हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

रातु खोलाले बुलेरो बगायो, तीनै जना पौडेर बाँचे

No comments :

पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी र धनुषाको सीमामा पर्ने रातुखोला शनिबार साँझ आएको बाढीले एक बोलेरो जीप बगाएको छ। शनिबार साँझ आकस्मात परेको पानीको कारण रातु खोलामा आएको बाढीले ना २ च ४११० नम्बरको बोलेरो जिप बगाएको हो। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत महोत्तरी र धनुषाको सीमामा पर्ने रातुखोलाको पुल भाँसिएपछि पुल मुनी बनाईएको ड्राईभर्सनबाट खोला पार गर्दै गर्दा खोलामा एक्कासी आएको बाढीले बोलेरो जिप बगाएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। जिप बाढीले बगाएपनि चालकसहित त्यसमा सवार तीन यात्रुले पौडेर ज्यान जोगाउन सफल भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी उपरीक्षक हरीप्रसाद शार्माले जानकारी दिए। बोलेरो जिपमा सवार रौतहट गौर नगरपालिका जिगर्वा घर बताउने अन्जुरी इस्लामले भने,'बीच खोलामा गाडी आएपछी एक्कासी बाढी आयो हामी बल्ल तल्ल पौडेर बाच्यौ, अल्लाहले हामीलाई बचाँउनुभयो।' दुई दिनपछि ईस्लामिक पढाईको साउदी अरब जाने तयारीमा रहेको उनी आफू बाच्नुमा अल्लाहको ठूलो हात रहेको बताए। शनिबार साँझ चुरे क्षेत्रमा भएको अबिरल बर्षाको कारण खोलामा आकस्मात बाढी आएको प्रहरी नायव उपरीक्षक शर्माले जानकारी दिदै साँझबाट नै खोलामा पानीको बहाब बढन थालेपछि यातायात सञ्चालनमा रोक लगाएको बताए। जनकपुरस्थित सडक डिभिजन कार्यालयले ड्राईभर्सन प्रयोग गरी मालबाहक सवारी साधन स्काईभेटरको माध्यमबाट वार पार गराईदै आईएको त्यो प्रभाबकारी हुनसकेको छैन्। सडक खुलाउन ड्राईभर्सन बनाउन तीन चार वटा स्काईभेटर प्रयोग गरिएको देखिएता पनि उपलब्धिमुलक हुन सकेको छैन भने लगातारको वर्षाले साउन २८ गतेदेखि सो सडकखण्डमा यातायात अवरुद्ध हुँदै आएको छ। विगत १० दिनदेखि रातु खोलाको पुल भासिई अवरुद्ध बनेको राजमार्ग खुलाउन सडक डिभिजनको सुस्त कार्यशैलीका कारण खोलामा ड्राईभर्सन निर्माण गर्ने कार्यले अझै पुर्णता पाउन सकेको छैन्। यता जनकपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख देवेन्द्र साहले चुरे क्षेत्रमा हुने बर्षाले खोलामा दिनहुँ जसो पानीको बहाव बढीरहने भएकोले डाइभर्सन निमार्णको काम समेत प्रभावित हुने गरेको बताए। राजमार्गबाट आवागमन ठप्प हुँदा महोत्तरी र धनुषा दुवै तर्फ सयौको संख्यामा मालबाहक ट्रकहरु रोकिएका छन्। राजमार्ग अवरुद्ध हुदाँ असक्क्त,बिरामी, बृद्ध, र बालबालिकाहरुलाई समेत समस्या पर्ने गरेको छ। यसैबीच शनिबारको बाढीले खोलामा निर्माणाधिन डाइभर्सन समेत बगाएको छ।

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home