Showing posts with label desh-perdesh. Show all posts
Showing posts with label desh-perdesh. Show all posts
मलेशिया त नेपाल भन्दा पनि कंगाल रहेछ
टेकम चन्द
मेरो घर सल्यान हो । म ८५ हजार रुपैयाँ तिरेर मलेशिया आएको हुँ । पाँच वर्ष भयो विदेश आएको । नेपालबाट मलेशियाको विमानस्थल छिर्दा सुरुमा त रमाइलै अनुभव भयो तर पनि घरको याद धेरै नै आउँथ्यो ।
कस्ले कतिखेर काममा लान्छ अनि कस्तो काम पाइने हो भनेर टेन्सन पनि भइरहेको थियो । त्यस्तो गर्मी ठाउँमा निकै गारो हुन्थ्यो । खाना खान जाँदा, पिसाव गर्न जाँदा पनि पासपोर्ट बुझाउनु पर्ने । खाना त्यस्तै महँगो, पैसा पनि धेरै थिएन ।
भोकभोकै पनि बसियो । नेपालबाट ल्याएका बिस्कुटहरु बाँडेर खाइयो । त्यसपछि कम्पनीको म्यानेजर आएर उद्दार गर्यो ।
त्यो दिन आइतबार थियो । हामीलाई त्यहाँबाट सिधै होस्टेलमा ल्यायो । त्यहाँ सबै नेपालीहरु नै रहेछन् । उहाँहरुलाई देख्दा खुसी लाग्यो । उहाँहरुले खाना बनाएर खुवाउनुभयो । उहाँहरुलाई भेटेपछि मनमा खुसि फर्किएको जस्तो लाग्दो रहेछ ।
मलेशियामा भनेजति सेवा सुविधा त पाएको छैन । तर पनि मैले केही हदसम्म आफ्नो जीवनको व्यवस्थापन गर्ने कोशिस गरेको छु । कम्पनीमा राम्रो घुलमिल भयो अनि राम्रो डिपार्टमेन्टमा परें । त्यसपछि केही राम्रो भयो ।
काममा त्यति समस्या भएन । हामी आएकै भोलिपल्टदेखि नै काममा लाग्यौं । हामीलाई तालिम पनि दिइयो । मेसिन चलाउन पनि त्यति धेरै गारो भएन । सबै नेपालीहरु एउटै हुँदैनन् । कतिपय त जाँड रक्सी खाएर हिँडिरहेका हुन्छन् । पारीतिर केटीहरु भएको ठाउँमा घुमिरेहका हुन्छन् । हामीले उनीहरुलाई धेरै सम्झाउने कोशिष गरेका छौं ।
यहाँ हाम्रो सल्यान सेवा समाज भन्ने संस्था छ । म पनि त्यसमा आवद्ध छु । हामी एकजुट भएर हाम्रो जिल्लाको लागि केही गर्नुपर्छ भनेर हामी अघि बढेका छौं र यो संस्थालाई अगाडी बढाइरहेका छौं । यो संस्थामा काम गर्ने र बचेको समयमा केही गरौं भन्ने साथीहरु हुनुहुन्छ । त्यसका लागि नै हामी संगठित भइरहेका छौं ।
नेपालबाट आउनु भएका सबै साथीहरुले पहिला आफ्नो कामलाई ध्यान दिनुहोला । त्यसपछि मात्रै बचेको समयमा साथीहरु भेट भएर दुःख सुखका कुराहरु साट्नुहोला ।
यहाँ आएर बसेर केही कुरा बुझिसकेपछि मलाई के लाग्छ भने मलेशिया त नेपाल भन्दा पनि कंगाल छ । तर हामी यिनीहरुभन्दा केही माथि नै छौं । यिनीहरुसँग न आफ्नो घर छ न जग्गा जमिन नै । खाली रोजगारी छ धन छ त्यती हो ।
एउटा मलेशियनसँग कुरा हुँदा त्यसले मलाई नेपालीहरु रुखमुनी बस्छौ पानी पिएर बाँच्छौ भनेको थियो । म के भन्छु भने हामीले यहाँ आएर गर्ने दुःख नेपालमा गर्ने हो भने हाम्रो देश पनि पक्कै धनि बन्ने थियो ।
एकपल्ट म बिरामी भएको थिएँ । त्यतिबेला मलाई मेरो बोसले मेरो उपचार गरी मलाई सबै सेवाहरु दिएको थियो ।
मलेशियामा काम गर्न धेरै नै गारो छ । धेरै नेपालीहरु गैरकानुनी रुपमा काम गरिरहेका छन् । त्यसले धेरैलाई समस्या परेको छ । नेपालबाट मलेशिया आउँदा सबैले सीप सिकेर आउनुपर्छ । नेपालबाट आउँदा कन्ट्राकमा हुनुहुन्छ कि कम्पनीको कलिङ भिसामा हुनुहुन्छ, त्यो चैं बुझ्न जरुरी हुन्छ । त्यसमा सबैले ध्यान दिनुपर्छ ।
प्रश्न उत्तर
Ujyaalo
सरकारले इजरायलमा नेपाली कामदार कसरी पठाउँदैछ ?
