सुजना राना, लेबनन –
बेल्जियममा मे १२ देखि १४ सम्म भएको सेमिनारमा मैले पनि सहभागी हुने मौका पाएँ । घरेलु कामदारको रुपमा लेबननमै रहेको बेला नारी गु्रपको तर्फबाट मलाई त्यहाँ जाने अवसर जुरेको हो । त्यहाँ अमेरिका, जापान, क्यानडा लगायत सम्पन्न देशका गन्नेमान्ने मान्छेहरुको जमघट थियो । झण्डै चारसय जनाको जमघटमा नेपाली म मात्रै थिएँ ।
बेल्जियममा मे १२ देखि १४ सम्म भएको सेमिनारमा मैले पनि सहभागी हुने मौका पाएँ । घरेलु कामदारको रुपमा लेबननमै रहेको बेला नारी गु्रपको तर्फबाट मलाई त्यहाँ जाने अवसर जुरेको हो । त्यहाँ अमेरिका, जापान, क्यानडा लगायत सम्पन्न देशका गन्नेमान्ने मान्छेहरुको जमघट थियो । झण्डै चारसय जनाको जमघटमा नेपाली म मात्रै थिएँ ।
लेबननमा घरेलु कामदार भएर काम गर्दाको अनुभव र समस्या समाधानको लागि विश्वभर आवाज पुर्याउने उद्देश्यले म त्यहाँ सहभागी भएको थिएँ । घरेलु कामदारले भोग्नुपर्ने नियती र कहानी सुन्दा सबैका आँखा नरसाउने कुरै थिएन । आफू र आफूजस्तै साथीहरुका अनुभव बाँड्न पाउँदा म के कुरामा खुशी भएँ भने सबैले समस्या समाधानको लागि प्रयास गर्ने आश्वासन दिनुभयो ।
लेबननमा दुईलाख घरेलु कामदार छन् । तीमध्ये म पनि एक हुँ । घरभित्र काम गर्ने हामी मुश्किलले मात्र घरबाहिर निस्कन पाउँछौं । हिसाब गर्ने हो भने ५ प्रतिशत मात्र घरबाहिर निस्कन पाइन्छ । ९५ प्रतिशत अवस्था कस्तो होला ? सेमिनारमा मैले यो जिज्ञासा राख्दा सबैले त्यो अवस्थाको सहजै अनुमान गरे ।
जेलमा जस्तो घरभित्रै निसासिएर काम गर्न बाध्य कामदारको उद्दार कसरी गर्ने उपाय के होला भनेर पनि मैले जिज्ञासा राखें । हामी महिला समूह भएतापनि हामीसँग उद्दारको लागि पहल र काम गर्ने अधिकार छैन । यस्तो बेला के गर्ने भनेर सल्लाह माग्दा कसैले पनि उपाय दिन सक्नुभएन । तर साथ दिन्छु भन्ने आश्वासन दिनुभयो । उहाँहरुले के सहयोग गर्नुपर्छ इमेल गर हामी तयार छौं भनेपछि केही आशा भने जागेको छ ।
म एउटा नेपाली नारीले मात्रै होइन, संसारका नारी जो हरेक देशमा दुस्ख र पीडासँग संघर्ष गर्न बाध्य छन् । सबैको व्यथा एउटै हो भनेर आवाज उठाउन पाउँदा गर्व लाग्छ । जबसम्म हामी एकजुट हुन सक्दैनौं, तबसम्म हामीले यस्तै यातना पाइरहने निश्चित छ । त्यसैले यसको लागि केही कदम चाल्नुपर्छ भन्ने मेरो धारणा छ ।
म एउटा घरेलु कामदार भएपनि भिसा लिनलाई समस्या परेन । युरोपियन युनियनले बोलाएको भनेर भन्ने बित्तिकै सजिलै भिसा पाउँदा निकै खुशी लाग्यो । एयरपोर्टमा पनि कुनै गाह्रो भएन ।
म नारी आवाजको प्रतिनिधि भनेर चिनाउन पाउनु झन् ठूलो खुशीको कुरा थियो । पेम्बा लामा र मेरी मालिक्नी काफाले हामीलाई नारी ग्रुपमा नसमेटेको भए मैले यस्तो अवसर पाउने थिइन । त्यसैले म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।
पहिले जति दुःख कष्ट गर्नुपरेपनि मलाई आफ्नो मालिक्नीले साथ दिनुभयो । उहाँको मनलाई परिवर्तन गराएर मजस्तै अरु दिदीबहिनीहरुको सहयोग गर्ने मौका मैले पाएको छु ।
हुन त अहिले पनि काम विहानदेखि बेलुकीसम्मै गर्नुपर्छ । खाना पकाउनेदेखि पुरै घर सफा गरेर भ्याउनुपर्छ । मजस्तै अरु दिदीबहिनीको व्यथा पनि उस्तै हो । त्यति धेरै कमाई पनि छैन ।
हुन त अहिले पनि काम विहानदेखि बेलुकीसम्मै गर्नुपर्छ । खाना पकाउनेदेखि पुरै घर सफा गरेर भ्याउनुपर्छ । मजस्तै अरु दिदीबहिनीको व्यथा पनि उस्तै हो । त्यति धेरै कमाई पनि छैन ।
यो सात वर्षसम्म कमाएको पैसा कहाँ गयो मलाई नै थाहा छैन । २०१० मा एकजना म्याग्दीको साथी ९अर्जुन राना ० जेल परे । यहाँ लेबननमा उनले मलाई दिदी मानेका थिए । भाइजस्तो मान्छे जेल परेको सुनेर निकै दुःख लाग्यो । उनले जेलबाट फोन गरेर दिदी खाना पाईंदैन, खानेकुरा ल्याइदिनुहोस् न भन्दा मन रुन्छ । हरेक हप्ता भेट्न जाँदा म खाना लिएर पुग्थें ।
त्यहाँ अर्का नेपाल नेत्र पुन पनि थिए । यसरी दुःख पाएका साथीहरुलाई खाना सहित भेट्न जाँदा खर्च हुन्छ । तर पनि सहयोग गर्न पाउनु पनि ठूलो कुरा हो । अरु दिदीबहिनीहरुले पनि दुःख पाएका नेपालीलाई यसैगरी सहयोग गर्नुहुन्छ ।
हामी नारी ग्रुपका सबै सदस्यहरुको तलब निकै कम छ । हामीले कोष स्थापना गरेर हरेक महिना ५ डलर जम्मा गर्दै आएका छौं । हाम्रो कमाई थोरै भएपनि खान पाएका छौं । तर कतिपय घरेलु कामदारले भेटपरी खान पाउनुहुन्न । उहाँहरुलाई सहयोग गर्नु नै हाम्रो उदेश्य हो ।
अन्त्यमा विदेश जान खोज्ने नेपाली दिदीबहिनीहरुलाई मेरो सल्लाह–पहिला भाषा सिक्नुहोस् । आत्मबल बढाउनुहोस् । तपाईंलाई जसले पठाउन लागेको हो, उसको बारेमा र सबै कागजत आफ्नो परिवारलाई पनि दिनुहोस् । काम गर्न जाने घरको मालिकको फोन नम्बर पनि दिनुहोस् । अनि लेबनन आउँदै हुनुहुन्छ हामी नारी ग्रुपका सदस्यको पनि फोन नम्बर लिनुहोस् । किनकी समस्या पर्दा सजिलो हुन्छ ।
हामीलाई सम्पर्कको लागि ००९६१७६०८४५५४ सुजना राना र ००९६१७६६२९२३३ लक्ष्मी क्षेत्री ।
No comments :
Post a Comment