरले दुःखी बनायो। श्रीकृष्ण दाइसँग हाम्रो पारिवारिक सम्बन्ध थियो। मेरा श्रीमान् तथा निर्माता सुनिलकुमार थापा र श्रीकृष्ण नजिकका साथी हुनुहुन्थ्यो। उहाँसँग हाम्रो धेरै विषयमा सरसल्लाह भैरहन्थ्यो। म उहाँलाई दाइ भनेर सम्बोधन गर्थें। उहाँसँग मैले जति पनि चलचित्रमा काम गरें, ती चलचित्रका प्रायः सबै गीत लोकप्रिय भए। अहिले पनि टेलिभिजनमा ती गीत हेर्दा श्रीकृष्ण दाइको सम्झना आउँछ। उहाँको अनुहार, उहाँले मप्रति गर्ने आत्मीय व्यवहार सम्झना आउँछ। खासगरी उहाँले गर्ने केयर म कहिल्यै बिर्सन सक्दिनँ। पहिलो चलचित्र 'गोर्खाली' मार्फत हामी जोडी बनेका थियौं। त्यसपछि हाम्रो जोडीले अभिनय गरेका ए मेरो हजुर, हामी तीन भाइ, पाहुना, सुख-दुःख आदि चलचित्र दर्शकहरूले अत्यन्त मन पराउनुभयो। पछिल्लो समय श्रीकृष्ण दाइलाई लिएर 'ए मेरो हजुर' को सिक्वेल निर्माण गर्ने विषयमा छलफल गरिरहेका थियौं। श्रीकृष्ण दाइसँग स्वच्छ छवि तथा सबैप्रति समान व्यवहार गर्ने विशिष्ट शैली थियो। उहाँसँग काम गर्दा कहिल्यै कसैले असहज महसुस गर्नुपरेन।



सारंगा श्रेष्ठ, नायिका

श्रीकृष्ण श्रेष्ठलाई म धेरै कुराले सम्झन्छु। मेरो अभिनय करियरको थालनी गर्ने, अघि बढाउने तथा स्थायित्व दिने श्रेय नै श्रीकृष्ण श्रेष्ठलाई जान्छ। हामीबीचको डान्स-केमेस्ट्री उत्कृष्ट थियो भन्ने कुरा दर्शकहरूले नै अनुभव गरिसक्नुभएको छ। उहाँ एउटा असाध्यै राम्रो व्यक्ति हुनुहुन्छ (हुनुहुन्थ्यो भन्न मनले मानिरहेको छैन ?) उहाँको निधनको कुरालाई म यहाँ (अमेरिकामा) बसेर विश्वास गर्नै सकिरहेकी छैन। उहाँले जहिले पनि अरूका बारेमा बढी चिन्ता लिनुभयो, आफूलाई गाह्रो भए पनि अरूलाई गाह्रो नहोस् भन्ने उहाँको चाहना हुन्थ्यो। श्रीकृष्णको शरीर यति बेला जहाँ भए पनि उहाँसधैं मेरो मुटु र आत्मामा बसिरहनुहुनेछ।



विकास आचार्य, निर्देशक


श्रीकृष्ण श्रेष्ठ मेरा एकदमै नजिकका मित्र हुनुहुन्थ्यो। व्यवसायिक रूपमा मैले उहाँसँग 'राम बलराम' तथा 'कहाँ भेटिएला' मा मात्र काम गर्ने अवसर पाएँ। यी दुई चलचित्रका लागि काम गर्ने क्रममा नै मैले अनुभव गरिसकेको थिएँ, उहाँलाई नेपाली चलचित्रका बारेमा कति धेरै चिन्ता छ ? राम्रो, गुणस्तरीय चलचित्र मात्र बनाउनुपर्छ, त्यस्तो चलचित्र निर्माण गर्न सकियो भने मात्र नेपाली दर्शक सिनेमा हलसम्म आउँछन् भन्ने कुरा मैले उहाँबाटै सिकेको हुँ। उहाँ नेपाली चलचित्रलाई कसरी माथि उठाउन सकिन्छ भन्ने कुरामा चिन्तित रहनुहुन्थ्यो। श्रीकृष्ण अर्थात् जस्तो नाम, त्यस्तै स्वभावका व्यक्तित्वलाई गुमाउनुपर्दा आज मलाई असाध्यै दुःख लागिरहेको छ।



सुनीलकुमार थापा, निर्माता


श्रीकृष्ण श्रेष्ठसँग म २०५२ सालदेखि नै नजिक छु। मैले हालसम्म जति पनि चलचित्र बनाएँ, ती सबैमा श्रीकृष्ण श्रेष्ठ नै नायक हुनुहुन्थ्यो। उहाँका सफल चलचित्रको सूचीमा हामीले निमर्ाण गरेका चलचित्रको संख्या बढी छ। चलचित्र निर्माणका क्रममा श्रीकृष्ण श्रेष्ठसँग जुन रूपले म नजिकिएँ, सम्भवतः कुनै दाजुभाइ पनि त्यसरी नजिकिँदैनन्। हामीबीच असल साथीभन्दा पनि दाजुभाइको सम्बन्ध थियो। उहाँको संगतबाट मैले धेरै कुरा सिक्ने अवसर पाएको छु। चलचित्र निर्माणदेखि लिएर विषयवस्तुका बारेमा समेत उहाँलाई पर्याप्त ज्ञान थियो। व्यक्तिगत रूपमा पनि उहाँ असाध्यै असल व्यक्ति हुनुहुन्थ्यो।

आर्यन र सुर्दशनको देखावटी अंगालो !

No comments :

मिडिया सामुन्ने आएपछि यसरी मिल्यो गला

Newsfilmy
Aaryan Sigdel and Sudarshan Thapa
NFDC फिल्म अवार्डमा पुग्दा समय र परिस्थिती नै त्यस्तो बन्यो जव आर्यन सिग्देल र सुर्दशन थापा संगै बस्नु पर्‍यो  ।
कुनै समयका राम - लक्ष्मण  जस्ता यी निर्देशक र हिरोको सम्बन्ध यसरी बिग्रिएको छ कि तपाई अनुमान लगाउन पनि सक्नु हुन्न ।
आफ्नो साथीभाईहरु मध्येको सवै भन्दा नजिकको मित्र र फिल्म क्षेत्रबाट पनि सवै भन्दा नजिकको ब्यक्ति  सुर्दशन थापा भन्दै हिड्ने आर्यनको सम्बन्ध जव सुर्दशनसंग चिसियो तव यी दुवैले एक अर्कालाई स्वार्थी भन्न थाले ।
स्वार्थी को थियो वा को होला त्यो हामीलाई पनि थाहाँ छैन् तर उनीहरुले एक अर्कालाई स्वार्थी भन्न थालेपछि दुरी लामो भएको हो भन्नेहरु धेरै छन् । सुर्दशनको पहिलो फिल्म ‘मेरो एउटा साथी छ’  बाट स्टारको ट्याग पाएका आर्यनले त्यस अघि सुर्दशनकै निर्देशनमा बनेको सिरियल हाउसफुलबाट चर्चा बटुलेका थिए जुन चर्चाबाट उनले छविराज ओझाको फिल्म किस्मतबाट डेब्यू गर्ने मौका पाए ।
आज आर्यन सिग्देल छोटो समयमा स्टार घोषित भएका छन् तर करिअरमा प्लस पोईन्ट थपिदिने निर्देशकसंग उनको सम्बन्ध किन बिग्रियो हामी अचम्ममा छौ । बैशाख महिनामा भएको आर्यनको बिहेमा पनि सुर्दशन पुगेका थिएनन् । बिहेमा पुग्न नसकेका सुर्दशन आर्यनको विवाहको रिसेप्सन पार्टीमा पनि देखिएनन् ।
त्यस अघि मधुमास फिल्मबाट यी दुईको सम्बन्ध जोड्ने प्रयाश भएपनि फिल्म रिलिज संगै त्यो प्रयाश खेर गयो । सुर्दशनसंग आर्यनले मेरो लभस्टोरी र के यो माया होमा पनि काम गरे तर मधुमास अघिको फिल्म धन्दामा अर्पण थापालाई लिएर काम गरेपछि सुर्दशनसंग आर्यन चिडिन पुगेको बुझिन्छ ।
बुझिए अनुसार धन्दामा आर्यनलाई काम गर्ने मन थियो तर फिल्मको क्यारेक्टरले आर्यनलाई सपोर्ट नगर्ने भन्दै सुर्दशनले अर्पण थापालाई लिएर फिल्म बनाएपछि यी दुईको सम्बन्ध बिग्रनुको मुख्य कारण मानिन्छ ।
यध्यपी  सम्बन्ध बिग्रिएपनि  शनिबार NFDC फिल्म  अवार्डमा आर्यनले  महशुस फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेसंगै यी दुईले   देखवाटी हग गरेका थिए । जुन दृश्यलाई न्यूज फिल्मीले एक्सक्लुसिभ रुपमा कैद गरेको छ ।
नोट :  आर्यनसंग सम्बन्ध बिग्रिएकै कारण सुर्दशनले बनाउन लागेको नयाँ फिल्ममा बिर्खे सुवास थापा अनुबन्ध भएका पनि छन् । यदि सम्बन्ध पुरानै हुन्थ्यो  भने सुवाससँग  एग्रिमेन्ट गर्दैनन् थिए सुर्दशनले ।

दशैं गीत नगाउने गायिका अन्जु पन्तले मुख खोलिन्

No comments :
anju-panta
२० भदाै, काठमाडौ । गायिका अन्जु पन्तले आफ्ना लागि सबै धर्म बराबर भएको भन्दै कसैको धार्मिक आस्थामा चोट पुर्‍याउने लक्ष्य नभएको बताएकी छिन् । सहदेब कोईरालाको शब्द र संगीत रहेको गीतमा अन्जुले ‘हिन्दु’ भन्ने शब्द भएको कारण गाउन नमानेको भन्ने कुरा गीतकार कोईरालाले सार्वजनिक गरेका थिए ।
अन्जुले हिन्दु भन्ने शब्द भएकै कारण गीत गाउन नमानेको कुरा सार्वजनिक भएपछि उनका प्रसंसकहरुले रिसाउदै बहिस्कार गर्नुपर्ने सम्मको कुरा गरेका छन् । तर, गायिका पन्तले कुनै पनि धर्मलाई होच्याउने काम आफुवाट नभएको भन्दै धर्मसंग जोडेर आफ्नो वारेमा सार्वजनिक भएको समाचारले आफु दुखी भएको बताएकी छिन् ।
अन्जु पन्तले सामाजिक सञ्जालमा राखेको चिठ्ठी
अन्जु पन्तले सामाजिक सञ्जालमा राखेको चिठ्ठी
साथै उनले नजिकिदो चाड खुसीसाथ मनाउन पनि आग्रह गरेकी छिन् । आफ्नै हस्ताक्षरमा समाजिक सञ्जाल मार्फत विज्ञप्ती जारी गर्दै अन्जुले भनेकि छिन् ‘म तपाईहरुकै गायिका अन्जु पन्त कुनै पनि धर्मलाई होच्याउने र घृणा गर्ने काम हिजोका दिनमा पनि भएको थिएन, आजको दिनमा पनि भएको छैन र भोलीको दिनमा पनि हुने छैन ।’
साथै उनले सबै धर्मालम्बिहरुमा नजिकिंदै गरेको आफ्नो चाड पर्व सरल र सभ्य किसिमले मनाउन् भन्दै शुभकामना दिएकी छिन् ।