प्रश्न : नेपाल सरकारले इजरायलमा नेपाली कामदार पठाउने काम के भइरहेको छ ? नेपाल सरकार वा मेनपावर को मार्फत कामदार विदेश पठाईंदैछ ? उत्तर : विनोद केसी, महानिर्देशक, वैदेशिक रोजगार विभाग – अहिले इजरायल पठाइदिन्छु भनेर कसैले पैसा माग्छ भनेर त्यसलाई विश्वास नगर्नुहोला । सरकारले नै जीटुजी गरेर कामदार पठाउने तयारी गरिरहेको छ ।
- कामका लागि नर्वे जान पाइन्छ कि पाईंदैन ?
- कामका लागि नर्वे जान पाइन्छ कि पाईंदैन ?
म नर्वे जान चाहन्छु । त्यहाँ जान कति खर्च लाग्छ ? नर्वे जान श्रम स्वीकृति पाइन्छ कि पाईंदैन ? दिवश आचार्य, निर्देशक वैदेशिक रोजगार विभाग : नर्वे भनेको युरोपेली मुलुक हो । तपाईंले व्यक्तिगत रुपमा प्रक्रिया पुरा गर्नुभयो भने जान सक्नुहुन्छ । तर संस्थागत रुपमा भने अहिलेसम्म कुनै पनि म्यानपावरले नेपालीलाई नर्वे पठाउन माग ल्याएको छैन र विभागबाट अनुमति पनि लिएको छैन ।
- पोर्चुगल जान अनुमति छ कि छैन र जान कति खर्च लाग्छ ?
- पोर्चुगल जान अनुमति छ कि छैन र जान कति खर्च लाग्छ ?
प्रश्न : पोर्चुगल जान कति खर्च लाग्छ ? यसको प्रक्रिया कहाँबाट कसरी अगाडी बढाउनु सकिएला ? उत्तर : दिवश आचार्य निर्देशक, वैदेशिक रोजगार विभाग – पोर्चुगल जान नेपाल सरकारले पनि संस्थागत रुपमै अनुमति दिएको मुलुक हो । व्यवसायीहरुले विभागसँग पूर्व स्विकृती लिएर विज्ञापन प्रकाशित गरेका हुन्छन् । यहाँहरुले विज्ञापनमा उल्लेख भएअनुसार आफ्नो योग्यता र क्षमता अनुसारको कामका लागि जान सक्नुहुन्छ । यसको लागत खर्छ ६५ हजार हो । यसमा टिकट खर्च समावेश हुँदैन यहाँहरुले विज्ञापन हेरेर अघि बढ्न सक्नु हुन्छ ।...
- सेक्युरिटी गार्डमा दुवई जान के के चाहिन्छ र कतिसम्म आम्दानी हुन्छ ?
- सेक्युरिटी गार्डमा दुवई जान के के चाहिन्छ र कतिसम्म आम्दानी हुन्छ ?
प्रश्न : म दुवईमा सेक्युरिटी गार्डका लागि जान चाहन्छु । त्यसका लागि शारीरिक मापदण्ड के–के हुनुपर्छ ? जानुभन्दा अघि सरकारले तालिमको व्यवस्था गरेको छ कि ? उत्तर : बलबहादुर तामाङ, अध्यक्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - सेक्युरिटी गार्डमा जानका लागि कम्तिमा ५ फिट ५ इन्च उचाइ हुनुपछ र अँग्रेजी भाषा पनि जानेको हुनुपर्छ । त्यस्तै सेक्युरिटी सम्बन्धि काम गरेका र तालिम लिएकाले मात्रै जान पाउँछन् । शारीरिक रुपमा पनि तन्दुरुस्त हुनुपर्छ । त्यस्ता देशमा सेक्युरिटी गार्डमा गएकाले ७० हजार तिर्नु...
