उज्यालो ।
बर्दिया, भदौ २० - पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिया निकुञ्ज भित्र कुँवा भार नजिक राजमार्गको कल्भर्ट किनारमा बनाईएको बैकल्पिक सडक भत्किँदा यातायात अवरुद्ध भएको छ ।
बिहीबार बेलुकी पानी परेपछि निकुञ्ज भित्रबाट आएको बाढीले अम्रेनी चेक पोष्टदेखि ५ किलोमिटर पश्चिमतर्फ राजमार्गमा पर्ने कल्भर्ट किनारमा ह्युमपाइप राखेर बनाईएको बैकल्पिक सडक पनि भत्किँदा यातायात अबरुद्ध भएको हो ।
राजमार्ग भत्किएर पश्मिबाट पूर्व र पूर्वबाट पश्चिमका लागि हिँडेका यम्बुलेन्ससहित ५० बढी गाडी बाटोमा ने रोकिएका छन् । गाडी अबरुद्ध हुँदा यात्रु पनि अलपत्र परेका छन् । अबिरल वर्षाका कारण गत साउन २९ गते राजमार्गको यसै ठाउँको कल्भर्ट भत्किँदा दुई हप्ता यातायात अबरुद्ध भएको थियो ।
No comments :
Post a Comment