रमेशको अंगालोमा करिश्मा,रीस्ता र सुष्मा पनि के कम-फोटो फिचरसहित

No comments :
OnlineKhabar 

IMG_3805शनिबार आयोजना हुन लागेको ‘दोश्रो एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’को यतिबेला धमाधम तयारी भैरहेको छ । मंगलबार अनलाइनखबरको क्यामेरा गोपिकृष्ण कम्प्लेक्स पुग्दा नेपाली सिनेमाका कलाकारहरु नृत्य गर्दै थिए ।
कार्यक्रमलाई भव्य र सव्य बनाउन आयोजकले हरेक तयारीलाई अगाडि बढाएको छ । नायक रमेश उप्रेती ८ बर्षपछि नेपाली स्टेजमा नृत्य गर्न पाउँदा जती खुशी देखिएका थिए नायिका करिश्मा मानन्धर पनि उनीसँग स्टेज बाड्न पाउँदा दंग देखिन्थिन् ।
२० वटा विधामा वितरण गर्न लागिएको पुरस्कारका लागि कलाकर्मीहरु भिडन्त गर्दैछन् । यसपटक नायक श्रीकृष्ण श्रेष्ठलाई विशेष श्रद्धाञ्जली दिदै उनका गीतमा कलाकारले नृत्य गर्नेछन् । कलाकारहरु रिस्ता बस्नेत, सुष्मा कार्की, एनी कुँवर, केकी अधिकारी, निता पोख्रेल, पवित्रा आचार्यले नायक दिलिप रायमाझीको जोडी भएर नाँच्नेछन् ।
उत्कृष्ट निर्देशकले १ लाख पुरस्कार पाउँने यो अवार्डका अन्य विधाका विजेताले ५१ हजार नगद पुरस्कारसँग ट्रफी उचाल्नेछन् । IMG_3864 IMG_3887
रेमनदास श्रेष्ठ र नम्रता श्रेष्ठ, संयम पुरी र विल्सन विक्रम राइले कार्यक्रम संचालन गर्नेछन् । यसपटक बलिउडका चर्चित कलाकारहरु आउने चर्चा चलेपनि आयोजकले यसलाई नकारेको छ । यसपटक श्रृलङ्काबाट निर्माता, निर्देशक, कलाकारहरु आउने बताइएको छ ।
गतबर्ष लामो कार्यक्रमका कारण केही बोरिङ महशुश गरेका कलाकार तथा अतिथीहरुले यसपटक ‘एनएफडीसी फिल्म अवार्ड’मा यस्तो नहुने अपेक्षा गरेका छन् ।
काठमाण्डौको आर्मी अफिसर्स क्लबमा यो अवार्ड शनिबार ३ बजेपछि सुरु हुनेछ ।

करिश्मा र सुष्माको ट्याटु देखाउने आ-आफ्नै तरिका

No comments :
Onlinekhabar
पहिरनका बिषयमा नायिका करिश्मा मानन्धरलाई अन्य नायिकाले सायदै टक्कर देलान् । चालिस बर्ष कटिसक्दा पनि करिश्माको सुन्दरतामा कुनै कमी आएको छैन । सार्वजनिक कार्यक्रममा झनै उनी पहिरनको बिषयमा सर्वाधिक सजग हुन्छिन् ।
आइतबार आयोजना गरिएको नेफ्टा अवार्डको ब्रान्ड घोषणा कार्यक्रममा करिश्माको यस्तै सुन्दरता देखियो । करिश्मा विशेषगरी सुन्दरतासँगै छात्तीमा खोपिएको ट्याटुले पनि विभिन्न समयमा चर्चामा आउँछिन् । यो कार्यक्रममा पनि वन पिस पहिरनमा पुगेकी करिश्माले ट्याटु देखाउन कसर छोडिनन् ।
यता, ट्याटुकै कारणले चर्चामा रहने नायिका सुष्मा कार्की पनि कार्यक्रममा देखिइन् । तर उनको ट्याटु देखाई भने करिश्माको भन्दा भिन्न थियो । पछिल्ला केही दिनयता सुष्मा हट बन्न हिचकिचाउँदिनन् । सायदै, उनको रुप यहाँ पनि देखियो । सुष्माले लगाएको वन पिस रातो पहिरन पछिल्लो भागमा मात्र होइन, अघिल्लो भागमा पनि खुबै खुलेको थियो । susma-karki-hot-tatyo
जसका कारण, पारदर्शी पहिरनमा उनको छाती छेउँमै खोपिएको ट्याटु क्यामेरामा सहजै कैद भयो । सायद सुष्मा पनि यही नै चाहन्थिन् होला । निक्कै खुलेको पहिरनले उनको जवानीलाई छरपष्ट पारिदियो । सुष्माका लागि हिजोआज खुलेको पहिरन लगाउनु अर्को एक फेशन नै बनेको छ ।
आफ्नो छातीमा खोपिएको ट्याटु देखाउने दुई नायिकाको तरिका पनि आफैमा भिन्न भिन्न खालको थियो ।

खयरमाराको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।


सुष्मा भन्छिन् -’मेरो घरमा विकिनीको भण्डार छ’

No comments :

नायिका सुष्मा कार्कीको नाम जब आउँछ, उनको हट अवतार पनि जोडिन्छ । चलचित्रमा आइटम गीतमा उत्तेजक नृत्य गर्न माहिर सुष्मा अहिले विकिनी फोटोसुटका कारण एकाएक चर्चामा छन् । हालै मात्र अनलाइनखबरका लागि उनले विकिनी पहिरनमा फोटोसुट गरेकी छिन् । आखिर, विकिनीमा सुष्मा कार्कीको मोह के हो त ? विकिनीमा तपाइको आकर्षण किन हो ? मलाई विकिनी एकदमै मनपर्छ । अब स्विमिङ पुल जाँदा जसले पनि विकिनी लगाउँछ, मैले लगाउनै नहुने भन्ने त होइन नि । तपाइले विकिनी लगाउने कारण के हो त ? मलाई मेरो फिगर असाध्यै मनपर्छ । फिगर विकिनी लगाउने खालको भएर नै मैले लगाएकी हुँ । तपाइको जन्मदिनमा पनि उपहार त धेरै विकिनी आउँछ रे हो ? हो मलाई अधिकांश साथीहरुले विकिनी उपहार दिनुहुन्छ । मेरो घरमा त कलेक्शन नै भैसक्यो विकिनीको । कलेक्शन त भन्नुभयो, कती जम्मा गर्नुभएको छ अहिलेसम्म ? मसँग ४० पिस भन्दा बढि विकिनी भैसक्यो होला । मसँग भिक्टोरिया ब्रान्डको विकिनी धेरै छ । कस्तो बेलामा तपाई विकिनी प्रयोग गर्नुहुन्छ ? म विशेषगरी स्विमिङमा जाँदा यसको प्रयोग गर्छु । विदेशमा कार्यक्रमको सिलसिलामा जाँदा पनि विकिनी लगाएर समुन्द्रमा मस्ती गर्न रमाइलो लाग्छ । फिगर त राम्रो छ भन्नुभयो, कुन अंग आकर्षक लाग्छ त ? मलाई मेरो छाती आकर्षक लाग्छ । छाती माथि खोपेको सूर्य अंकित ट्याटुले झनै आकर्षण थपेको धेरैले भन्नुहुन्छ । तपाई प्रेमी निरनसँग टाढा भएपछि अझ खुल्ला हुनुभयो पनि भनिन्छ नि ? म अहिले खुल्ला पन्छी हुँ । आफूले चाहेको अनुसार उड्न सक्छु । त्यो एउटा विगत थियो, अब मलाई संझिनु नै छैन । टपलेसको बिषयमा के सोच्नु भएको छ ? टपलेसका बारेमा मैले अहिले नै सोचेको छैन । पहिलो पटक विकिनी लगाएर हिडेको याद छ ? मैले ८ बर्ष अगाडि विकिनी लगाएको थिए । यसपछि निरन्तर विकिनी लगाइरहेको छु । म विकिनीको सौखिन नै हुँ ।

रेखा र निखिल सँगै फिल्म खेल्ने

No comments :

काठमाडौ । फिल्म प्रदर्शनको तिथी नजिकिंदै गर्दा अभिनेत्री रेखा थापा चर्चामा आउन विभिन्न हथकण्डा अपनाउन थालेकी छिन् । हिम्मतवाली सुटिङ भएको एक सातामै श्याम भट्टराईलाई निर्देशकवाट निकालेकी रेखाले फेरि अर्को कार्ड फ्याँकेकी छिन् । एक दशकसम्म बोलचाल नभएका नायक निखिल उप्रेतीलार्इ उनले अाफ्नै निवासमा बोलाएर भेटिन् । सो भेटपछि रेखा र निखिल सँगैसँगै फिल्म खेल्ने खबर बाहिर अाएका छन, जसका कारणा फिल्मी बजार तातेको छ । फिल्म खेल्ने विषयमा मन मुटाब भएकै कारण रेखा र निखिलविच बोलचाल बन्द भएको थियो । एक दशकसम्म उनीहरुविच केबल बोलचाल मात्र बन्द भएन, एक अर्का बिरुद्ध खरो प्रहार पनि गरे । अहिले तिनै नायक-नायिका एउटै फिल्ममा काम गर्ने तयारीमा छन भन्ने सुन्दा अनाैठो लाग्नु स्वभाविक हो । सँगै काम गरौं भन्दै निखिलले प्रस्ताब लिएर अाएको रेखाको दावी छ । दोस्रो बिहेपछि लामो समय मुम्बइ बसेर फर्किएका निखिल यतिबेला नेपाली सिने क्षेत्रमा पुनरागमनको तयारीमा छन् । लामो समय मुम्बइ बसेर भारतीय सिने उद्योगमा छिर्ने कोसिस गरे पनि उनलाई सफलता हात लाग्न सकेन् ।