- कृषि पेशामा जापान जान कति खर्च लाग्छ ?
- कृषि पेशामा जापान जान कति खर्च लाग्छ ?
प्रश्न – म कृषिको काम गर्न जापान जान चाहन्छु, त्यसका लागि जापानी भाषामा पास हुनु पर्छ कि पर्दैन र कृषिको कामका लागि जापान जाँदा कति खर्च लाग्छ ? उत्तर – दिवस आचार्य, निर्देशक वैदेशिक रोजगार विभाग : जापानमा काम गर्न जाने भनेर नेपाल सरकार र जापान सरकारको जिट्कोमार्फत प्रशिक्षार्थी कामदारको रुपमा नेपाली कामदार जापान लैजाने व्यवस्था गरिएको छ । त्यो अन्तर्गत इजाजत लिएका म्यानपावरमार्फत डिमान्ड आएको बेला सम्पर्क गरेर जान सकिन्छ । तर त्यसका लागि केही पूर्व शर्त छन् ।
प्रश्न : म युएईको अवुधावी प्रहरीमा जान चाहन्छु । यसका लागि कहाँ सम्पर्क गर्नुपर्छ ? उत्तर : सोमलाल बाटाजु, निवर्तमान अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - युएई प्रहरीका लागि विभिन्न व्यवसायीकोमा माग आउने गर्छ । ती व्यवसायीले राष्ट्रिय स्तरको दैनिक पत्रिकामा विज्ञापन गर्न । त्यसमा योग्यता पनि खुलाइदिएको हुन्छ । यदि तपाईं योग्य हुनुहुन्छ भने तपाईंले दैनिक रुपमा राष्ट्रिय स्तरका दैनिक पत्रिकाहरु पढ्नु पर्ने हुन्छ ।...
प्रश्न : वैदेशिक रोजगारमा पठाउने भनेर पैसा लिने अनि घर, व्यपार, व्यवसाय गर्नका लागि पैसा लिएको हो भनेर कागज गर्नेमाथि कस्तो कारबाही हुन्छ ?म त्यस्तै समस्यामा परेको मान्छे हुँ । मलाई एक जनाले अफ्गानिस्तान पठाइदिन्छु भनेर ३ लाख लियो तर कागज गर्दा घर खर्च चलाउन लिएको भनेर गरेको छ । यस्तो अवस्थामा कस्तो कारबाही हुन्छ ? उत्तर : दिवस आचार्य, निर्देशक, वैदेशिक रोजगार विभाग - करकाप गरेर तपाईंलाई कागज गर्दा तपाईंले प्रहरीमा उजुरी गरेर त्यसको समाधान गर्न सक्नुहुन्छ ।
प्रश्न : युएईलगायतका खाडीका मुलुकमा जान कति खर्च लाग्छ होला ? उत्तर : दिवस आचार्य, निर्देशक वैदेशिक रोजगार विभाग - दुवईलगायत खाडी मुलुकमा जान नेपाल सरकारले तोकेको अधिकतम लागत भनेको ७० हजार रुपैयाँ हो । त्यो भन्दा घटीमा पनि पठाउन सकिन्छ । त्यसका लागि म्यानपावर कम्पनीहरुमा सोध्नुहोला । त्यो भन्दा बढी चैं तिर्नु पर्दैन ।
प्रश्न : मैले त्रिभुवन विश्वविद्यालयबाट इलेक्ट्रिकल ओभरसियर विषय पहिलो श्रेणीमा पास गरेको छु । म अहिले २२ वर्षको भएँ । अब म वैदेशिक रोजगारीमा जान चाहन्छु, तर मसँग कुनै सीप छैन । म जस्तालाई कुन कुन देशमा रोजगारीको राम्रो सम्भावना छ । लागत खर्चका बारेमा पनि जानकारी दिनुहोला । उत्तरः बलबहादुर तामाङ, अध्यक्ष, नेपाल वैदेशिक रोजगर व्यवसायी संघ - उहाँ जस्तो प्राविधिक विषय पढेको मान्छेले प्राविधिक क्षेत्रकै काम पाउनुहुन्छ ।
