हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

बहुचर्चित हेटौडा काठमाण्डौं सुरुङ मार्गको निर्माणकार्य वर्षायाम सकिएलगत्तै शुरु हुने

No comments :

हेटौँडा । नेपाल पूर्वाधार कम्पनीका अध्यक्ष कुशकुमार जोशीले बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङ्ग मार्गको निर्माणको महत्वपूर्ण काम बर्षायाम पश्चात शुरु हुने बताउनुभएको छ । प्राबिधिक र प्रशासनिक कारण निर्माणमा एक बर्ष ढिलाई भएको भन्दै निर्माणको मुख्य काम शुरु भएपछि निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने समेत बताउनुभयो । सुरुङ्ग मार्गको कुल लागतको ८० प्रतिशत रकम ऋण लिने तयारीमा रहेको र चाँडै बिदेशी लगानीकर्ताको टोली स्थलगत भ्रमणका लागि मकवानपुर आउने उहाँले जानकारी दिनुभयो । सडक मार्गका लागि जग्गा अधिग्रहण प्रकृया शुरु भएको र जग्गा पाउने वित्तिकै काम शुरु हुने उहाँले बताउनुभयो । सडक मार्गको कुल लगानी ३५ अर्ब मध्ये २८ अर्ब ऋण सम्झौता भएको तीन महिनाभित्र ऋण प्राप्त हुने बताईएको छ । अपुग सात अर्बको जोगाडमा कम्पनी लागेको भन्दै तीन अर्ब रकम संकलन भईसकेको अध्यक्ष जोशीले जानकारी दिनुभयो । जसमध्ये जापानको टीबीआई होल्डिङ्स कम्पनी लिमिडेले एक अर्ब रुपैँयाको शेयर खरिद गरेको कम्पनीले जनाएको छ । कम्पनीको काम कारबाही पारदर्शी रहेको दाबी गर्दै उहाँले लगानीकर्तालाई दिग्भ्रमित पार्ने काम नगर्न सम्वन्धित सबै पक्षलाई आग्रहपनि गर्नुभयो । सुरुङ मार्गको नाममा ठगी गरेको भन्ने आरोप प्रकृयागत रुपमा आए जवाफ दिन आफुहरु तयार रहेको जिकिर गर्दै उहाँले चित्त नबुझे उजुरी गर्न पनि अनुरोध गर्नुभयो । सुरुङ मार्ग निर्माण पछि सबैभन्दा बढी मकवानपुर जिल्ला लाभान्वित हुने भएकोले यहाका सरोकारवाला बढी जुर्मुराउनु पर्ने उहाँको धारणा थियो । चार लेनको सडक र तीन वडा टनेल रहने हेटौँडा–कुलेखानी–काठमाडौँ सडकको लम्बाई ५८ किलोमिटर रहेने छ । चार बर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको सुरुङ्ग मार्ग सञ्चालनमा आएपछि एक घण्टामा नै हेटौँडा–काठमाडौँ आवत जावत गर्न सकिने कम्पनीको दाबी छ । सुरुङ मार्ग प्रयोग गरेबापत सवारी साधनबाट शुल्क उठाउन सरकारबाट अनुमती पाउने कम्पनी पहिलो हो ।

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home