करिश्माको सौन्दर्यमा लोभिए अनुपम खेर

No comments :

काठमाण्डौ । करिश्मा मानन्धर मात्रै त्यस्ती भाग्यमानी कलाकार हुन्, जसको सौन्दर्य चर्चा आजसम्म उत्तिकै हुन्छ । स्व. प्रकाश थापा निर्देशित चलचित्र ‘सन्तान’ काम काम गर्दा उनको सौन्दर्यको तारिफ जसरि हुने गरेको थियो आज त्यसको मात्रा झनै बढेर गएको छ । नेपाली कलाकर्मी र दर्शक मात्रै होईन भारतीय कलाकारले समेत उनको सौन्दर्यको प्रसंसा गरिदिएपछि नेपाली प्रशंसकहरुलाई लागेको छ ‘हामीले गरेको मूल्याङकन सही रहेछ ।’ नेपाल भ्रमणमा आएका बलिउड अभिनेता अनुपम खेरसँग मुम्बई फर्किनु केही घण्टा अघि मात्रै करिश्माको भेट भयो । अनुपमकै जीवनीमा आधारित ‘नाटक कुछ भी हो सकता है’ हेर्न आर्मी अफिसर्स क्लब पुगेकी करिष्माले नाटक हेरिसकेपछि अनुपमसँग चिनाजानी गरिन् । त्यसो त सामाजिक सञ्जालमा पनि उनले अनुपमको प्रसंसामा केही शब्द खर्च गरिसकेकी थिईन् । नेपालकी जल्दीबल्दी हिरोईनले आफ्नो नाटक हेरेर भावुक भएको बुझेका अनुपमले करिश्माको शीरदेखि पाउसम्म नियालेनन् मात्रै ‘तपाईमा सौन्दर्यको खानी रहेछ’ भन्ने आशयको प्रतिक्रिया दिए ।

तेरिया जिटिभीसँग तीन वर्ष अनुबन्ध

No comments :

तेरियालाई जिटिभीले तीन वर्षका लागि अनुबन्धित गरेको छ । 'तीन वर्षका लागि जिटिभीकै कार्यक्रमहरुमा सहभागी हुनुपर्ने संझौता गरिएको छ,' आमा अनिताल भनिन् 'तेरियाको भविष्यलाई हेर्दे भारतमै पढाउने कि भन्ने विचार गर्दैछौं ।' जिटिभीले उसका प्रोमासनल कार्यक्रम, टिभी एडका साथै विविध कार्यक्रममा सहभागी बन्न तेरियालाई अनुबन्ध गरेको हो । उनले डिआइडी लिटिल मास्टरको फाइनलमा एडमा खेल्ने अवसर पाइसकेकी छिन् । नेपाल आएपछि विविध कार्यक्रममा सहभागी भएपनि जिटिभीको अनुमति चाहिने भएकाले नाच्न पाएकी छैनन् । 'कही नचाउनुपर्ने भए जिटिभीलाई केही बजेट तिर्नुपर्ने हुन्छ,' आमा अनिताले जानकारी दिईन । आजको नागरिक दैनिकको जुनकिरीमा यो समाचार छ ।

दुर्घटना : निरु खड्का, हास्यकलाकार

No comments :

घटना 'जुनकिरीको संगीत' टेलिसिरियल छायांकनताकाको हो। त्यसमा म बाहुनी युवतीको भूमिकामा थिएँ, जो दलित केटाको प्रेममा परेकी हुन्छे। ललितपुरको कुनै दलित बस्तीमा छायांकन भैरहेको थियो। त्यसका लागि मैले भीरबाट हाम फाल्नुपर्ने दृश्य थियो। १० वर्षअघिको कुरा हो यो। हाम फाल्नुपर्ने कुराले म भित्रभित्रै डराएकी थिएँ। नयाँ कलाकार भएकाले पनि कुनै 'आइडिया' फुरिरहेको थिएन। 'कसरी हाम फाल्ने ?' भनेर निर्देशक केपी पाठकसँग सोधें। यत्तिकैमा मेकअप आर्टिस्ट रवि केसीले अघि सर्दै भन्नुभयो- 'यो त सजिलै छ नि निरु, यसरी हाम फाल्नुपर्छ।' उहाँ मलाई सिकाउन भीरबाट हाम फाल्नुभयो। दुर्भाग्यवस उहाँ नराम्रोसँग पछारिनुभयो र खुट्टा 'फ्याक्चर' भयो। सुटिङ रोकियो। उहाँलाई अस्पताल लगियो। सबैजना अस्पतालमा भेट्न गए तर, म जान सकिन। आफ्नै कारणले उहाँले त्यस्तो दुर्दशा भोग्नुपरेकोमा मलाई ग्लानी महसुस भयो। मैले केटालाई हाम्रो प्रेम र समाजको चिन्तनका सम्बन्धमा केही कुरा सम्झाउनु पर्ने दृश्य थियो। त्यसका लागि करिब एक पानाको डायलग थियो। मैले एक सयभन्दा बढी टेक लिँदा पनि उक्त दृश्य दिन सकिन्। निर्देशकले मलाई अर्को दिन गर्ने भन्दै सुटिङ रोकिदिनुभयो। मेरा कारण एक दिनको सुटिङ रोकियो, धेरै लगानी खेर गयो। सोही दिन उक्त दृश्य रोकी अर्को दृश्य दिनुपर्ने भयो। थाहा छैन, पछि के कारणले हो उक्त सिरियल प्रसारण हुन सकेन। यो घटना अहिले पनि सुटिङमा जाँदा मनमा आइरहन्छ। अनि आफ्ना कारणले भएको दु:खद घटनाप्रति पश्चाताप हुन्छ। सोच्छु अब यस्तो गल्ती सकेसम्म दोहोर्‍याउनु नपरोस्।

हमाललाई हेलिकप्टर निम्तो

No comments :

