हास्य श्रृङ्खला मेरी बास्सैका निर्देशक तथा कलाकार सीताराम कट्टेल धुर्मुस अब तीतो सत्यमा देखिने भएका छन् । तीतो सत्यमा उनले अभिनय गरेको अंक विहीबारदेखि प्रसारण हुदैछ ।
मंगलबार बानेश्वरमा तीतो सत्यको सुटिङ युनिटसँग भेटिएका कट्टेलले नेकपा एमालेका नेता केपी शर्मा ओलीको नक्कल गर्दै डायलग बोल्दै थिए । उखान टुक्के नेता भन्छन् तपाईलाई, कसरी बन्नुहोला त अध्यक्ष ? कथानक भित्रै पत्रकारको प्रश्नमा उनले गज्जबले हँसाए । ‘मुक्का भन्दा त उखान टुक्का नै ठीक छ नि अनि फेरि अध्यक्ष बन्न कुस्ती नै खेल्नुपर्ने हो ?’
बिहीबार प्रसारण हुने तीतो सत्यको श्रंखलामा एमाले नेता माधवकुमार नेपाल र केपी शर्मा ओली बीचको जुहारीलाई देखाउन खोजिएको छ । माधवकुमार नेपालको भूमिकामा भने कमल सेढाईलाई देख्न पाइनेछ । कथाको चरित्र अनुसार सीतारामलाई नै खेलाउनुपर्ने भएकाले उनलाई बोलाइएको तीतो सत्यका निर्देशक दीपकराज गिरीले बताउए । सीतारामको भूमिका एक हप्ताको लागि मात्रै हो या अझै थपिन्छ भन्ने विषयमा उनले बताउन चाहेनन् ।
‘नौ बर्षपछि तीतो सत्यमा फेरि अभिनय गर्ने मौका मिलेको छ निकै खुशी छु’ सीताराम भन्छन् ‘सुरुवाती दिनहरुमा तीतो सत्य खेल्नको लागि रिफ्लेक्टर, लाइट बोक्नेहरुको लाइनमा सबैभन्दा अगाडि हुन्थे म ।’
उनले बिगतका दिनहरु सम्झिए ‘मेरा अभिनय प्रतिको रुचि देखेर दीपक दाई, दीपा दिदीले मलाई मौका दिनुहुन्थ्यो, आज यो स्थानसम्म आइपुग्नमा तीतो सत्यको पनि ठूलो भुमिका छ’ सीतारामको भनाई लाई आधार मान्ने हो भने तितो सत्यले धेरै कलाकारहरुलाई जन्म दिएको छ । यता, मेरी बास्सै अब बन्द भएको हो त ? भन्ने प्रश्नमा उनको जवाफ यस्तो छ ‘सम्भवत यही हप्तादेखि हामी पुन सुटिङ थाल्छौ होला ।’ मिडिया हबसँग रकमको कुरा नमिलेपछि बिगत २–३ महिनादेखि मेरी बास्सै र जिरे खुर्सानीको नयाँ भागहरु प्रसारण भएका छैनन् ।
No comments :
Post a Comment