घटना 'जुनकिरीको संगीत' टेलिसिरियल छायांकनताकाको हो। त्यसमा म बाहुनी युवतीको भूमिकामा थिएँ, जो दलित केटाको प्रेममा परेकी हुन्छे। ललितपुरको कुनै दलित बस्तीमा छायांकन भैरहेको थियो। त्यसका लागि मैले भीरबाट हाम फाल्नुपर्ने दृश्य थियो। १० वर्षअघिको कुरा हो यो।
हाम फाल्नुपर्ने कुराले म भित्रभित्रै डराएकी थिएँ। नयाँ कलाकार भएकाले पनि कुनै 'आइडिया' फुरिरहेको थिएन। 'कसरी हाम फाल्ने ?' भनेर निर्देशक केपी पाठकसँग सोधें। यत्तिकैमा मेकअप आर्टिस्ट रवि केसीले अघि सर्दै भन्नुभयो- 'यो त सजिलै छ नि निरु, यसरी हाम फाल्नुपर्छ।'
उहाँ मलाई सिकाउन भीरबाट हाम फाल्नुभयो। दुर्भाग्यवस उहाँ नराम्रोसँग पछारिनुभयो र खुट्टा 'फ्याक्चर' भयो। सुटिङ रोकियो। उहाँलाई अस्पताल लगियो। सबैजना अस्पतालमा भेट्न गए तर, म जान सकिन। आफ्नै कारणले उहाँले त्यस्तो दुर्दशा भोग्नुपरेकोमा मलाई ग्लानी महसुस भयो। मैले केटालाई हाम्रो प्रेम र समाजको चिन्तनका सम्बन्धमा केही कुरा सम्झाउनु पर्ने दृश्य थियो। त्यसका लागि करिब एक पानाको डायलग थियो। मैले एक सयभन्दा बढी टेक लिँदा पनि उक्त दृश्य दिन सकिन्। निर्देशकले मलाई अर्को दिन गर्ने भन्दै सुटिङ रोकिदिनुभयो। मेरा कारण एक दिनको सुटिङ रोकियो, धेरै लगानी खेर गयो। सोही दिन उक्त दृश्य रोकी अर्को दृश्य दिनुपर्ने भयो।
थाहा छैन, पछि के कारणले हो उक्त सिरियल प्रसारण हुन सकेन। यो घटना अहिले पनि सुटिङमा जाँदा मनमा आइरहन्छ। अनि आफ्ना कारणले भएको दु:खद घटनाप्रति पश्चाताप हुन्छ। सोच्छु अब यस्तो गल्ती सकेसम्म दोहोर्याउनु नपरोस्।
दुर्घटना : निरु खड्का, हास्यकलाकार

Subscribe to:
Post Comments
(
Atom
)
Dish Home
No comments :
Post a Comment