विवाहकै लागि हेलिकप्टर चार्टर गरेर नायक राजेश हमाललाई सर्लाही बबरगन्जस्थित गाउँ पुर्‍याएपछि हेयरस्टाइलिस्ट सुरेन्द्र ठाकुर एकाएक चर्चामा आए। काठमाडौंका दुई स्थानमा आकर्षक सैलुन खोलेर सेवाप्रदान गर्दै आएका २८ वर्षीय युवा ठाकुरले नायक राजेश हमाललाई आफ्नो विवाहमा बोलाएर स्थानीयवासीमाझ मात्र नभै मुलुकभर आफूलाई परिचित गराए। आफ्नो विवाहमा राजेश हमाललाई निम्त्याउने लामो समयदेखिको सपना साकार पार्न सुरेन्द्र हेलिकप्टरको व्यवस्था गर्नसमेत पछि परेनन्। धेरैलाई लहड लागे पनि सुरेन्द्र भने आफ्नो अभिभावक सम्झिएर राजेशलाई निमन्त्रणा गरेको बताउँछन्। ३ 'ह' अर्थात् हमाल, हेलिकप्टर र हल्ला यो साता नेपाली चलचित्रमा चर्चाको विषय बने। केही नेपाली चलचित्रकर्मीको विवाह जस्तै एक हेयर स्टायलिस्टको विवाहको खबरले पनि यो साता मिडियामा केही स्थान पायो। असार २० गते शुक्रबार बिहान करिब ११:२० बजे अभिनेता राजेश हमाल एयर डाइनेस्टीको हेलिकप्टरबाट नाई सुरेन्द्र ठाकुरको विवाहका लागि सर्लाहीको बबरगंजतर्फ उडे। ६ सिट क्षमताको उक्त हेलिकप्टरमा सवार हमालका लागि यो यात्रा नौलो नभए पनि सोही हेलिकप्टरमा सवार अरूका लागि भने नौलो थियो। सायद त्यही भएर पनि होला, हेलिकप्टरले भुइँ छोड्दा चसक्क भएको मन केहीबेरको आनन्दित यात्रासँगै पुन: बल्झियो जब अभिनेता हमालले भने, 'फर्किनु पर्ला जस्तो छ।' हेलिकप्टरको रुट र मौसमसँग पूर्ण जानकारीको अभाव भएरै होला उडेको केहीबेरपछिको सिमसिमे पानी र डाँडाको वरपर मडारिएका बादलसँग भएको हेलिकप्टरको लुकामारीका कारण हामी सञ्चारकर्मी मात्र होइन हमालको अनुहारको चमक पनि केही खस्किएको थियो। डर कसलाई लाग्दैन र ? हामीभन्दा कैयौं बढी उडान गरेका क्याप्टेन सुरज थापाले पनि डाँडामाथिको त्यो कालोबादल छेड्ने आँट गरेनन् र जंगलमा भौतारिएको यात्रीझै अनेकौं गौंडाहरूबाट वैकल्पिक बाटो रोज्दासमेत सुरक्षित महसुस नभएपछि आकाशको चरोले रूखको हांगामा खुट्टा अड्याएझैं क्याप्टेन थापाले हेलिकप्टरलाई एउटा खोलाको किनारमा देखिएको फुटबल चौरमा अड्याए। शायद पहिलो पटक यस्तो हेलिकप्टरले यसरी उक्त चौरमा खुट्टो अड्डयाएको देखेर गाउँ वरपरका दर्जनौं महिला/पुरुष र बालबालिका हेलिकप्टरतर्फ झुम्मिए। अघिल्लो सिटमा रहेका अभिनेता हमाललाई अभिवादन गर्दै नजिकिएका गाउँलेहरूबाट थाहा भयो कि त्यो ठाउँ सिन्धुलीको क्यानेश्वर गाउँ विकास समिति रहेछ। नेपाली चलचित्रका मात्र होइन अभिनेता राजेशका पनि असली फ्यान थिए ती स्थानीयबासी, तिनैसँगको केहीबेरको अन्तरक्रियापछि क्याप्टेनले पुन: एकपटक आकाशमा अघि बढ्ने प्रयास गरे। आकाशका अनेकौं घुम्ती यसरी घुमेको पहिलो अनुभवसँगै निकैबेरपछि जब जमिनमा बागमती सिँचाइ आयोजनाको बाँधस्थल आँखाले ठम्यायो तब आफूलाई सुरक्षित मात्र मानिएन गन्तव्यमा पुग्ने विश्वास पनि बढेर गयो। यात्राका क्रममा हामी जति त्रसित थियौं त्योभन्दा बढी त्रासदी विवाह घरमा भैसकेको रहेछ, किनभने ११:२० मा उड्यौं भनी फोनमा आएको खबर ३५ मिनेटको हवाई यात्राका लागि, आखिर किन यति समय लाग्यो कतै....। उक्त शंका गलत निस्कियो जब बबरगंजको आकाशमा हेलिकप्टर ल्यान्ड गरी हामी सबै दुलहा सुरेन्द्र रहेको ठाउँमा पुग्यौं र जसरी अभिनेता हमालको सम्मानमा फूलका माला र तालिका पर्रा छुट्टे त्यससँगै दुलहा सुरेन्द्रको मुहार पनि उज्यालो देखियो। प्राय: सबै ठाउँमा जस्तै हमालले त्यहाँ रहेको माइक समाते र भने कस्तो छ तपाईंहरूलाई ? सञ्चै हुनुहुन्छ ? तालि र हुटिङसँगै टाउको हल्लाएर हमालको प्रश्नको उत्तर दिएका बबरगंजबासीसँगको करिब ५० मिनेटको बसाइपछि हामी पुन: काठमाडौंका लागि उड्यौं आकाशमा उडेको करिब १५ मिनेटपछि फेरि थाहा भयो त्यो आकाशमा मडारिएको कालोबादलले फेरि हाम्रो बाटो छेकिसकेको रहेछ उक्त बादल छिचोल्ने अनेकौं प्रयास बिफल भएपश्चात क्याप्टेनले मकवानपुरको शिखरपुरमा एउटा फुटबल चौर देखेपछि फेरि हेलिकप्टर त्यही अड्याइदिए। झन्डै २ वर्षअघि अग्नि एयरको विमान दुर्घटना भएको नजिकको स्थान भएर होला स्थानीयबासीले हस्याङ-फस्याङ गर्दै हेलिकप्टरको घेरा हाले। अँध्यारो अनुहार लगाएर हेलिकप्टरतर्फ अघि बढेका स्थानीयबासीले जब राजेश हमाललाई देखे तब आश्चर्यमा मात्र परेनन् उनकै तस्बिर खिच्न धमाधम मोबाइल फोनका क्यामरा अन गरे। बिहान खाएको खाना एवं विवाहको भोजमा खाएको फलफूल र २ टुक्रा मिठाईले शायद सबैको पेटबाट ठाउँ छोडिसकेको थियो। त्यही भएर पनि हेलिकप्टर जमिनमा अडिनासाथ नजिक आएका गाउँलेहरूसँग सबैले एकै स्वरमा सोध्यौं केही खान पाइँदैन यहाँ ? गाउँ अलिकति पर छ ? खानका लागि हरियो मकै नै आँखा अगाडि आयो र गाउँलेले केहीबेरमै पोलेर ल्याउने तयारी गरे। झन्डै-झन्डै आधा घन्टा नाघी सक्दासमेत मकै नआएपछि साह्रै भोकाए छन् क्यारे हमाल पनि चुलोसम्मै पुगेर मकै पोलेको गतिविधि नियाली ढिलो हुने बुझेर सबै हेलिकप्टरतर्फ लाग्यांै। करिब-करिब आशामारिसकेको पोलेको मकै हेलिकप्टर उडाउने तयारी गर्नै लाग्दा आइपुग्यो र त्यहीबेला मकै हेर्दा मनमनै लाग्यो नखाउ भने दिनभरिको सिकार खाउ भने....। मकैको अवस्था हेर्दा लाग्थ्यो २५ प्रतिशत पोलिएको मकै बाँकी काँचै थियो तर पनि लाग्यो 'भोजनभन्दा भोकै मीठो'। हामीले सुन्दै अनि देख्दै आएका थियौं हमाल सुटिङकै सेटमा पनि बेग्लै खाना खान्थे र अरूभन्दा छुट्टै बसेर खान्थे तर आजका हमाल भने फरक थिए, हामीले त मकै हातैले छोडाएर खायौं हमालका दाँत पनि बलियै रहेछन्, मकै छोडाउन उनले हातको सहारा लिएनन बरु दाँतैले मकैको घोघा थोते बनाए। त्यहीबीच गाउँलेहरूले करिब १० वटा जति लोकल कुखुराको अण्डा पनि उसिनेर ल्याइदिए तर क्याप्टेनले मौसम खुले जस्तो छ भने पछि भोक सहेरै भए पनि हामी उडानतर्फ लाग्यौं। फेरि पनि दुर्भाग्य नै भनौं मौसमले साथ दिएन र फेरि पनि आकाशमै अनेकौं बाटाहरू खोज्ने प्रयास क्याप्टेनले गरिरहँदा काठमाडौंको दूरी निकै लामो हुँदै थियो। जसोतसो क्याप्टेनले हेलिकप्टरबाटै भए पनि काठमाडौंको कंक्रिट बस्ती देखाए। त्यतिबेला हामी झन्डै-झन्डै फर्पिङ नजिक पुगिसकेका रहेछौं, अब काठमाडौं उत्रने पक्का भएपछि हमालले पनि भोक सम्झिए छन् क्यार। अघि हेलिकप्टरको अगाडि राखिएको अण्डामध्येबाट एउटा अण्डा निकाली पछाडि दिँदै खाने भनी इशारा गरे विचारा हमाल कसरी थाहा पाउन उनले जसलाई इशारा गरे उनी साकाहारी हुन् भन्ने कुरा ! नखाने भनी मुन्टो हलाइए पछि राजेशले बुझे पछाडि बसेका कसैले नखाने रहेछन्। त्यसपछि त हामीले मात्र होइन हमालका सहायक दीपेन्द्र महतोले पनि अण्डा खाने आशा मार्नुपर्‍यो। यिनै केही त्रासदी र रमाइलो अनुभवसँगै अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएका मात्र के थियो हमालले भने १ घन्टाका लागि हेलिकप्टर बुक गरिएको भए पनि आज १५ लाखबराबरको हेलिकप्टर चढियो होला। हमालको बोली भुइँमा खस्न नपाउँदै एकजना अनलाइन पत्रकार साथीले फोन गरेर यात्राका बारेमा जिज्ञासा राख्दा यिनै कुरा भन्न मात्र के भ्याएका थिए केहीबेरमै समाचारको हेडलाइन बनेछ- १५ लाखको हेलिकप्टर चढेर हमाल सर्लाही पुगे। त्यतिमात्र होइन खराब मौसमका बीच क्याप्टेनले जबर्जस्ती नै भए पनि मकवानपुर पुर्‍याएको भन्दा पत्रकार मित्रले के सुने कुन्नी हमाललाई जबरजस्ती मकवानपुर लगियो भनेर त्यसैलाई समाचारमा समेत उल्लेख गरे। न्युज ब्रेक गर्ने ट्रेन्ड चलिरहेका बेला सोही अनलाइनको समाचारलाई तोडमोड गरी लाइभ रिपोर्टिङझै बनाउन खोज्दा अन्य केही अनलाइनले समेत हमालको यो यात्राका मनगढन्ते कुरा लेखिरहे अनि मैले जान्दै नजानेको एउटा अनलाइनमा त समाचारै आयो प्रदीप निरौलाले यसो भने भनेर। यसरी हमालको यात्राका अफवाहहरू फैलिरहँदा यो चर्चामा मिसिएर राम ठाकुर पनि आइपुगे अनि उनले समेत भनिदिए हमालको निजी ठाकुर त म हो सुरेन्द्र होइन। राम पनि हमालकै नाई हुन तर के हमालको केशमा आजसम्म रामले मात्रै कैंची चलाएका छन् ? प्रदीप निरौला (लेखक सञ्चारकर्मी तथा म्युजिक भिडियो निर्देशक हुन्) हमाललाई हेलिकप्टर निम्तो विवाहकै लागि हेलिकप्टर चार्टर गरेर राजेश हमाललाई सर्लाही बबरगन्जस्थित गाउँ पुर्‍याएपछि हेयरस्टाइलिस्ट सुरेन्द्र ठाकुर एकाएक चर्चामा आए। काठमाडौंका दुई स्थानमा आकर्षक सैलुन खोलेर सेवाप्रदान गर्दै आएका २८ वर्षीय युवा ठाकुरले राजेश हमाललाई आफ्नो विवाहमा बोलाएर स्थानीयवासीमाझ मात्र नभै मुलुकभर आफूलाई परिचित गराए। आफ्नो विवाहमा राजेश हमाललाई निम्त्याउने लामो समयदेखिको सपना साकार पार्न सुरेन्द्र हेलिकप्टरको व्यवस्था गर्नसमेत पछि परेनन्। धेरैलाई लहड लागे पनि सुरेन्द्र भने आफ्नो अभिभावक सम्झिएर राजेशलाई निमन्त्रणा गरेको बताउँछन्। पछिल्ला केही वर्षयता नायक हमालसँगको सम्बन्धले पनि उनलाई विवाहमा हमालको उपस्थिति अपरिहार्य लागेको हो, सुरेन्द्रले भने- 'राजेश दाइको हेयरकटका निम्ति म धेरै पटक उहाँको घरमै पनि पुगेको छु, उहाँ सबैले मन पराउने हिरो त हो नै, मेरो अभिभावक पनि हुनुहुन्छ, त्यसैले मैले विवाहमा जसरी भए पनि उहाँको उपस्थिति आवश्यक सम्झिएँ।' त्यसो त हमाल पनि सुरेन्द्रकोे शिल्पबाट प्रभावित थिए, सुरेन्द्रले हेलिकप्टरको व्यवस्था गर्ने कुरा सुनाएपछि अरू सेड्युअल एकातिर सार्दै हमाल बबरगन्ज जान तयार भए। सुरेन्द्रलाई आशीर्वाद दिने क्रममा हमालको खुसी प्रस्ट झल्किन्थ्यो। धेरैले राजेश हमाल हेलिकप्टर बुक गरेपछि विवाहमा जान तयार भएको कुरा बुझिरहेका बेला हमालले भने सुरेन्द्रसँगको आत्मीय सम्बन्धका कारण उनको विवाहमा सरिक भएको बताएका छन्। केही समयअघि हमालको विवाहमा सञ्चारकर्मीहरूलाई समेत रोक लगाइएका बेला सुरेन्द्र बेरोकतोक विवाहस्थलमा आवतजावत गरिरहेका देखिन्थे। विवाहकै दिन पनि हमालको हेयरकट र अन्य सेवा प्रदान गरेका सुरेन्द्रले भने- 'म अत्यन्तै खुसी छु, मैले राजेश दाइलाई विवाहमा सरिक गराउन चाहेको थिए, मेरो सपना पूरा भएको छ।' सिभिलमल तथा कुमारीपाटीमा सुपरकट सैलुन सञ्चालन गर्दै आएका हेयरस्टाइलिस्ट सुरेन्द्रले आफ्नो विवाहमा सर्लाही जान हेलिकप्टरको व्यवस्था गरेको कुरा सुनाउँदा धेरैलाई आश्चर्य पनि लागेको थियो। एउटा जर्बजस्त फ्यान वा नायक हमालसँग नजिकको सम्बन्ध भएको व्यक्तिले आफ्नो विवाहका लागि हेलिकप्टर नै चार्टर गर्नु त्यति आश्चर्यको कुरा भने होइन, तर नेपालमा यस प्रकारले कसैले विवाहकै लागि चर्चित सेलिब्रेटीलाई बोलाएको कुरा भने नौलो थियो। धेरैले अचम्म मान्नुपर्ने कुराचाहिँ हेलिकप्टर चार्टर गर्न महंगो हुनुनै थियो। हेयरस्टाइलिस्ट सुरेन्द्रले १ लाख ६० हजार रुपैयाँ खर्चिएर भए पनि महानायकलाई आफ्नो विवाहमा सरिक गराउन उपयुक्त माने। त्यहाँ राजेश हमालको स्टारडमले पनि काम गरेको थियो। फ्यानभन्दा पनि अभिभावक मानेर सुरेन्द्रले हमाललाई निम्त्याएको विवाहस्थलमा उपस्थित सबैले देखे। विवाहस्थलमा राजेशलाई पटक पटक ढोग्दै सुरेन्द्रले आशीर्वाद लिए। विगत १० वर्षदेखि काठमाडौंमा हेयर डिजाइन एवं कटिङको पेसा अपनाउँदै आएका युवा हुन्, सुरेन्द्र ठाकुर। धन भएर भन्दा मन भएर हेलिकप्टर खर्च गरेको सुरेन्द्र बताउँछन्। त्यसो त पछिल्ला केही वर्ष यता दुईवटै स्थानको व्यवसाय रामै्र भएकाले पनि विवाहमा मन खोलेर खर्च गरेको उनी निर्धक्क बताइरहेका थिए। सुरेन्द्रको विवाहमा हमाललाई देखेर स्थानियवासी पनि दंग थिए। राजेश हमालसँग तस्बिर खिचाउन चाहनेहरूको लावालस्कर बढ्दै गएपछि प्रहरीले रोक्नुपरेको थियो।

