हाम्रो खयरमारा राम्रो खयरमारा

हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

डिग्री पढेकी कविता जागिर छोडेर गाई पालनमा

No comments :
रोहित गिरी/कैलाली । असोज २९ - ‘दुःख गरेर पढियो, तर भनेजस्तो काम पाइएन’ धेरको मुखमा झुण्डिएको वाक्य हो यो । 
तर पढाई सकेर खोजेजस्तै जागिर पाउनेहरु पनि छन् । धनगढीकी कविता जोशीले पनि डिग्री पास गरेपछि काठमाडौंको एउटा बोर्डिङमा पढाउन थाल्नुभयो ।
आयोग लडेको भए स्थायी मास्टरी जागिरमा नाम पनि निकाल्नु हुन्थ्यो होला । तर उहाँलाई सरकारी जागिरले मन तानेन ।
भएको जागिर पनि छाडेर गाई पाल्न थाल्नुभयो । हिजोआज उहाँलाई गाईगोठमा भेटिन्छ । ‘धनगढीमा मैले कसैले पनि यसरी गाई पालेको देखेको थिइन’ कविताले सुरुका दिन सम्झँदै भन्नुभयो, ‘आफैंलाई भित्रैदेखि मैले गरें भने सक्छु भन्ने लाग्यो, अनि सुरु गरें ।’ उहाँले अहिले धनगढीको क्याम्पस रोडमा कामधेनु गाईपालन फार्म खोल्नुभएको छ । फार्ममा  अहिले ८ वटा गाई छन । तीमध्ये केही गाईले दुध दिईरहेका छन भने केही ब्याउने छन । सानैदेखि गाई पाल्ने सपना बोकेकी कविता आफनो कामबाट सन्तुष्ट हुनुहुन्छ । ‘सानैदेखि गाई पाल्छु भन्ने सोचेको थिएँ’ उहाँ भन्नुहुन्छ, ‘जागिर खाँदा मनले नै मानेन ।’ सुरुमा त गाई पालेर गुजारा चल्छ भन्ने न उहाँलाई विश्वास थियो, न परिवारलाई नै । तर अहिले गाई पालेर उहाँको दैनिकी मज्जाले चलेको छ । त्यसैले उहाँको परिवारका सदस्य पनि उहाँसँगै खट्छन दिनभर गोठको काममा । धेरै महिलाहरु घरकै कामकाज र चुलोचौकोमै सीमित भएका वेला जोशी घरभन्दा बाहिर निस्केर उद्यमतिर लागेपछि घर परिवारका सदस्यहरुले पनि साथ दिईरहेका छन ।
घरको काम र व्यवसायलाई सँगसँगै मिलाएर लगिरहेकी उहाँको काम देखेर घर परिवारका सदस्यहरु पनि दंग छन । कविताकी सासु शान्ति जोशी बुहारीको कामका विषयमा भन्नुहुन्छ, ‘हामीले केही पनि गरेका छैनौं, आउँछे जान्छे आफैं सबैथोक गर्छे ।’ ५ कठ्ठा जमिनमा गाईपालन गरेकी जोशीले दुई जनालाई रोजगारी समेत दिनुभएको छ । ‘दुधको बजार पाउन कुनै समस्या छैन’ उहाँ भन्नुहुन्छ, ‘बजार छ, तर मौसमले चाहिँ कहिलेकाहीँ समस्यामा पार्छ । चिसोको बेला कहिलेकाहीँ दूध बिक्री गर्न गाह्रो हुन्छ ।’ पछिल्लो समय महिलाहरु पनि काम खोज्दै विदेश गइरहेका छन । कोही नपढी विदेश जान्छन् त कोही पढेर पनि । तर कविता डिग्री सकेर पाएको जागिर पनि छोडेर आफनै ठाउँमा संभावना खोजिरहनुभएको छ । त्यो पनि गाई पालेर ।
काम गरेर प्रशंस कमाउँदै जानुभएकी जोशी भन्नुहुन्छ, ‘आफ्नो पौरखमा गौरव गर्न सके श्रीमान र घर परिवारको सहारामा मात्र बाँच्नु पर्दैन ।’ उहाँ अरु महिलाहरुलाई केही न केही उद्यम गरे आफ्नै खुटामा उभिन सुझाव दिनुहुन्छ । जोश, जाँगर मेहनत गर्‍यो भने घरमै बसेर पनि सुन फलाउन सकिन्छ भन्ने उदाहरण जोशीले दिनुभएको छ ।
- See more at: http://ujyaaloonline.com/desh-paradesh/story/37237/kabita-joshi/#sthash.OD6vmGbY.dpuf

