हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

लाहुरेसँग विहे गर्न हिँडेकी युवती बेपत्ता प्रकरण : प्रहरीले मुद्दा दर्ता नगरेको आरोप

No comments :
दुर्गाप्रसाद शर्मा/उज्यालो ।
 पर्वत, भदौ १८ - जिल्ला प्रहरी कार्यालय स्याङजाले मानव ओसारपसार तथा बेचबिखन सम्बन्धी गम्भीर अपराधको मुद्दा दर्ता गर्न नमानेको एक बेपत्ता युबतीका परिवारले आरोप लगाएका छन ।
लाहुुरे  प्रेमीको बिश्वासमा बिबाहका लागि हिडेकी पर्वतको भंगारा – १ की सिता क्षेत्रीलाई प्रेमीले बेचबिखन गरेको भन्दै आफन्तले दिएको मानव ओसारपसार तथा बेचबिखन सम्बन्धी मुद्दा प्रहरीले दर्ता नगरेको हो ।
प्रेमीले आफूले बिहे नगरेको बताएपछि बेचबिखत गरेको हुन सक्ने देखिएकाले प्रहरीमा दिएको निबेदन दर्ता नगरेको सिताका काका होमबहादुर पौडेल क्षेत्रीले बताउनुभयो ।
पर्वतमा प्रहरीले अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिएका ब्यक्ति समेत स्याङजा प्रहरीले दबाबका भरमा छाडेको आरोप क्षेत्रीले लगाउनुभयो । ‘प्रहरीले हाम्रो निबेदन त लिएन, अनुसन्धानका लागि राखिएका ब्यक्तिलाई समेत प्रमाण नपुगेको भन्दै छाड्यो’ पौडेलले भन्नुभयो ‘यसमा आर्थिक चलखेल वा दबाबमा प्रहरी परेको हुनुपर्छ ।
भारतीय सेनामा कार्यरत पर्वतको थापाठाना गाबिस वडा नं २ का प्रेमी मिलन भन्ने मनबहादुर क्षेत्रीले  बिबाह गर्न भनि साउन १५ देखि घरबाट लिएर हिँडेकी सितालाई प्रेमीले आफूले बिबाह नगरेको बताएपछि उनको खोजी भैरहेको छ । स्याङजाको आरुचौर गाबिसमा पर्ने बयलेबजारमा पसल गर्दै आएकी सिता आफ्ना प्रेमीसँग बिबाहका लागि हिँडेको पत्र  लेखेर साउन १५ गते राती हिड्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले मिलनका बाबु ताराबहादुर, आमा , दाजु र एक युबती समेतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि घटनास्थल स्याङजा जिल्ला रहेको भन्दै स्याङजा पठाएको थियो ।
तर जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी नायब उपरिक्षक बुद्धि गुरुङले मानब बेचबिखन मुद्दा दर्ता गर्नका लागि प्रमाण नपुगेकाले तारेखमा राखेर अनुसन्धान भैरहेको बताउनुभयो । ‘मेखराजले प्रहरीमा दबाबका भरमा बयान गरेको देखिएकाले त्यसलाई बिश्वास मानेनौं’ उहाँले भन्नुभयो ।
प्रमुख गुरुङले ती युबतीको मिलन र अर्का एक युवकसँगसमेत बारम्बार टेलिफोन सम्पर्क भएको देखिएकाले अर्को यूवासँग बिबाह गरेको हुन सक्ने आशंकामा अनुसन्धान सुरु गरिएको जानकारी पनि दिनुभयो 

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home