सुबिन भट्टराई
कोठामा आएँ । मन रोटेपिङ भयो । चक्कर आउन्जेल घुमिरहृयो । साया, अतीत अनि सुस्मिता चकचके केटाकेटीझैँ मस्तिष्कमा खुर्रर दौडिरहे ।
सायासँग सुस्मिताको नम्बर मागेको थिएँ । फोन लगाएँ ।
फोन अफ थियो ।
अर्को दिन फेरि प्रयास गरेँ । अफै थियो ।
चार-पाँच दिनसम्म लगातार फोन लगाएँ । फोन अफको अफै थियो ।
अतीतलाई एउटा मेल सेन्ड गरेँ, कतै उसलाई सुस्मिताका बारेमा केही जानकारी छ कि भनेर । एक हप्ता कुरेँ, तर उसको कुनै रिप्लाइ आएन ।
जे पर्ला-पर्ला, आँट गरेर धनगढी हानिऊँजस्तो लाग्यो । सुरूमा आँट जुटाउन सकिनँ । आ, जेसुकै होस्, मलाई केको टाउको दुखाइ ! बित्थामा अर्काको समस्यामा परेर मलाई के ?
त्यसपछि सुस्मितालाई भेट्ने योजनालाई योजनामै सीमित गराइदिएँ ।
तर पछि के-केले हो म जान उक्सिएँ । सुस्मिताले सायद आफ्नो नम्बर चेन्ज गरेकी होली । त्यसैले सजिलै उपलब्ध हुन सकिन । अतीतको धनगढीको अफिस पत्तो लगाउन गाह्रो थिएन । त्यहाँ पुगे सुस्मिता भेटिइहाल्थी । एकपटक उसका कुरा धुत्न पाए सब कुरा छर्लङ्ग हुँदो हो ।
गएँ नयाँ बसपार्क अर्को दिनको टिकट लिनलाई भनेर । तर त्यहाँ गएपछि बुझियो, कैलाली बन्द रहेछ ।
हरेक दिन फोन गरेर सोध्थेँ, बन्दको बन्दै ।
तीन दिनपछि मात्र खुलेको जानकारी पाएँ । तर फेरि कुनै पनि बेला बन्द हुन सक्छ भन्ने हल्ला पनि व्याप्त थियो । जोखिम लिएरै हिँडेँ ।
भोलिपल्ट धनगढी पुग्नासाथ कतै केही नगरीकन सीधै अतीतको अफिस गएँ ।
भोलिपल्ट धनगढी पुग्नासाथ कतै केही नगरीकन सीधै अतीतको अफिस गएँ ।
पानी स्यार्र परेको थियो । एउटा छाता बोकेको थिएँ । थेगेन । ठाउँ-ठाउँमा भिजेको थिएँ । बाटो पनि पूरै हिलैहिलो थियो । हिँड्दाखेरि त्यै हिलो उछिट्टएिर मेरो कालो रङ्गको पाइन्टको आधा जति भागसम्म हिलोका छिटाहरु आफ्नै जुत्ताले उछिट्टएिर लागेको थियो ।
धनगढीमा आफन्त पनि कोही थिएनन् । झोला बिसाउने ठाउँसम्म थिएन । तैपनि पहिला कुनै होटल खोजेर झोला बिसाउनु थियो । तर आफ्नै कामको हतारोले आफूलाई कामबाहेक अन्य केही कुरामा मन लगाउन दिएन ।
उसको अफिसभित्र छिर्ने बेलामा आफैँलाई देखेर लाज लाग्यो । म यो कहाँ के गरिरहेछुझैँ लाग्यो । एउटी अपरिचित केटीलाई भेट्न पूरा रात बसमा बसेर यति लामो दूरी पार गरेर म धनगढी पुगेको छु । मान्छेेले सोचे भने के भन्लान् मलाई ?