ईन्टरनेटमा लिक भयो श्रद्धा र आदित्यको यस्तो तस्बिर

No comments :

यो तस्बिर हेरेपछि तपाई पनि हैरान हुनुहुनेछ । ईन्टरनेटमा सनसनी मच्चाएको नायिका श्रद्धा कपुर र नायक आदित्य रोय कपुरको यो तस्बिरले तपाईलाई अचम्ममा पार्न सक्छ । दुई कलाकारको व्यक्तिगत तस्बिर ईन्टरनेटमा लिक भएको छ । दुई फरक-फरक स्थानका तस्बिरलाई जोडेर सामाजिक संजालमा तस्बिर पोष्ट गरिएको छ । तर हैरान हुने कुरा के छ भने, श्रद्धा र आदित्यको टिसर्ट एउटै छ । श्रद्धाले व्यायम गर्दै गरेको अवस्थाको तस्बिरमा उनले लगाएको टिसर्ट र आदित्यले लगाएको टिसर्ट एउटै छ । आखिर श्रद्धाको टिसर्ट कसरी आदित्यको शरीरमा पुग्यो, सबैभन्दा आश्चर्यलाग्दो बिषय यो हो । यी दुइ एकअर्काको प्रेममा रहेको चर्चा बलिउड बजारमा लामो समयदेखि चलिरहेको छ ।

यो फेसबुक पनि कमालकै छ!

No comments :

