हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

भोटिङ मेशिनबारे विवाद : ओली विद्युतीय मतदानको पक्षमा, नेपाल विपक्षमा

No comments :

काठमाडौं : एमाले महाधिवेशनमा भोटिङ मेशिनको प्रयोग गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर विवाद सुरु भएको छ। माधव नेपाल पक्षले भोटिङ मेशिनको प्रयोग भरपर्दो नभएको र यसको दुरुपयोग हुनसक्ने बताउँदै विद्युतीय मतदानलाई प्रयोग गर्न नहुने अडान राखेको छ। तर केपी शर्मा ओली पक्षले भने पटकपटक परीक्षण भइसकेको विद्युतीय मतदान पद्धतिलाई नै अपनाउनुपर्ने बताएको छ। प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृत्वका लागि हुने मतदानमा विद्युतीय मेशिन प्रयोग गरिने जानकारी दिए लगत्तै नेपाल निकटका नेता रघुजी पन्तले अलग्गै प्रेस ब्रिफिङ गरेर विद्युतीय मेशिनको दुरुपयोग हुनसक्ने बताउँदै यसका लागि आफूहरु तयार र सहमत नरहेको बताएका थिए। एमाले संसदीय दलको नेताको चुनाउमा पनि विद्युतीय मतदान भएको थियो। यो वैज्ञानिक पद्धति भएकोले यसमा शंका गर्न आवश्यक नरहेको तर्क ओली पक्षको छ। नेपाल पक्षले भने आफूहरुलाई भोटिङ मेशिनमा शंका रहेको बताएका छन्। मतदानको दिन नतोकिए पनि असार २४ वा २५ गते अध्यक्ष, पदाधिकारीलगायतका पदमा मतदान गर्ने तयारी छ।

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home