उसको अफिसको गेटमा छिर्दा मन नमज्जाले चुकचुकाइरहेको थियो । के भनेर सुस्मितासँग फेस गर्ने ? कसरी सुरू गर्ने कुरा ? के ऊ मसँग उघ्रेली ? मेरा प्रश्नहरुको ठीक-ठीक जवाफ देली ?
जे हो वास्तविकता त्यै भन्छु । केही लुकाउन्नँ । यही सोचेर म उनीहरुको अफिसमा पूरै आत्मविश्वाससाथ छिरेँ ।
छिर्नासाथ रिसेप्सनमा एउटी केटी कम्प्युटरको माउससँग खेलिरहेको देखेँ । सायद सुस्मिता त्यही हुनुपर्छ ।
केटी केही गहुँगोरी, लाम्चो अनुहार, थेप्चो नाक, कैलो कपाल भएकी थिई ।
म उसको अगाडि परेर भनेँ, ‘सुस्मिताजी !’
‘हजुरले कसलाई खोज्नुभा होला ?’ उसले माउसबाट आफ्नो हात झिकी अनि अनुहार मोनिटरबाट पूरै मतिर मोडेर भनी ।
‘तपाईंलाई नै,’ मैले सोधेँ, ‘तपाईं सुस्मिताजी होइन ?’
‘तपाईंलाई नै,’ मैले सोधेँ, ‘तपाईं सुस्मिताजी होइन ?’
‘सरी, म सुस्मिता होइन त ।’
मलाई ऊ सुस्मिता नभएकोमा ग्लानि भयो । मलाई ग्लानि भयो, आफू ओभरस्मार्ट भएर उसलाई सुस्मिता भन्ठानेकामा ।
मैले भनेँ, ‘सुस्मिता जो यहाँ अगाडि रिसेप्सनिस्ट हुनुहुन्थ्यो, म वहाँलाई खोज्न आएको ।’
उसले मलाई ठयाक्कै आफू बसेको दायाँतिरको क्याबिन देखाउँदै भनी, ‘ऊ त्यो क्याबिनमा भएको सरलाई सोध्नुस् न एकपटक ।’
म गाला रातो पारेर उसलाई ‘सरी,’ भन्दै उसले देखाइदिएको क्याबिनतिर गएँ ।
म गाला रातो पारेर उसलाई ‘सरी,’ भन्दै उसले देखाइदिएको क्याबिनतिर गएँ ।
क्याबिनमा थियो रामप्रीत र अरु दुई जना स्टाफ । रामप्रीतलाई चिन्न मैले भूल गरिनँ ।
उसलाई त्यही कोठाको एउटा गोप्य कुनो सिर्जना गरेर सोधेँ सुस्मिताका बारेमा ।
उसले मलाई यथार्थ विवरण सुनायो ।
सुस्मिता सिद्धार्थ बैंकमा काम गर्न थालिछ । धेरै भइसकेको रहेछ उसले त्यो अफिस छाडेको । धन्न, रामप्रीतलाई जानकारी रहेछ । नत्र मेरो यो यत्रो यात्रा सब व्यर्थ जानेवाला थियो ।
रामप्रीतसँग छुट्टएिर म लागेँ सिद्धार्थ बैंकतर्फ । पानी परेको पर्यै थियो । रिक्सा चढेर झन् भिज्न मन लागेन । पैदलै हिँडेँ । त्यतिकैमा एउटा रिक्सावाला छैवैमा आयो र कहाँ जाने भनी सोध्यो ।
मैले पहिलोचोटि आफू भिजेर यात्रा गर्न नचाहेको भन्दै रिक्सावालालाई पूरै इग्नोर गरेँ ।
उसले पुनः दोस्रोपल्ट नभिजाई लैजाने भन्दै रिक्साको हुड उघार्यो र सिट पुछिदियो ।
मलाई रिक्सावालाको माया लागेर आयो । उसको आग्रह टार्न सकिनँ । चढेँ रिक्सा । तर उसले भनेबमोजिम पानीबाट पूरै जोगिन सकिनँ ।
