रातु खोलामा निर्माणाधीन बेलिब्रिज। तस्बिर : सन्तोष सिंह
जनकपुर- पूर्वपश्चिम राजमार्गको रातुपुल भासिएसँगै अवरुद्ध यातायात खुलाउन बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
पूर्वी नेपाललाई राजधानीसँग जोड्ने मुख्य सडक ठप्प भएपछि सरकारको निर्देशनमा सडक विभागले भासिएको पुलमा बेलिब्रिज जडान थालेको हो। यसअघि डिभिजन सडक कार्यालय जनकपुरले पटकपटक डाइभर्सन बनाए पनि बाढीले टिक्न नदिएपछि साताअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले स्थलगत अनुगमन गरेका थिए। त्यसैको भोलिपल्टदेखि निर्माण थालिएको बेलिब्रिज मंगलबार साँझसम्म तयार भइसक्ने जनाइएको छ।
‘बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ,’ पुल निर्माणमा खटिएको प्राविधिक टोलीका एक सदस्यले भने, ‘नटबोल्टु टाइट गर्न मात्र बाँकी छ। भोलि (मंगलबार) साँझसम्म सबै काम पूरा हुन्छ।’ सडक विभागका प्राविधिक तथा कामदारको टोली बेलिब्रिज निर्माणमा जुटिरहेको छ।
कार्यालयका प्रमुख इन्जिनियर देवेन्द्र साहले भने बेलिब्रिज जडानपछि पनि दुवै छेउमा सिमेन्टले ढलान गर्नुपर्ने भएकाले पुलमाथिबाटै सवारी आवागमन खुलाउन अझै चार–पाँच दिन लाग्ने बताए। ‘ढलान गरिसकेपछि पनि मजबुतीका लागि कम्तीमा तीन दिन त्यसै छोड्नुपर्ने हुन्छ,' उनले भने।
२ सय ४० मिटर लामो पुलको पश्चिमतर्फको एउटा पिलर गत साउन २८ गते राति आएको बाढीले भासिएको थियो। पिलरको दुवैतर्फ १८/१८ मिटर समात्ने गरी ३६ मिटर लामो बेलिब्रिज निर्माण गरिएको सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले बताए।
७० लाख चट
रातुपुल भासिएपछि विकल्पका रूपमा निर्माण गरिएको डाइभर्सनमा अहिलेसम्म ६० लाखबराबरको काम भएको प्रमुख इन्जिनियर साहले बताए। ‘नयाँ आर्थिक वर्षको सुरुआतमा अहिलेसम्म खातामा पैसा आइनसकेकाले भुक्तान गर्न बाँकी छ,’ उनले भने, ‘कम्तीमा ६० लाख रुपैयाँको काम भएको छ।’ ३ सय मिटर डाइभर्सन निर्माणक्रममा बाढीले पटकपटक क्षति पुर्याँएकाले खर्च बढी लागेको उनको भनाइ थियो। डाइभर्सनले चेकड्यामको कामसमेत गरेको बताउँदै साहले भने, ‘ड्याम पुलदेखि दक्षिण भाएकाले यसले पुलमुनिको सतह थप गहिरिनबाट रोक्नेछ।’ भासिने खतरामा रहेका सबै पुलमुनि यस्तो चेकड्याम निर्माण गर्नुपर्ने उनले सुझाए। बेलिब्रिजमा भने सामग्री सडक विभागकै भए पनि कामदार र प्राविधिकको पारिश्रमिकमा मात्रै ११ लाख रुपैयाँ खर्च भएको इन्जिनियर साहले बताए। अर्को बर्खा सुरु हुनुअगावै पुललाई पूर्वावस्थामा ल्याएर सवारी नियमित गरिसक्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।

No comments :
Post a Comment