हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

म्याराडोनाका भाल्डानो, मेसीका हिग्विन

No comments :

ब्राजिलिया– अर्जेन्टिनी टोली लियोनेल मेसीमा निर्भर रहेको विश्वास गोन्जालो हिग्विनले बेल्जियमसँगको खेलमा गरेको एउटै प्रहारले गलत सावित गरिदिएको छ। सर्बियाविरुद्ध दोस्रो हाफमा छिरेका हिग्विनले त्यसपछिका तीन खेलमा कुनै गोल नगर्दा आलोचनाको पात्र बनेका थिए। तर शनिबार ब्रासिलियामा गोल गर्न उनलाई ८ मिनेटमात्र लाग्यो। एन्जल डी मारियाले दिएको पास बेल्जियमका रक्षक यान भेर्टोन्घेनलाई डिफ्लेक्ट भयो। २६ वर्षे हिग्विनले आफू अगाडी आएको बललाई भलीमार्फत पहिलो प्रहारमा कुनै चापेर सानदार गोलमा परिणत गरे। कुर्कुच्चामा चोट लागेका कारण विश्वकपअघि एक महिना थन्किएका हिग्विन ब्राजिलमा यसअघि सामान्य खेलाडी जस्तोमात्र देखिएका थिए। तर अर्जेन्टिनालाई बेल्जियमसँगको खेलमा अग्रता दिलाएपछि उनलाई प्रमूख खेलाडीको रुपमा हेर्न थालिएको छ। यो गोलले गत सिजनमा नेपोलीबाट खेल्दा इटालीयन सिरी 'ए' मा १७ गोल गरेको प्रदर्शनलाई सम्झाएको छ। गोलपछि उनले अर्को राम्रो अवसर बनाएका थिए। बेल्जियमका कप्तान भिन्सेन्ट कोम्पनीलाई जिल्याउदै उनले बल अगाडी बढाइ गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो। हिग्विन म्यान अफ द म्याचमा चुनिएसँगै प्रशिक्षक अलेहान्द्रो साबेला उनको प्रशंसा गर्न लागि हाले, 'उनी दौडिएर मैदान भरी छाए, उनले टोलीका साथीहरुलाई धेरै सहयोग गरे र निकै महत्वपूर्ण गोल गरे, स्ट्राइकरबाट गर्ने आशा यिनै हुन्।' बेल्जियमसँगको खेल अगाडी साबेलाले अर्जेन्टिना मेसीमामात्र भर परेको भनेर एकोहोरो आलोचना खेपिरहेका थिए। तर हिग्विनको प्रदर्शन पछि अर्जेन्टिनाका १० नम्बर जर्सीधारी मात्र गोलका लागि खुबी भएका खेलाडी हुन भन्ने रहेन्। डी मारिया र सर्जियो अग्विरो चोटका कारण बुधबार नेदरल्यान्ड्सँग सेमिफाइनल खेल्ने निश्चित नभएका बेला हिग्विन गोल गर्ने लयमा फर्केकोमा साबेला खुसी छन्। साबेलाले भने, 'मलाई हिग्विनमाथी विश्वास छ।' बेल्जियमसँगको खेलको ३३औं मिनेटमा डी मारिया तिघ्रामा चोट लागि मैदान छाडेका थिए। अग्विरो नाइजेरियासँगको समूह चरणको खेलमा घाइते भएयता खेलेका छैनन्। ३५ खेलमा ४ गोलमात्र गर्न सकेका कारण इजेक्विल लाभेजीसँग गोलको भोकोपना देखिएको छैन्। हिग्विनले आफ्ना कठिन दिनहरु पनि विर्सेका छैन्, जब रियाल मड्रिडमा उनको स्थान करिम बेन्जेमाले लिएका थिए। तर विश्वकपमा लय समात्छु भन्नेमा हिग्विनलाई शंका थिएन्। 'मलाई मेेरो क्षमतामाथी विश्वास छ। प्रशिक्षक र अन्य प्राविधिक स्टाफ पनि मेरो क्षमतामा विश्वास गर्छन, मेरो लागि यो नै मुख्य विषय हो,' हिग्विनले भने, 'म सेमिफाइनलको बारेमा सोच्न थालिसकेको छु। हामीसँग इतिहास बनाउन दुई खेलमात्र बाँकी छन्।' १९८६ मा विश्वकप जिताउदा डिएगो म्याराडोना छाएका थिए। उनले ५ गोल गर्दै ५ गोलका लागि अवसर बनाएका थिए। मेसीको चर्चा र प्रदर्शन अहिले त्यसैसँग जोडिएको छ। जर्ज भाल्डानो भन्ने म्याराडोनासँग यस्ता खेलाडी थिए, जसले अर्जेन्जिनालाई विश्वकप जिताउन सहयोग गरेका थिए। हिग्विन अहिले मेसीका त्यस्तै सहयोगी बन्न खोजिरहेका छन्, जसले भाल्डानोको समयलाई प्रमाणित गर्न खोज्दैछन्। १९८६ को विश्वकपमा प्रशिक्षक कार्लोस बिलार्डोले भाल्डानोलाई ५–३–१–१ को शैलीमा एक्लो स्ट्राइकर खेलाउथे। भाल्डानो पछाडी रहेर म्याराडोना खेल्दथे। अग्रपंक्तिमै रहे पनि मेसी अहिले प्राय जसो हिगुइनको पछाडी रहेर खेल्छन्। रियाल मड्रिडबाट खेल्ने भाल्डानोले प्रतियोगितामा ४ गोल गरे, जसमा फाइनलमा जर्मनीविरुद्ध गरेको १ गोल पनि सामेल छ। भाल्डानो २००९ मा प्रवन्ध निर्देशक भएर रियाल मड्रिड फर्किएका थिए। ६ वर्ष रियालबाट खेलेका हिगुइन गत वर्ष इटाली लागेका थिए। २८ वर्ष अघि भाल्डानोले विश्वकपमा जे भूमिका निर्वाह गरे, त्यसलाई स्वीकार्न हिग्विन तयार छन्।

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home