‘भिजियो नि त दाइ,’ मैले अलिअलि आफ्नो शरीरमा चुहिएको पानी पन्छाउँदै भनेँ ।
उसले भन्यो, ‘हजुर अलिअलि त छातै ओढर हिँड्दा पनि भिजिहाल्नुहुन्थ्यो ।’
बैंक अगाडि रिक्सा रोकियो । पैसा दिएर बैंक छिरेँ ।
गार्डलाई सोधेँ ।
तर अपसोच सुस्मिता त्यस दिन छुट्टीमा रहिछे ।
घर उसलाई थाहा नभएको बतायो ।
त्यसै त्यसै दिक्क लागेर आयो । सारा प्लान चौपट । के गरुँ के गरुँको द्वन्द्वमा फसेँ । अल्छी मान्दै त्यहाँबाट निस्किएँ ।
बाहिरपट्टी त्यही अघिको रिक्सावाला तैनाथ थियो ।
‘जाऊँ साथी होटल,’ मैले रिक्सावालालाई भनेँ ।
ऊ खुसी हुँदै फेरि सिट साफ गर्न थाल्यो ।
रिक्सामा जाँदै गर्दा मैले योजना बनाएँ भोलिपल्ट सुस्मितालाई फस्ट आवरमै भेटेर, दिउँसो तीन बजेतिरको बसमा काठमाडौं फिर्ता हुने । साथी होटलमा गएर त्यस रात आराम गरेँ । पानी घट्ने नामै लिइरहेको थिएन, बरू अझ बढ्दो थियो । बाढी, पहिरोका समाचार मिडियामा छयाप्छयाप्ती थिए ।
भोलिपल्ट सुस्मिता फेला परी । उसको अफिस पुग्दा यस्तै एघार बजेको थियो । अघिल्लो दिन देखिएकी केटीभन्दा यो सुस्मिता अलिक डल्ली डल्ली, गोलो अनुहार भएकी तर गोरी केटी थिई । उसका आँखा एकमदै चञ्चल प्रकृतिका ठूल्ठूला, जो कोहीलाई पनि लोभ्याइ हाल्ने खालका । तिनमा बडो लोभलाग्दै पाराले गाजल लगाइएका थिए । दायाँ गालामा अलिअलि पिम्पल थिए, तर ती उसको सुन्दरतामा कुनै पनि किसिमको खलल पुर्याउने कोटिका थिएनन् ।
उसलाई नढाँटी आफ्नो परिचय दिएँ र भेट्नुको उद्देश्यबारे तुरून्तै खुलाइहालेँ ।
उसले दिउँसो तीन बजेयता आफूलाई फुर्सद नहुने बताई ।
एकपटक मैले रिक्वेस्ट नै गरेँ ।
तर तीन बजेयता क्यै गरे पनि फुर्सद नभएकै बताई ।
‘बरू तीन बजेपछि म तपाईंलाई जति भन्नुहुन्छ त्यति नै समय दिन तयार छु ।’ मुस्कुराउँदै भनी, मानौंं म उसको कुनै क्लाइन्ट नै हुँ ।
‘ठीकै छ,’ आफ्नै मनलाई सम्झाएँ, ‘आजको साटो भोलि र्फकन्छु काठमाडौं । यत्रो दिन त धैर्य राखियो ।’
‘ठीकै छ,’ आफ्नै मनलाई सम्झाएँ, ‘आजको साटो भोलि र्फकन्छु काठमाडौं । यत्रो दिन त धैर्य राखियो ।’
तीन बजेसम्म के गर्ने ? गएँ साथी होटलमा र सुतेँ एक निद्रा । कतै निस्किन पनि मन लागेन । सिनेमा हेरेर समय काट्ने एउटा अप्सन त थियो तर निष्पट्ट झरीले गर्दा त्यतापट्टी मन गएन ।
र सवा तीनमा म आफूलाई ठयाक्कै सुस्मिताका अघिल्तिर पाउँछु ।
(सुबिन भट्टराई को उपन्यास समर लभको सिक्वेल ‘साया’ बाट)
-onlinekhabar
No comments :
Post a Comment