काठमाडौ, भदौ १७ - एनसेलले प्याक खरिद नगरी इन्टरनेट प्रयोग गर्ने ग्राहकको सुविधाको लागि सुपरनेट नाम गरेको नयाँ योजना ल्याएको छ । यो योजनामा ग्राहकले अब १ रुपैयाँ प्रति एमबीसम्मको दरमा डाटा प्रयोग गर्न सक्नेछन् ।
सुपरनेट यहि भदौ १८ गते सुरु भई तीन महिनासम्म लागु हुने एनसेलले जनाएको छ । यसमा डाटा भल्युमलाई ६ वटा ब्लकमा विभाजन गरिएको छ ; ग्राहकले जति डाटा प्रयोग गर्दै जानेछन् त्यहि अनुरुप स्वतः यी खुड्किला चढ्दै जानेछन् र प्रत्येक खुड्किलामा डाटाको मूल्य पहिलेको भन्दा घट्दै जानेछ ।
प्याक विना इन्टरनेट चलाउँदा, प्रत्येक एमबी डाटाको शुल्क ६ रुपैयाँ लाग्दै आएको छ । तर अब सुपरनेटमा एक महिनामा १ एमबीमा मात्र चलाए ६ रुपैयाँ लाग्नेछ । तर एक महिना भित्रमा १ देखि २ एमबी डाटा प्रयोग गर्दा शुल्क घटेर ५ रुपैयाँ प्रति एमबी, २ देखि ३ एमबीको सम्म चलाउँदा ४ रुपैयाँ प्रति एमबी, ३ देखि २० एमबीसम्मको ३ रुपैयाँ प्रति एमबी, २० देखि १०० एमबीसम्मको २ रुपैयाँ प्रति एमबी शुल्क लाग्ने छ ।
तर एक महिना भित्र १०० देखि २०० एमबीसम्मको १ रुपैयाँ ५० पैसा प्रति एमबी र २ सय एमबी भन्दा बढी डाटा प्रयोग गरेमा १ रुपैयाँ प्रति एमबी शुल्क लाग्नेछ । यी दरहरु कर वाहेक हुन् । सुपर नेटमा सहभागी भएको दिनबाट महिना सुरु हुने एनसेलले जनाएको छ ।
‘प्याकमा हामीले ३० पैसा प्रति एमबि (कर वाहेक) सम्म डाटा उपलब्ध गराइरहेकोले हामी आफ्ना ग्राहकलाई प्याक लिएर नै डाटा चलाउन सल्लाह दिन्छौं’ एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सञ्जु कोइरालाले भन्नुभयो ‘तैपनि कतिपय ग्राहकले प्याक विनै डाटा चलाउन रुचाउने हुनाले, हामीले सुपरनेट योजना ल्याएका हौं । यसले उनीहरुलाई विशेष लाभ प्रदान गर्ने विश्वास छ ।’
No comments :
Post a Comment