Showing posts with label flim. Show all posts
Showing posts with label flim. Show all posts
करिश्माको सौन्दर्यमा लोभिए अनुपम खेर
तेरिया जिटिभीसँग तीन वर्ष अनुबन्ध
दुर्घटना : निरु खड्का, हास्यकलाकार
हमाललाई हेलिकप्टर निम्तो
ईन्टरनेटमा लिक भयो श्रद्धा र आदित्यको यस्तो तस्बिर
यो फेसबुक पनि कमालकै छ!
कपाल काट्नेको बिबाहमा जान राजेश हमालले खर्चे १५ लाख
नायक राजेश हमाल हेलिकप्टर चार्टर गरि आफ्ना हेयर ड्रेसरको विहेमा सहभागी भएका छन् ।
बिगत सात बर्षदेखि हमालको केस काट्दै आएका सुरेन्द्र ठाकुरको विहेमा सरिक हुन हमाल हेलिकप्टर चढी शुक्रबार विहान ११ बजे सर्लाही पुगेका थिए ।
उनी हेलिकप्टरबाटै जन्ति समेत गए । उनको यो हेलिकप्टर यात्राका लागि लगभग १५ लाख रुपैयाँ खर्च भएको अनुमान छ ।
हमाल आफ्ना सहयोगी दीपेन्द्र महतो, सञ्चारकर्मी सुवास ढकाल, विदूर खतिवडा, प्रदिप निरौलाको साथमा विवाहमा सरिक हुन सर्लाही पुगेका हुन् ।
११ बजे सर्लाही उडेका उनी बेलुकी ४ बजे काठमाडौं फर्किएका थिए । महानायक हमाललाई आफ्नो गाँउमा देखेपछि बबरगञ्जबासी निकै खुशी भए । उनलाई छुन र उनीसँग फोटो खिच्नेको भीड नै लाग्यो । बेहुला बनेका सुरेन्द्रले पनि आफ्नो लागि यो पल जीवनभर अविश्मरणीय हुने प्रतिक्रिया दिए । ‘राजेश दाई मेरो विहेमा आउनु मेरो सौभाग्य हो’ उनले भने ‘मेरो आग्रहलाई स्वीकार गर्दै उहाँ आफ्नो सुटिङ्ग नै रोकेर आउनुभयो, म उहाँ प्रति सदैव आभारी हुनेछु ।’ विवाहमा सहभागी हुन सँगै गएका सञ्चारकर्मीहरुका अनुसार महानायक हमाल यसपालीको हेलिकप्टरको यात्रामा निकै डराएका थिए । ‘यात्रा जाखिमयुक्त तर एड्भेन्चर भयो’ महानायक राजेश हमालले भने ‘मौसमका कारण हेलिकप्टर बीच बीचमा रोकिँदा भने निकै डर लग्यो’ । खराब मौसमको कारणले गर्दा मकवानपुरको शिखरपुरमा त्यस्तै सिन्धुलीको क्यानेश्वरमा केही बेर हेलिकप्टर रोक्नु परेको थियो ।
मेरी बास्सैका धर्मुस तीतो सत्यमा
दिपिका पादुकोण ‘सेक्सी’ महिला

यो वर्षको विश्वकै सेक्सी महिलाको सूचीमा भारतीय अभिनेत्री दिपिका पादुकोण एक नम्बरमा पर्न सफल भएकी छन् ।
एफएचएम म्यागेजिनले गरेको मत सर्वेक्षणमा बलिउड अभिनेत्र पादुकोणले पहिलो भएकी हुन् ।
म्यागेजिनको आउँदो संस्करणमा उनीसँगै संसारका अरु एकसय सेक्सी महिलाका बारेमा छापिने छ ।
बलिउड सुन्दरी दिपिकाले आफूले आफ्नो शारीरिक वनावटले भन्दा पनि आफूले गरेका कामका कारण सबैभन्दा धेरै भोट पाएको बताएकी छन् । ‘मलाई लाग्छ, मैले जे गरें त्यसैले नै मलाई पहिलो नम्बरमा पुर्याएको हो,’ उनले भनेकी छन्, ‘मलाई लाग्छ, ब्रान्डको साथ र सहयोगका कारण मैले यो अवसर पाएको छु ।’
‘मैले पछिल्ला दुई÷तीन वर्ष यता गर्दै आएका कामले नै मलाई आज यो भाग्य दिएको छ,’ उनले भनेकि छन्, ‘चरित्रको यथार्थपरकताले पनि मलाई यहाँ ल्याएको छ ।’ दिपिकाले पछिल्लो पटक तामिल चलत्रिमा देखिएकी थिइन् ।
सलमान खानको झल्को दिने आर्यनको ‘नाइके’ स्टाइल

भदौ १३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्रमा आर्यन पूर्णरुपमा दबंग स्टाइलमा देखिनेछन् । सलमान खानको एक्सन झल्को दिने आर्यनको यो फिल्मको आज ट्रेलर र एक गीत सार्वजनिक गरिएको छ ।