चेतनाथ आचार्य आफ्नो ल्यापटपमा फेसबुक खोल्नासाथ चन्चला नाम गरेकी केटीको अनुरोध देख्यो। उसलाई यसरी फेसबुकमा साथी बन्न दैनिक अनुरोध आउने गर्छन्। तर, ऊ जोकोहीलाई साथी बनाउँदैन। नेपालीले पठाएको अनुरोधलाई भने उसले छानबिन गरेर उचित लागेमा साथी बनाउने गर्छ। उसले चन्चलाको प्रोफाइलमा गएर हेर्‍यो। फेसबुकमा रहेका चन्चलाका साथीहरुलाई केलायो। तर कतैबाट पनि उसले चन्चलाका बारेम भेउ पाउन सकेन। अनि उसले चन्चलालाई अस्वीकार गर्‍यो। दुई हप्तापछि फेरि चन्चलाले फेसबुकमा एउटा सन्देश पठाई। सन्देशमा लेखिएको थियो 'म तपाईंको फ्यान हुँ। मैले तपाईंका सबै कथाहरु पढेकी छु। धेरै अगाडिदेखि तपाईंलाई भेट्न खोजेँ तर कुनै सम्पर्क सूत्र फेला पारिँन। बल्ल फेसबुकमा तपाईंलाई पत्ता लगाएर अनुरोध पठाएकी थिएँ। तर खै कुनै रेस्पोन्स पाइँन। तपाईंसँग जरुरी कुरा गर्नुछ। तपाईंलाई दुईवर्षदेखि म खोजिरहेकी छु। कृपया मेरो मित्रतालाई स्वीकार गरिदिनुहोला।' दोधार र दोमनको दोसाँधमै उसले चन्चलाको फेसबुकको मित्रतालाई स्वीकार गर्‍यो। तुरुन्तै चन्चला अनलाइन देखिई। अनि उसको सन्देश टुप्लुक्क देखा पर्‍यो 'मेरो अनुरोध स्वीकार गर्नु भएकोमा धन्यवाद।' अल्छी मान्दा मान्दै उसले चन्चलालाई लेख्यो 'तपाईंलाई पनि धन्यवाद।' बिहान अथवा बेलुकाको समयमा प्राय चन्चला अनलाइन देखिन्थी। अनि च्याट गर्न थालिहाल्थी। उसलाई फेसबुकमा च्याट गर्न त्यति जाँगर लाग्दैनथ्यो। व्यस्तता र कामको थकावटका बीचमा फेसबुकमा हुने बेतुकका कुराकानी, अनावश्यक लिङ्क, लाइकको अपेक्षामा राखिएका तस्बिर, क्याण्डीक्रस खेल्ने निम्तो, मनोरन्जक भिडियो, जन्मदिन र बिबाहको वार्षिकोत्सवका नोटिफिकेसन आदिले उसको तनाव बढ्ने गर्दथ्यो। तर पनि ऊ फेसबुकलाई पूरै बेवास्ता गर्न पनि सक्दैनथ्यो। पुराना साथीहरुसँग बिचारको आदानप्रदान, सन्चोबिसन्चो, सिर्जना र अनुभव लेनदेन, नयाँ गतिविधिको जानकारी लिने राम्रो माध्यम फेसबुक नै थियो। फेसबुकले दिएको दैनिक झन्झटभित्र अब चन्चला थपिई। चन्चलाले गर्ने कुराहरु उसले लेखेका कथामा केन्द्रित हुन्थे। ऊ एउटा कथाकार हो। उसले दुईवर्ष अगाडि प्रकाशन गरेको कथा सङ्ग्रहले निकै चर्चा पाएको थियो। एकाध पुरस्कार पाउन पनि सफल भएको थियो। पत्रपत्रिकाहरुका पाना उसका अन्तर्वार्ता र कथा सङ्ग्रहका समीक्षाले भरिन्थे। फेसबुकमा च्याट हुन थालेको दुई हप्तापछि नै चन्चलाले उसलाई भेट गर्न समय मागी। अनि बल्ल उसले चन्चलालाई आफू नेपालमा नभएको बतायो। ऊ विदेशमा बसोबास गर्न थालेको एक वर्ष हुन लागेको थियो। उसलाई भेट गर्न नपाएकोमा चन्चलाले दुःख मनाउ गरी। उनीहरुबीचमा फेसबुक च्याट भने जारी रह्यो। एक दिन चन्चलाले सोधी 'तपाईं कथा लेख्दा काल्पनिक पात्र उभ्याउनुहुन्छ कि यथार्थ?' उसले कुरा बुझेन। स्पष्ट पार्न अनुरोध गर्‍यो। चन्चलाले भनी 'तपाईंका कथा यथार्थ घटनामा आधारित हुन्छन् कि काल्पनिक घटनामा भनेर सोधेकी क्या। कुनै कथा लेख्दा त्यसको प्लट कसरी निर्धारण गर्नुहुन्छ?' कथाकार केहीबेर मुस्कुरायो चन्चलाको प्रश्नले। अनि गम्भीर भएर सोच्न थाल्यो आफूले कसरी कथा लेख्यो उसलाई थाहा छैन। तर चन्चलाको प्रश्नको उत्तर त उसले दिनै पर्थ्यो। नत्र चन्चलाले प्रश्न खप्ट्याइहाल्थी। उसले छोटो उत्तर लेख्यो केही यथार्थ र केही काल्पनिक। तर उत्तर ऊ आफैँलाई चित्तबुझ्दो लागेन। उसले फेरि लेख्यो 'कुनै पनि यथार्थ घटना कथा हुन सक्दैन। कथा भनेको पाठकका लागि मन छुने खालको हुनुपर्छ। त्यसकारण यथार्थ घटना समाचार बन्न सक्छ तर कथा बन्न सक्दैन। अनि कोरा काल्पनिक कुरा जिबन्त हुँदैन। मरुभूमि देख्दै नदेखेको र त्यहाँ नपुगेको व्यक्तिले मरुभूमिको कल्पना गरेर कथा लेख्न सक्दैन। हिमाल आरोहण गरेको र समुद्रमा पौडी खेलेको कुरालाई त्यसै कल्पना गर्न सकिन्न। प्रशव वेदनाको अनुभवलाई एउटी आमाको वर्णनजस्तो कुनै पुरुष कथाकारले गर्न सक्दैन। त्यसकारण एउटा कथाकारले समाजमा भएका यथार्थ घटनामा कल्पनाको रङ लगाउँदा राम्रो कथा बन्छ। कथाकार कल्पनाशील हुनुपर्छ ढुङ्गाभित्र संसार देख्नसक्ने। चित्रकारको हातजस्तो हुनुपर्छ कथाकारको दिमाग, जहाँबाट नयाँ सिर्जना गर्न सकियोस्। जसरी दम्पत्तिको सहबासबाट नयाँ बालकको जन्म हुन्छ त्यसरी नै कल्पना र यथार्थको समिश्रण नै कथाको भ्रुण हो।' चन्चलाले लेखी 'यो त दार्शनिक कुरा हो। म यस्तो कुरा बुझ्दिन। तर तपाईंको कथा सङ्ग्रहमा भएको एउटा कथा ठ्याक्कै मेरो जीवनसँग मिलेको छ।' चन्चलाको कुरा सुनेर कथाकार छक्क पर्‍यो। 'कुन कथामा के कुरा मिल्न गयो तपाईंको जीवनमा?' उसले प्रश्न गर्‍यो। चन्चलाले उसको प्रश्नको साटो प्रश्नै तेर्स्याई 'रित्तो कोठाको तस्बिर कथा कसले भनेर लेख्नुभयो?' चन्चलाको प्रश्न उसका लागि अस्वाभाविक र आकस्मिक थियो। ऊ रनभुल्लमा पर्‍यो। उसले प्रश्नको व्याख्या माग्यो। चन्चलता च्याटमा लेख्दै गई 'त्यो कथामा वर्णित तारा मै हुँ। तपाईंले पात्रको नाम र ठेगाना मात्र फरक रुपमा प्रयोग गर्नु भएको रहेछ। हाम्रै घरमा बस्न आउनु भएको थियो पारस जसलाई तपाईंले प्रकाश भनेर कथामा वर्णन गर्नुभएको छ। उहाँको घर तपाईंले इलाम भन्नु भएको छ तर उहाँको घर इलाम हैन सोलुखुम्बु हो। पहिले पहिले म पारसलाई घृणा गर्दथ्येँ। बहिनीले चाहिँ खुब माया र सम्मान गर्थी। यो कुरालाई त कथामा त्यसरी नै लेख्नुभएको छ। पछि उहाँको जन्मदिनमा हाम्रो झगडा भयो। तपाईंले कथामा मेरो जन्मदिनमा उहाँलाई नबोलाएको लेख्नुभएको रहेछ। वास्तवमा जन्मदिन पारसको थियो मेरो हैन। उहाँले हामी सबैलाई बोलाउनु भएको थियो तर म गएकी थिइँन। पछि साथीहरुको कुरा र बहिनीले उहाँका बारेमा भनेको कुराले मेरो मनमा परिवर्तन आयो। पारसले मेरो चित्र बनाएको पनि तपाईंले कथामा लेख्नु भएको छ। तर मेरो बारेमा लेखेको कविताको प्रसङ्ग कथामा छैन। पहिले म पारसलाई घृणा गर्थेँ। तर जब म उहाँलाई माया गर्न थालेँ मैले मनको कुरा बताउन नपाइकन उहाँ डेरा सरेर जानुभयो। तपाईंले त्यही कुरा लेख्नुभएको छ। मलाई लाग्छ तपाईंले पारसलाई भेटेको हुनुपर्छ। उहाँले सबै घटना सुनाएपछि तपाईंले त्यो कथा लेख्नुभएको हुनुपर्छ।' चन्चलाको कुराले कथाकार छक्क पर्‍यो। फेसबुकको च्याटमा उसले चन्चलालाई लेख्यो 'मैले त्यो कथा कल्पना गरेर लेखेको हुँ। कुनै पारसले मलाई भनेको हैन। यस्ता घटना हाम्रो समाजमा सामान्य हुन्छन्। त्यसकारण मैले समाजमा हुनसक्ने कुनै घटनाको कल्पना गरेको हुँ। तपाईंको जीवनमा मिल्न गएकोमा म क्षमापार्थी छु। तपाईंले भनेजस्तै कथाका कतिपय प्रसङ्गहरु ठ्याक्कै मिलेका छैनन्। मैले सो कथामा पात्रको नाम प्रकाश र तारा राखेको छु। मैले कथामा प्रयोग गरेको प्रकाशको घर इलाम हो। उसलाई घरबेटीकी छोरी ताराले आफ्नो जन्मदिनमा बोलाइन। कारण ताराले प्रकाशलाई घृणा गर्छे। पछि ताराको मन फर्किन्छ। ऊ प्रकाशलाई सम्मान गर्न थाल्छे। प्रकाशले ताराको एउटा चित्र बनाउँछ र उसलाई दिएर जान्छ। त्यसकारण यो कथाको विषयवस्तु तपाईंको जीवनको केही भागसँग मिल्न गएको संयोग मात्र हो। त्यो कथालाई सङ्ग्रहमा प्रकाशन गर्नुभन्दा झण्डै दस वर्ष पहिले मधुपर्कमा प्रकाशन गरेको थिएँ। कथा छापिएको दुई महिनापछि नेपालगन्जका एकजना व्यक्तिले पनि आफ्नोजीवनको साँचो कहानी हो भनेर प्रतिक्रिया छपाउनु भएको थियो। त्यसकारणले पनि मैले कथामा छानेको विषय सफल रह्यो भन्ने मलाई लागेको छ। किनभने एउटा श्रष्टाले कल्पना गरेको विषय कसैकसैको जीवनको नजिक हुनुपर्छ अनि मात्र जिबन्त हुनसक्छ।' चन्चलाले कथाकारको कुरा पत्याइन। उसले प्रत्युत्तरमा लेखी 'ठीकै छ। तपाईंले पनि कसैलाई गोप्य राख्ने बचन दिनुभएको होला। तर म यत्तिका वर्षदेखि पारसलाई खोजिरहेकी छु। मैले तपाईंलाई भेट गर्न खोजेको पनि पारस भेट्नका लागि मात्र हो। संयोगको कुरा त मैले तपाईंको कथा पढ्नु चाहिँ हो। नत्र म उस्तो कथाहरु पढ्ने मान्छे हैन। कृपया मलाई पारसको ठेगाना अथवा कुनै सम्पर्क माध्यम दिनुहोस्। मलाई त्यति मात्र चाहिएको हो। मैले तपाईंबाट अरु कुनै अपेक्षा गरेकी छैन। म कसम खान्छु पारसको सम्पर्क तपाईंले गराएको भन्ने कुरा मरे पनि भन्ने छैन।' चन्चलाको कुराले कथाकार झन् झन् आश्चर्यचकित हुनथाल्यो। उसले जति गरे पनि चन्चलाको चित्त बुझाउन सकेन। धन्न नेपालमा लोडसेडिङले गर्दा चन्चलाले धेरै लामो समय कथाकारसँग च्याट गर्न पाइन। तर चन्चलाले फेसबुकमा कथाकारलाई दैनिक झिँझो गर्न छोडिन। उनीहरुबीचमा दैनिक त्यही विषयम घण्टौँसम्म कुरा हुन्थ्यो। अब कथाकारले चन्चलाको समस्या र गाँठी कुरा थाहा पाउने मनसाय लियो। सुरुसुरुमा उसलाई चन्चलासँग च्याट गर्न झन्झट लाग्थ्यो। तर अब रमाइलो लाग्न थाल्यो। उसले चन्चलाका कुरा खोतल्न थाल्यो। चन्चला पनि पारस पाउने मृगतृष्णामा सबै ओकल्दै गई। चन्चला कक्षा नौमा पढ्दै गर्दा पारससँग उसको परिचय भएको रहेछ। पारस चन्चलाको घरमा डेरामा बस्न थालेपछि परिचयसँगै चन्चलाको मनमा पारसप्रति घृणा रहेछ। उसले पारसलाई घरबाट निकाल्नका लागि विभिन्न तिड्कम् गरी तर सफल भइन। पारसको सहनशीलता र घरपरिवारमा सबैले मन पराउने कारणले गर्दा चन्चलाको सँधै हार भयो। पारसले आफ्नो जन्मदिनमा घरका सबैलाई बोलाएको तर चन्चलाचाहिँ नगएको घटनाबाट परिवेश बदलिदियो। त्यही साँझ चन्चला र पारसबीचमा सानो झगडा भयो। तर, साथीहरु र बहिनीको कुराले चन्चलाको मन फेरियो। ऊ पारसलाई सम्मान गर्न थाली। पारसले चन्चलाको बारेमा राम्रा राम्रा कविता लेखेको पनि उसले बताई। फेसबुकका च्याटले कथाकारलाई रमाइलो लागिरहेको थियो भने चन्चला गम्भीर बन्दै गएकी थिई। एक दिन च्याटमा उसले कथाकारलाई लेखी 'अझ मैले डायरीको कुरा गरेकै छैन। सायद तपाईंलाई पनि थाहा छैन होला त्यो डायरीका बारेमा?' कथाकारले तत्कालै सोध्यो 'कुन डायरी?' 'हो मलाई थाहा थियो। पारसले अरु कुरा भनेपनि डायरीका बारेमा पक्कै भन्नुभएको छैन। किनभने त्यो डायरी नितान्त उहाँको व्यक्तिगत थियो जसमा उहाँले मेरा बारेमा आफ्ना भावना राख्नु भएको छ।' चन्चला लेख्दै गई 'कोठा छोडेर जाँदाखेर झुक्किएर हो अथवा जानीजानी हो कोठामा डायरी छोडेर जानुभएछ। मैले त्यो डायरी पढेँ। त्यहाँ मेरा बारेमा थुप्रै कुरा लेखिएको छ। त्यो डायरीको भाषा म त्यतिखेर कक्षा नौमा पढ्ने फुच्चीले के बुझ्थेँ र। अहिले पो त्यो डायरी जति पढ्यो उति पढौँ पढौँ लागेर आउँछ। हरेक पानामा म पारसकै अनुहार चम्किरहेको पाउँछु। त्यतिबेला अहिलेजस्तो मोबाइलफोन र फेसबुकको जमाना थिएन। उहाँको कुनै सम्पर्क माध्यम मसँग छैन। भएदेखि म अहिल्यै उहाँ जहाँ भए पनि उडेर पुग्ने थिएँ र भेट्ने थिएँ।' कथाकारको पहिले कथा सङ्ग्रह हो 'रित्तोकोठाको तस्बिर'। त्यो सङ्ग्रहभित्र दसवटा कथा थिए उसका। त्यसमध्येको एउटा कथा थियो 'रित्तो कोठाको तस्बिर' शीर्षकथा। कथाकारले पनि आफ्ना कथाहरुमध्ये सबैभन्दा राम्रो कथा मानेको थियो त्यो शीर्ष कथालाई। तर एउटी पाठक त्यही कथालाई मुद्दाका रुपमा उठाइरहेकी छे। ऊसँग कुनै बनिबनाउ उत्तर पनि छैन। उसले केटीलाई कुनै मानसिक बिरामी ठानेर उपचारको सल्लाह दिन पनि सकिरहेको छैन। चन्चला च्याटमा आफूले भोग्दै आएका कहानी पस्किरहेकी छे। स्नातकोत्तर पढाइ पनि सकेकी छे उसले यसबेला। उसलाई अभिभावकले बिहे गर्न कर गरिरहेका छन्। आफन्तहरुले केटा हेराउन कोही फोटो बोकेर आउँछन् त कोही मान्छे नै लिएर घरमा आउँछन्। ऊ भने पारसकै पर्खाइमा छे। ऊ साउने सोमबारको ब्रत पारसकै लागि बस्छे। तीजमा पानी पनि नखाईकन पारस पाऊँ भन्दै पूजा गर्छे। स्वस्थानीका कथा त उसका आफ्नै भोगाइजस्ता लाग्छन् रे उसलाई। कथाकारले चन्चलालाई बुझाउन धेरै प्रयत्न गर्‍यो। उसले सोलुखुम्बुतिरको कुनै पारसलाई नचिनेको अर्थ्यायो। उसले रित्तो कोठाको तस्बिर कथा लेख्दाको समय पनि बतायो। तर चन्चलाले उसको कुनै कुरामा विश्वास गरिन। कथालाई मात्र विश्वास गरिरही। उसले च्याटमा लेखी 'अब तपाईंले मलाई सहयोग गर्नुहुन्न भने म के गरौँ त। एकपटक सोलुखुम्बु जान्छु र उहाँका बारेमा सोधखोज गर्छु।' कथाकार र चन्चलाबीचमा दैनिकजसो च्याट हुन्थ्यो। नेपालमा हुने लोड सेडिङले गर्दा कहिले आधा घण्टामै कुरा टुङ्ग्याउन बाध्य हुनुपर्थ्यो भने कहिले घण्टौँ च्याट हुन्थ्यो। बिना पूर्व जानकारी चन्चला फेसबुकमा आउन छोडी। एक दिन दुई दिन हुँदै हप्ता दिन बित्यो। कथाकारलाई पनि फेसबुकमा चन्चलासँग च्याट गर्ने नसा चढिसकेको थियो। अरुसँग जतिसुकै च्याट गरे पनि चन्चलासँग च्याट गरेजस्तो भएन। उसलाई एक प्रकारको न्यास्रो लाग्न थाल्यो। चन्चला साँच्चै सोलुखुम्बुतिर गइहोली भन्ने उसले सोच्यो। दुईहप्तापछि चन्चला आई। आफ्नो दाइ मोटरसाइकल दुर्घटनामा परेर अस्पतालमा कुर्नु परेकाले फेसबुकमा आउन नसकेको उसले बताई। फेरि कथाकार र चन्चलाबीचमा नियमित च्याट हुन थाल्यो। कथाकारले पारसलाई बिर्सनका लागि चन्चलासँग आग्रह गरिरह्यो। तर चन्चला दृढ थिई पारस पाउने आशामा। ऊ भन्थी 'नङ र मासु अलग भएर रहन सक्छन्? पारस काया हो म उसको छाया। भन्छन् अन्धकारमा त छायाले कायालाई पछ्याउन सक्दैन। तर त्यहाँ छाया नदेख्नेको गल्ती हो। छाया त अन्धकारमा पनि हुन्छ। त्यहाँ त ज्योति पो हुँदैन। पारस पानी हो अनि म तिर्खा। तिर्खा लागेपछि पानी जहाँ भए पनि पाइन्छ। पाइएन भने मरिन्छ। म पनि पारस भेटिँन भने मर्छु। आखिर सबैले एकदिन मर्नैपर्छ। कोही पनि अजम्बरी छैन।' कथाकारले चन्चलालाई फेसबुकमा धेरै समय दिनु उचित ठानेन। ऊ विदेशमै बसेर आफ्नो दोस्रो कथा सङ्ग्रहको तयारी गरिरहेको थियो। अकस्मात उसका बिचारमा नयाँ कथा फुर्‍यो। उसले चन्चलाकै व्यथालाई समेटेर एउटा कथा लेख्ने बिचार गर्‍यो। अनि लेख्यो 'कथाकी पात्र' शीर्षकमा एउटा कथा। त्यस कथामा एउटी युवतीले आफ्नो हराएको प्रेमीलाई पार्वतीले महादेव खोजेजस्तो खोजिरहेको कुरा कलात्मक तरिकाले प्रस्तुत गरेको थियो। युवतीका सामु हराएको प्रेमी हुँभन्दै जस्तोसुकै रुप, उमेर, अवस्थाको व्यक्ति आए पनि हुने कुरालाई उसले मनोविज्ञानको विश्लेषणका आधारमा कथा तयार बनायो। कथाकी पात्रमा मनोरोग रहेको कुरालाई उसले अनौपचारिक रुपमा व्यक्त गर्‍यो। अनि आफूले चिनेको प्रकाशनगृहलाई आफ्ना कथाहरु पठायो। दुई महिनाको अवधिमै उसको दोस्रो कथा सङ्ग्रह बजारमा आयो। उसको कथा सङ्ग्रह प्रकाशन भएपछि चन्चलालाई भन्यो मेरो दोस्रो कथा सङ्ग्रह बजारमा आएको छ। पढेर मलाई प्रतिक्रिया दिनुहोला। चन्चलाले खुशी र उत्तेजित हुँदै भनी 'आहा! म आजै गएर किताब किनेर ल्याउँछु र रातभरमा पढेर भोलि तपाईंलाई प्रतिक्रिया दिउँला।' भोलिपल्ट चन्चला फेसबुकमा अनलाइन देखिइन। तर कथाकारको म्यासेजबक्समा एउटा सन्देश रहेको नोटिफिकेसन थियो। उसले त्यहाँ क्लिक गर्‍यो। सन्देश चन्चलाको थियो। उसले लेखेकी थिई 'तपाईं त ब्वाँसो हुनुहुँदोरहेछ। मबाट सबै कुरा धुत्नुभयो र कथा बनाउनुभयो। तपाईंले मेरो भावनालाई बलात्कार गर्नुभयो। कुनै नारीको भावनालाई बलात्कार गरेर सर्जक जिबन्त रहन खोज्छ भने धिक्कार छ त्यस्तो सर्जक र सिर्जनालाई। पहिले पारसको पहिचान लुकाएर ममाथि धोका दिनुभयो। अनि दोस्रोपटक ऊ र मबीचका कुरा रहेको डायरीका कुरा भन्न लगाएर कथा बनाउनु भयो र फेरि धोका दिनुभयो। मैले विश्वास गरेर तपाईंलाई सबै कुरा भनेँ। मैले कसैलाई नभनेका मेरा मनका कुराहरु तपाईंसामु पोखेँ। तपाईंले अहिले नभने पनि पछि अवस्य मलाई पारसका बारेमा भन्नुहोला भन्ने सोचेकी थिएँ। तपाईंमाथि मेरो पूरा विश्वास पनि थियो। तर तपाईंले विश्वासमाथि नै विश्वासघात गर्नुभयो। तपाईंले मलाई मानसिक सन्तुलन बिग्रिएकी केटी पो भन्ठान्नु भएछ। अबदेखि तपाईंसँग कुनै कुरा पनि गर्नु परेको छैन। त्यसकारण मैले तपाईंलाई मेरो फेसबुक आइडीबाट ब्लक गरेकी छु।' कथाकार सन्देश पढेर धेरै बेर घोरियो र भन्यो यो फेसबुक पनि कमालकै छ।

