कार्यालय भित्रै सेवाग्राहीहरुसँग घुस लिईरहेको भिडियो सार्वजनिक भएपछि मालपोत कार्यालय धनुषाका एक कर्मचारी कारबाहीमा परेका छन् ।
कारबाहीमा पर्नेमा कार्यालयका तामेली फाँटका खरिदार तृपित झा छन् ।
खरिदार झालाई तत्कालै कामको जिम्मेवारीबाट हटाएर र विभागीय कारबाही गरिएको मालपोत कार्यालयका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिनुभयो । प्रमुख कार्कीका अनुसार झामाथि अन्य कारबाहीको लागि प्रकृया अगाडी बढाईएको छ ।
गत भदौ १८ गते कार्यालयमा सेवाग्राहीसँग काम गरिदिए वापत घुस लिईरहेको बेला उज्यालो सहकर्मी शैलेन्द्र महतोले उनलाई फेला पारेका थिए । उनले घु लिइरहेको भिडियो सहितको समाचार उज्यालो अनलाइनमा प्रकाशित भएपछि खरिदार झालाई कारबाही गरिएको हो ।
समाचार प्रकाशनभए लगतै धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले खरिदार झालाई आवश्यक कारबाहीको लागि मालपोत कार्यालयलाई निर्देशन दिनु भएको थियो । प्रजिअ ढुंगानाले निर्देशन दिएलगतै मालपोत कार्यालयले भदौ १९ गते खरिदार झासँग २४ घण्टे अल्टिमेटम सहित लिखित स्पष्टीकरण माग गरेको थियो ।
खरिदार झा आउदो आश्विन १ गते अवकास पाउने कर्मचारी हुन् । खरिदार झाले सेवाग्राहीसखरिदार झामाथि कारबाही भएपछि धनुषाको मालपोत लगायत अन्य कार्यालयका कर्मचारीहरु आतंकित भएका छन् भने सेवाग्राहीहरुलाई अनाहकमा सास्ती पार्ने क्रम पनि बढेको छ ।
No comments :
Post a Comment