आफूलाई पहिलेदेखि नै यस्तो भूमिका गर्न मन लागेको र आज बल्ल पुरा भएको नायक सिग्देलले बताए । चलचित्रमा आर्यन सिग्देलका साथमा सुवि्रना कार्की नायिकाको रुपमा देखिएकी छिन् । कार्यक्रममा बोल्दै चलचित्रका लेखक तथा निर्देशक नेत्र गुरुङले आर्यनलाई भिन्न भूमिकामा देखाउन गाह्रो भएपनि आफूहरु सफल भएको बताए
चलचित्रमा बिष्णु हमाल, जगदिश खनाल, नारायण खनाल, आनन्द क्षेत्री र संगीता पराजुलीले लगानी गरेका छन् । कार्यक्रममा बोल्दै निर्माता मध्येका एक बिष्णु हमालले सिनेमा राम्रो बनेको भन्दै दर्शकको साथ पाउने विश्वास व्यक्त गरे ।
चलचित्रमा रीम बीक, बोधराज रेग्मी, सारिका केसी, विजयराज सेन्चुरीको पनि अभिनय छ । ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा तयार भएको यो चलचित्रलाई अर्जुन तिवारीले खिचेका छन् । चलचित्रमा रोहन नेपालको नृत्य, सानुकुमार महर्जनको द्वन्द्व, ताराप्रकाश लिम्बु, योगेश काजी वीसी र रमण गायकको संगीत छ । चलचित्रको ट्रेलर र आर्यनको नयाँ स्टाइललाई संचारकर्मीहरुले रुचाएका छन् ।
बलिउड नायक भन्छन- ‘नेपालका डाँडामा घर बनाएर बस्न पाउँ
अमेरिकामा हुन लागेको आइफा अवार्डमा सहभागी हुन फर्किन लागेका वार्सीले दि हिमालयन टाइम्स दैनिकसँग कुरा गर्दै नेपाल भ्रमण अविस्मरणीय रहेको बताए । जुन महिनाअघि फेरि नेपाल आएर घुम्न चाहेको उनले खुलाए ।
‘डेढ इस्किया’ रिलिजपछि नेपाल आएका उनले ‘गुड्डु रंगीला’ फिल्म बनाउन लागेको बताए । प्रस्तुत छ, वार्सीसँग हिमालयन टाइम्सले गरेको कुराकानीको आशिंक भावअनुवाद-
नेपाल भ्रमणमा तपाई कसरी आइपुग्नुभयो बताइदिनुस न । के यो पहिलोपटक हो र ?
मेरा बालककालका साथीहरु जो बिभिन्न देशमा बसिरहेका छन, उनीहरुले एक दिन मलाई भने कि हामीहरु ट्रेकिङका लागि नेपाल जाँदैछौं । मैले यो महत्वपूर्ण अबसर गुमाउन चाहिन् र मेरा सवै योजनालाई थाती राखेर यहाँ आएँ । यो मेरो पहिलो नेपाल भ्रमण हो ।
नेपालको सवैभन्दा धेरै के मन पर्यो ?
यहाँका मानिसहरु, जुन तरिकाको यहाँको शहर छ यी सवै कुरा मन पर्यो । यहाँका मानिस मेहेनती र इमान्दार लाग्यो । मलाई सवैभन्दा अचम्मचाहिँ ठमेल पुग्दा लाग्यो । त्यहाँ त सवै चीज पाइने रहेछ । मैले धेरै सपिङ गरेँ ।
नेपालको यात्रा अनुभव कस्तो रह्यो ?
ट्रेकिङबाहेक अन्त म धेरै घुमिन, त्यसैले धेरै अनुभव गर्न पाइन । जुन महिनाअघि नै फेरि एकपटक नेपाल आउने मेरो योजना छ, जतिबेला मौसम बिग्रिसकेको हुनेछैन । नेपाल आएकै दिन मैले मिस नेपालका सवै प्रतिस्पर्धीलाई भेटन पाएँ । उनीहरु सवै सुन्दर र स्मार्ट लाग्यो ।
तपाईले नेपाल र भारतवीच केही समानता पाउनुभयो ?
साँच्चै भन्नुपर्दा धेरै कुरामा समानता रहेछ । हाम्रो खाना, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता लगायतका धेरै कुरा । मलाई आफ्नै घरजस्तो लाग्यो ।
यो भ्रमणको बिर्सनै नसक्ने कुनै एक कुरा ?
मलाई त नेपालका पहाडी डाँडामा एउटा घर किनेर केही समय बिताउने मन छ । ट्रेकिङको पुरै अनुभव निकै रोमाञ्चक रह्यो । प्रकृतिको बिचमा आँखै अगाडी अन्नपूर्ण लगायतका हिमाल हेर्न पाउनु साँच्चै अबिश्वसनीय अनुभव थियो । कुनै एउटामात्र कुरा भन्न गाह्राे छ, कतिपय अनुभव शब्दमा ब्यक्त गर्न नसक्ने खालका छन्
मेरो ओठ र आँखा खुबै सेक्सी : नीता ढुंगाना
Subscribe to:
Posts
(
Atom
)
Dish Home