कपाल काट्नेको बिबाहमा जान राजेश हमालले खर्चे १५ लाख

No comments :
नायक राजेश हमाल हेलिकप्टर चार्टर गरि आफ्ना हेयर ड्रेसरको विहेमा सहभागी भएका छन् । बिगत सात बर्षदेखि हमालको केस काट्दै आएका सुरेन्द्र ठाकुरको विहेमा सरिक हुन हमाल हेलिकप्टर चढी शुक्रबार विहान ११ बजे सर्लाही पुगेका थिए । उनी हेलिकप्टरबाटै जन्ति समेत गए । उनको यो हेलिकप्टर यात्राका लागि लगभग १५ लाख रुपैयाँ खर्च भएको अनुमान छ । हमाल आफ्ना सहयोगी दीपेन्द्र महतो, सञ्चारकर्मी सुवास ढकाल, विदूर खतिवडा, प्रदिप निरौलाको साथमा विवाहमा सरिक हुन सर्लाही पुगेका हुन् । ११ बजे सर्लाही उडेका उनी बेलुकी ४ बजे काठमाडौं फर्किएका थिए । महानायक हमाललाई आफ्नो गाँउमा देखेपछि बबरगञ्जबासी निकै खुशी भए । उनलाई छुन र उनीसँग फोटो खिच्नेको भीड नै लाग्यो । बेहुला बनेका सुरेन्द्रले पनि आफ्नो लागि यो पल जीवनभर अविश्मरणीय हुने प्रतिक्रिया दिए । ‘राजेश दाई मेरो विहेमा आउनु मेरो सौभाग्य हो’ उनले भने ‘मेरो आग्रहलाई स्वीकार गर्दै उहाँ आफ्नो सुटिङ्ग नै रोकेर आउनुभयो, म उहाँ प्रति सदैव आभारी हुनेछु ।’ विवाहमा सहभागी हुन सँगै गएका सञ्चारकर्मीहरुका अनुसार महानायक हमाल यसपालीको हेलिकप्टरको यात्रामा निकै डराएका थिए । ‘यात्रा जाखिमयुक्त तर एड्भेन्चर भयो’ महानायक राजेश हमालले भने ‘मौसमका कारण हेलिकप्टर बीच बीचमा रोकिँदा भने निकै डर लग्यो’ । खराब मौसमको कारणले गर्दा मकवानपुरको शिखरपुरमा त्यस्तै सिन्धुलीको क्यानेश्वरमा केही बेर हेलिकप्टर रोक्नु परेको थियो ।

मेरी बास्सैका धर्मुस तीतो सत्यमा

No comments :

