हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

कुलेखानीमा टाटासुमो दुर्घटना, २ जनाको मृत्यु

No comments :

मिति : २०७१ असार, २२ आइतबार हेटौंडा : सर्लाहीको लालबन्दीबाट काठमाडौं जाँदै गरेको टाटासुमो मकवानपुरको कुलेखानीमा दुर्घघना हुँदा २ जना यात्रुको मृत्यु भएको छ भने सुमोमा यात्रा गरिरहेका १० जना यात्रु घाइते भएका छन्। सर्लाही राजघाटाका घनश्याम बिष्टको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घट्नास्थलमै मृत्यु भएका मृतकको सनाखत हुने नसकेको मकवानपुरका प्रहरी उपरीक्षक गणेशबहादुर एेरले जानकारी दिएका छन्। सुमोमा यात्रा गरिरहेका ५ महिला, ३ पुरु ष र २ बालिका घाइते भएका छन्। घाइतेको स्थानीय तथा प्रहरीले उद्दार गरी उपचारका लागि काठमाडौं पठाएको प्रहरी उपरीक्षक एेरले जानकारी दिए। ना १ ज ४२५५ नम्बरको सुमो सडकबाट २० मिटर तल खसेको प्रहरीले बताएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home