हलिउड अभिनेत्रीको एक किस पाउन भारतीयले उद्योगपतिले खर्चिए ८१ हजार डलर

No comments :

हलिउड अभिनेत्री एलिजाबेथ हर्ली उर्फ जिल हर्लीको एक किस ८१ हजार अमेरिकी डलरमा विक्री भएको छ । क्यानडामा बस्ने भारतीय मूलका उद्योगपति जूलियन भारतले एक किसका लागि ८१ हजार डलर खर्चिएका हुन् । सर एल्टन जनको एड्स फाउण्डेशनका लागि रकम जुटउन उनले किस कार्यक्रम राखेकी थिइन् ।
जूलियन भारतीका तीन बच्चा छन् । आफूले पत्नीको अनुमतिमै हर्लीलाई किस गरेको उनले बताए । मोडल एवं अभिनेत्री हर्लीको नाम पूर्व क्रिकेटर शहेन वार्नसँग पनि जोडिएको थियो । तर, अहिले उनीहरु दुबै अलग छन् । उसो त उनले उद्योगपति अरुण न्यूयरसँग २००७ मा विवाह गरेकी थिइन् । तर, २०१० मा उनीहरु अलग भए ।

जहाँ चिहानबाट लासलाई निकालेर नुहाइधुवाई गरिन्छ र नयाँ पहिरनमा सजाएर गाउँ घुमाइन्छ (फोटोफिचर सहित)

No comments :
चिहान खोतलेर लासलाई बाहिर निकाल्नु, पानीले नुहाइ धुवाइ गरिदिनु र मज्जाले राम्रा राम्रा पहिरन लगाइदिनु । सुन्दैमा कुनै फिल्मी कथाजस्तो लाग्ने यो परम्परा मानव समाजमा अहिले समेत कायम रहेको परम्परा हो । इण्डोनेसियाको दक्षिण सुलावेशी स्थित तोराजाका आदिवासी समुदायमा हरेक वर्ष यस्तो अनौठो संस्कार मान्दै आएका छन् ।
corpse3
वृद्ध भएर मृत्यु भएका मात्र होइन, बाल्यकालमै मृत्यु भएकाहरुको शवलाई पनि यसैगरी सिँगारिन्छ । अनि त्यसरी सिँगारिएका लासलाई गाउँ घुमाइन्छ, सिधा बाटोमा ।
त्यसपछि बर्षदिनसम्म माटोमुनि रहँदा मक्किएको वा बिगि्रएको कफिनलाई मर्मत गर्ने वा नयाँ फेर्ने गरिन्छ अनि पुनः सिँगारिएकेा लासलाई कफिनमा राखेर चिहानमै राख्ने गरिन्छ । उक्त गाउँको एक भिरमा कलात्मक खुल्ला चिहान समेत निर्माण गरिएको छ, जहाँ सिँगारिएका लासलाई उभ्याएरै राखिएको छ ।
corpse6
यो पर्वलाई स्थानीय भाषामा मइनिन भनिन्छ जसको अर्थ लास सफाइ पर्व हो ।
परम्परागत तोराजान आस्था प्रणालीमा मृतकको आत्मा व्यक्ति जन्मेकै गाउँमा फर्किनुपर्ने मान्यता छ । त्यसैले सो गाउँका मानिस अरु कुनै ठाउँमा गएर मरे भनेपनि त्यसैगरि लासलाई सिँगारेर र हिँडाएर गाउँमै ल्याइन्छ ।
त्यसैले विगतमा सो गाउँका मानिसहरु टाढाको बाटो हिड्न डराउँथे । यदि कसैगरी आफु टाढा ठाउँमा गएर मरियो र आफ्नो लास गाउँसम्म पूराउन सकिएन भने आफ्नो स्वर्गमा बास नहुने डर उनीहरुमा हुन्थ्यो ।
corpse2
corpse8
 corpse9 corpse10 corpse4

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home