हास्य श्रृङ्खला मेरी बास्सैका निर्देशक तथा कलाकार सीताराम कट्टेल धुर्मुस अब तीतो सत्यमा देखिने भएका छन् । तीतो सत्यमा उनले अभिनय गरेको अंक विहीबारदेखि प्रसारण हुदैछ । मंगलबार बानेश्वरमा तीतो सत्यको सुटिङ युनिटसँग भेटिएका कट्टेलले नेकपा एमालेका नेता केपी शर्मा ओलीको नक्कल गर्दै डायलग बोल्दै थिए । उखान टुक्के नेता भन्छन् तपाईलाई, कसरी बन्नुहोला त अध्यक्ष ? कथानक भित्रै पत्रकारको प्रश्नमा उनले गज्जबले हँसाए । ‘मुक्का भन्दा त उखान टुक्का नै ठीक छ नि अनि फेरि अध्यक्ष बन्न कुस्ती नै खेल्नुपर्ने हो ?’ बिहीबार प्रसारण हुने तीतो सत्यको श्रंखलामा एमाले नेता माधवकुमार नेपाल र केपी शर्मा ओली बीचको जुहारीलाई देखाउन खोजिएको छ । माधवकुमार नेपालको भूमिकामा भने कमल सेढाईलाई देख्न पाइनेछ । कथाको चरित्र अनुसार सीतारामलाई नै खेलाउनुपर्ने भएकाले उनलाई बोलाइएको तीतो सत्यका निर्देशक दीपकराज गिरीले बताउए । सीतारामको भूमिका एक हप्ताको लागि मात्रै हो या अझै थपिन्छ भन्ने विषयमा उनले बताउन चाहेनन् । ‘नौ बर्षपछि तीतो सत्यमा फेरि अभिनय गर्ने मौका मिलेको छ निकै खुशी छु’ सीताराम भन्छन् ‘सुरुवाती दिनहरुमा तीतो सत्य खेल्नको लागि रिफ्लेक्टर, लाइट बोक्नेहरुको लाइनमा सबैभन्दा अगाडि हुन्थे म ।’ उनले बिगतका दिनहरु सम्झिए ‘मेरा अभिनय प्रतिको रुचि देखेर दीपक दाई, दीपा दिदीले मलाई मौका दिनुहुन्थ्यो, आज यो स्थानसम्म आइपुग्नमा तीतो सत्यको पनि ठूलो भुमिका छ’ सीतारामको भनाई लाई आधार मान्ने हो भने तितो सत्यले धेरै कलाकारहरुलाई जन्म दिएको छ । यता, मेरी बास्सै अब बन्द भएको हो त ? भन्ने प्रश्नमा उनको जवाफ यस्तो छ ‘सम्भवत यही हप्तादेखि हामी पुन सुटिङ थाल्छौ होला ।’ मिडिया हबसँग रकमको कुरा नमिलेपछि बिगत २–३ महिनादेखि मेरी बास्सै र जिरे खुर्सानीको नयाँ भागहरु प्रसारण भएका छैनन् ।

दिपिका पादुकोण ‘सेक्सी’ महिला

No comments :



यो वर्षको विश्वकै सेक्सी महिलाको सूचीमा भारतीय अभिनेत्री दिपिका पादुकोण एक नम्बरमा पर्न सफल भएकी छन् ।
एफएचएम म्यागेजिनले गरेको मत सर्वेक्षणमा बलिउड अभिनेत्र पादुकोणले पहिलो भएकी हुन् ।
म्यागेजिनको आउँदो संस्करणमा उनीसँगै संसारका अरु एकसय सेक्सी महिलाका बारेमा छापिने छ ।
बलिउड सुन्दरी दिपिकाले आफूले आफ्नो शारीरिक वनावटले भन्दा पनि आफूले गरेका कामका कारण सबैभन्दा धेरै भोट पाएको बताएकी छन् । ‘मलाई लाग्छ, मैले जे गरें त्यसैले नै मलाई पहिलो नम्बरमा पुर्‍याएको हो,’ उनले भनेकी छन्, ‘मलाई लाग्छ, ब्रान्डको साथ र सहयोगका कारण मैले यो अवसर पाएको छु ।’
‘मैले पछिल्ला दुई÷तीन वर्ष यता गर्दै आएका कामले नै मलाई आज यो भाग्य दिएको छ,’ उनले भनेकि छन्, ‘चरित्रको यथार्थपरकताले पनि मलाई यहाँ ल्याएको छ ।’ दिपिकाले पछिल्लो पटक तामिल चलत्रिमा देखिएकी थिइन् ।

सलमान खानको झल्को दिने आर्यनको ‘नाइके’ स्टाइल

No comments :

नायक आर्यन सिग्देललाई तपाइले पहिले लभरव्वाईको भूमिकामा देख्दै आउनु भएको थियो । अब आर्यनले एक नयाँ चलचित्रमा भने आफ्नो भूमिका पूर्णरुपमा परिवर्तन गरेका छन् । आर्यनको दबंग स्टाइल चलचित्र ‘नाइके’मा देख्न सकिन्छ ।
भदौ १३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्रमा आर्यन पूर्णरुपमा दबंग स्टाइलमा देखिनेछन् । सलमान खानको एक्सन झल्को दिने आर्यनको यो फिल्मको आज ट्रेलर र एक गीत सार्वजनिक गरिएको छ ।
आफूलाई पहिलेदेखि नै यस्तो भूमिका गर्न मन लागेको र आज बल्ल पुरा भएको नायक सिग्देलले बताए । चलचित्रमा आर्यन सिग्देलका साथमा सुवि्रना कार्की नायिकाको रुपमा देखिएकी छिन् । कार्यक्रममा बोल्दै चलचित्रका लेखक तथा निर्देशक नेत्र गुरुङले आर्यनलाई भिन्न भूमिकामा देखाउन गाह्रो भएपनि आफूहरु सफल भएको बताए
चलचित्रमा बिष्णु हमाल, जगदिश खनाल, नारायण खनाल, आनन्द क्षेत्री र संगीता पराजुलीले लगानी गरेका छन् । कार्यक्रममा बोल्दै निर्माता मध्येका एक बिष्णु हमालले सिनेमा राम्रो बनेको भन्दै दर्शकको साथ पाउने विश्वास व्यक्त गरे ।
चलचित्रमा रीम बीक, बोधराज रेग्मी, सारिका केसी, विजयराज सेन्चुरीको पनि अभिनय छ । ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा तयार भएको यो चलचित्रलाई अर्जुन तिवारीले खिचेका छन् । चलचित्रमा रोहन नेपालको नृत्य, सानुकुमार महर्जनको द्वन्द्व, ताराप्रकाश लिम्बु, योगेश काजी वीसी र रमण गायकको संगीत छ । चलचित्रको ट्रेलर र आर्यनको नयाँ स्टाइललाई संचारकर्मीहरुले रुचाएका छन् ।

बलिउड नायक भन्छन- ‘नेपालका डाँडामा घर बनाएर बस्न पाउँ

No comments :

बलिउड नायक अर्सद वार्सी हालै मात्र नेपाल भ्रमण गरि फर्किएका छन् । अन्नपूर्ण क्षेत्रमा पदयात्राका लागि आएका उनले १५ दिन नेपालमा बिताए । नेपाल आएकै दिन उनले मिस नेपाल २०१४ का प्रतिस्पर्धीसँग अन्तरक्रिया गर्नु बाहेक खासै औपचारिक कार्यक्रममा सहभागी भएनन् ।

अमेरिकामा हुन लागेको आइफा अवार्डमा सहभागी हुन फर्किन लागेका वार्सीले दि हिमालयन टाइम्स दैनिकसँग कुरा गर्दै नेपाल भ्रमण अविस्मरणीय रहेको बताए । जुन महिनाअघि फेरि नेपाल आएर घुम्न चाहेको उनले खुलाए ।

‘डेढ इस्किया’ रिलिजपछि नेपाल आएका उनले ‘गुड्डु रंगीला’ फिल्म बनाउन लागेको बताए । प्रस्तुत छ, वार्सीसँग हिमालयन टाइम्सले गरेको कुराकानीको आशिंक भावअनुवाद-

नेपाल भ्रमणमा तपाई कसरी आइपुग्नुभयो बताइदिनुस न । के यो पहिलोपटक हो र ?

मेरा बालककालका साथीहरु जो बिभिन्न देशमा बसिरहेका छन, उनीहरुले एक दिन मलाई भने कि हामीहरु ट्रेकिङका लागि नेपाल जाँदैछौं । मैले यो महत्वपूर्ण अबसर गुमाउन चाहिन् र मेरा सवै योजनालाई थाती राखेर यहाँ आएँ । यो मेरो पहिलो नेपाल भ्रमण हो ।

नेपालको सवैभन्दा धेरै के मन पर्यो ?

यहाँका मानिसहरु, जुन तरिकाको यहाँको शहर छ यी सवै कुरा मन पर्‍यो । यहाँका मानिस मेहेनती र इमान्दार लाग्यो । मलाई सवैभन्दा अचम्मचाहिँ ठमेल पुग्दा लाग्यो । त्यहाँ त सवै चीज पाइने रहेछ । मैले धेरै सपिङ गरेँ ।

नेपालको यात्रा अनुभव कस्तो रह्यो ?

ट्रेकिङबाहेक अन्त म धेरै घुमिन, त्यसैले धेरै अनुभव गर्न पाइन । जुन महिनाअघि नै फेरि एकपटक नेपाल आउने मेरो योजना छ, जतिबेला मौसम बिग्रिसकेको हुनेछैन । नेपाल आएकै दिन मैले मिस नेपालका सवै प्रतिस्पर्धीलाई भेटन पाएँ । उनीहरु सवै सुन्दर र स्मार्ट लाग्यो ।

तपाईले नेपाल र भारतवीच केही समानता पाउनुभयो ?

साँच्चै भन्नुपर्दा धेरै कुरामा समानता रहेछ । हाम्रो खाना, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता लगायतका धेरै कुरा । मलाई आफ्नै घरजस्तो लाग्यो ।

यो भ्रमणको बिर्सनै नसक्ने कुनै एक कुरा ?

मलाई त नेपालका पहाडी डाँडामा एउटा घर किनेर केही समय बिताउने मन छ । ट्रेकिङको पुरै अनुभव निकै रोमाञ्चक रह्यो । प्रकृतिको बिचमा आँखै अगाडी अन्नपूर्ण लगायतका हिमाल हेर्न पाउनु साँच्चै अबिश्वसनीय अनुभव थियो । कुनै एउटामात्र कुरा भन्न गाह्राे छ, कतिपय अनुभव शब्दमा ब्यक्त गर्न नसक्ने खालका छन्
  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home