प्रश्न : म मिथिला मेनपावरबाट मलेशिया जाँदैछु । म इकापेन्टर भन्ने काममा १ लाख ४० हजार तिरेर जाँदैछु । यदि मैले अहिले त्यो पैसा तिरेर पछि नेपाल फर्किएर वैदेशिक रोजार विभागमा उजुरी गरें भने कति क्षतिपुर्ति पाउँछु । उत्तर : विनोद केसी, महानिर्देशक, वैदेशिक रोजगार विभाग - सर्वप्रथमत श्रम स्वीकृती पाएको हो कि होइन भन्ने कुरामा तपाईं एकिन हुन पर्छ । त्यो पैसा दिँदा तपाईं भरपाइ पाउन सक्नुहुन्छ कि हुँदैन । किनभने तपाईं गएर फर्किसकेपछि जुनसुकै विषयमा उजुरी दिँदा पनि प्रमाण चाहिन्छ
कतारमा स्पोर्टस डे (फोटो फिचर)
Ujyaalo
चर्चित ढुंगेल/दोहा
कतारमा मंगलबार राष्ट्रिय स्पोर्टस डे मनाइएको छ । स्पोर्टस डेमा महिला, पुरुष, बालबालिका तथा अपाङता भएका व्यक्तिहरुको सहभागिता थियो ।
शारिरीक तन्दुरुस्तीका लागि नागरिकलाई सचेत गराउने उद्देश्यले यो डे मनाइएको हो । यसमा कुल २ सय ७० स्पर्धामा खेलाडीहरुले सहभागिता जनाएका थिए ।
जसमा सामुदायिक र व्यवसायिक खेलाडीहरुको सहभागिता थियो । त्यही स्पोर्टस डेका केही तस्बिरहरु :
विदेशमा दुःख पाएकालाई नेपाली चेलीको साथ
बेल्जियममा मे १२ देखि १४ सम्म भएको सेमिनारमा मैले पनि सहभागी हुने मौका पाएँ । घरेलु कामदारको रुपमा लेबननमै रहेको बेला नारी गु्रपको तर्फबाट मलाई त्यहाँ जाने अवसर जुरेको हो । त्यहाँ अमेरिका, जापान, क्यानडा लगायत सम्पन्न देशका गन्नेमान्ने मान्छेहरुको जमघट थियो । झण्डै चारसय जनाको जमघटमा नेपाली म मात्रै थिएँ ।
लेबननमा घरेलु कामदार भएर काम गर्दाको अनुभव र समस्या समाधानको लागि विश्वभर आवाज पुर्याउने उद्देश्यले म त्यहाँ सहभागी भएको थिएँ । घरेलु कामदारले भोग्नुपर्ने नियती र कहानी सुन्दा सबैका आँखा नरसाउने कुरै थिएन । आफू र आफूजस्तै साथीहरुका अनुभव बाँड्न पाउँदा म के कुरामा खुशी भएँ भने सबैले समस्या समाधानको लागि प्रयास गर्ने आश्वासन दिनुभयो ।
लेबननमा दुईलाख घरेलु कामदार छन् । तीमध्ये म पनि एक हुँ । घरभित्र काम गर्ने हामी मुश्किलले मात्र घरबाहिर निस्कन पाउँछौं । हिसाब गर्ने हो भने ५ प्रतिशत मात्र घरबाहिर निस्कन पाइन्छ । ९५ प्रतिशत अवस्था कस्तो होला ? सेमिनारमा मैले यो जिज्ञासा राख्दा सबैले त्यो अवस्थाको सहजै अनुमान गरे ।
जेलमा जस्तो घरभित्रै निसासिएर काम गर्न बाध्य कामदारको उद्दार कसरी गर्ने उपाय के होला भनेर पनि मैले जिज्ञासा राखें । हामी महिला समूह भएतापनि हामीसँग उद्दारको लागि पहल र काम गर्ने अधिकार छैन । यस्तो बेला के गर्ने भनेर सल्लाह माग्दा कसैले पनि उपाय दिन सक्नुभएन । तर साथ दिन्छु भन्ने आश्वासन दिनुभयो । उहाँहरुले के सहयोग गर्नुपर्छ इमेल गर हामी तयार छौं भनेपछि केही आशा भने जागेको छ ।
म एउटा नेपाली नारीले मात्रै होइन, संसारका नारी जो हरेक देशमा दुस्ख र पीडासँग संघर्ष गर्न बाध्य छन् । सबैको व्यथा एउटै हो भनेर आवाज उठाउन पाउँदा गर्व लाग्छ । जबसम्म हामी एकजुट हुन सक्दैनौं, तबसम्म हामीले यस्तै यातना पाइरहने निश्चित छ । त्यसैले यसको लागि केही कदम चाल्नुपर्छ भन्ने मेरो धारणा छ ।
म एउटा घरेलु कामदार भएपनि भिसा लिनलाई समस्या परेन । युरोपियन युनियनले बोलाएको भनेर भन्ने बित्तिकै सजिलै भिसा पाउँदा निकै खुशी लाग्यो । एयरपोर्टमा पनि कुनै गाह्रो भएन ।
म नारी आवाजको प्रतिनिधि भनेर चिनाउन पाउनु झन् ठूलो खुशीको कुरा थियो । पेम्बा लामा र मेरी मालिक्नी काफाले हामीलाई नारी ग्रुपमा नसमेटेको भए मैले यस्तो अवसर पाउने थिइन । त्यसैले म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।
पहिले जति दुःख कष्ट गर्नुपरेपनि मलाई आफ्नो मालिक्नीले साथ दिनुभयो । उहाँको मनलाई परिवर्तन गराएर मजस्तै अरु दिदीबहिनीहरुको सहयोग गर्ने मौका मैले पाएको छु ।
हुन त अहिले पनि काम विहानदेखि बेलुकीसम्मै गर्नुपर्छ । खाना पकाउनेदेखि पुरै घर सफा गरेर भ्याउनुपर्छ । मजस्तै अरु दिदीबहिनीको व्यथा पनि उस्तै हो । त्यति धेरै कमाई पनि छैन ।
हुन त अहिले पनि काम विहानदेखि बेलुकीसम्मै गर्नुपर्छ । खाना पकाउनेदेखि पुरै घर सफा गरेर भ्याउनुपर्छ । मजस्तै अरु दिदीबहिनीको व्यथा पनि उस्तै हो । त्यति धेरै कमाई पनि छैन ।
यो सात वर्षसम्म कमाएको पैसा कहाँ गयो मलाई नै थाहा छैन । २०१० मा एकजना म्याग्दीको साथी ९अर्जुन राना ० जेल परे । यहाँ लेबननमा उनले मलाई दिदी मानेका थिए । भाइजस्तो मान्छे जेल परेको सुनेर निकै दुःख लाग्यो । उनले जेलबाट फोन गरेर दिदी खाना पाईंदैन, खानेकुरा ल्याइदिनुहोस् न भन्दा मन रुन्छ । हरेक हप्ता भेट्न जाँदा म खाना लिएर पुग्थें ।
त्यहाँ अर्का नेपाल नेत्र पुन पनि थिए । यसरी दुःख पाएका साथीहरुलाई खाना सहित भेट्न जाँदा खर्च हुन्छ । तर पनि सहयोग गर्न पाउनु पनि ठूलो कुरा हो । अरु दिदीबहिनीहरुले पनि दुःख पाएका नेपालीलाई यसैगरी सहयोग गर्नुहुन्छ ।
हामी नारी ग्रुपका सबै सदस्यहरुको तलब निकै कम छ । हामीले कोष स्थापना गरेर हरेक महिना ५ डलर जम्मा गर्दै आएका छौं । हाम्रो कमाई थोरै भएपनि खान पाएका छौं । तर कतिपय घरेलु कामदारले भेटपरी खान पाउनुहुन्न । उहाँहरुलाई सहयोग गर्नु नै हाम्रो उदेश्य हो ।
अन्त्यमा विदेश जान खोज्ने नेपाली दिदीबहिनीहरुलाई मेरो सल्लाह–पहिला भाषा सिक्नुहोस् । आत्मबल बढाउनुहोस् । तपाईंलाई जसले पठाउन लागेको हो, उसको बारेमा र सबै कागजत आफ्नो परिवारलाई पनि दिनुहोस् । काम गर्न जाने घरको मालिकको फोन नम्बर पनि दिनुहोस् । अनि लेबनन आउँदै हुनुहुन्छ हामी नारी ग्रुपका सदस्यको पनि फोन नम्बर लिनुहोस् । किनकी समस्या पर्दा सजिलो हुन्छ ।
हामीलाई सम्पर्कको लागि ००९६१७६०८४५५४ सुजना राना र ००९६१७६६२९२३३ लक्ष्मी क्षेत्री ।
Subscribe to:
Posts
(
Atom
)
Dish Home
आफ्नो कथा, तस्वीर र भिडियोहरु पठाउनुहोस्