गुल्मी, भदौ १८ – तपाईका साना वाल वालिकाले कसैको टाँक सम्म चोर्यो भने तत्काल झपार्ने गर्नु होस र फिर्ता गर्न लगाउनु होस् अन्यथा भोली उनी खतरनाक लुटेरा हुन सक्छन् । उदाहरणको लागि हालै ठगी काण्डमा गुल्मीको वामीटक्सारमा पक्राउ परेका महेन्द्र सुनारलाई लिन सकिन्छ ।
उनलाई यस पंक्तीकारले बाल्यपनदेखि चिनेका थिए । उनी सानोमा असाध्यै सोझा थिए । आँपचौर–४ बाट उनकी आमा बडागाउँमा दोश्रो विवाह गरी आए पछि उनी दुधे बालकका रुपमा आमासँगै बडागाउँमा बस्न थालेका थिए । त्यति सोझो बालक केहि हुर्के पछि भारत तिर लागेका थिए । त्यहाँको संगतले उनलाई गाउँ फर्केपछि छिमेकीका कुखुरा चोरसमेत बनायो ।
उनले कुखरा मात्रै चोरेनन्, २०६४ सालमा बडागाउँका एक परिवारको गोठमा बाँधेको भैंसी रातमा चोरेर रातारात काट्दै गरेको अवस्थामा स्थानीयले समातेका थिए । त्यो समाचार यसै पंक्तीकाराले लेखेका थिए र थुप्रै राष्ट्रिय सञ्चार माध्यमले समेत महत्वका साथ स्थान पनि दिएका थिए । त्यहाँबाट फरार उनी २०६७ सालको यसै भदौ महिनामा भक्तपुरको बैंक लुट्न पुगे । १ करोड ३ लाख रुपैयाँ लुटेर फरार हुन सफल उनलाई गुल्मी प्रहरीले समातेर अदालतमा पेश गर्यो ।
अदालतले उनलाई चार वर्ष जेल चलान गर्यो । उक्त सजायँ सकेर उनी साउन ११ गते रिहा भए । त्यहाँबाट निस्किएका सुनार पाल्पाको वामीटक्सारजस्तो स्थानकासमेत मानिसहरुलाई थाङ्नामा सुताउन सफल भए । काठमाडौंको करोडपति युवाको तामझाममा हिँडेका उनले वामीटक्सारमा मोवाईल पसल खोल्ने भन्दै विभिन्न व्यक्तिबाट केहि दिनका लागि सापटी भन्दै १ लाख ६१ हजार ७ सय ७२ रुपैयाँ असुल्न सफल भए ।
त्यहाँकी एउटी युवतीलाई समेत फकाएर भगाउने तयारीमा जुटे । निज केटी लिएर भाग्दै छ भन्ने कुराको सँुईको पाएर भदौ १४ गते वामीटक्सारवासीले समातेर प्रहरीलाई बुझाए । हाल जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा रहेका उनलाई ठगी मुद्दा दायर गरिएको सो कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक महेन्द्र नेपालले जानकारी दिए । मुद्दाफाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवका अनुसार निजीले विभिन्न स्थानमा फरक फरक नाम दिने गरेका छन् । कतै दिनेश त कतै रमेश थापाको नामले उनले ठगी गर्दै आएका छन् ।
उनले वामीटक्सारस्थित मालिका सुनचाँदी पसलमा ६१ हजार मुल्यको सुनको सिक्री बनाउन अर्डर दिएका थिए । त्यस विलमा उनले रमेश थापा लेखाएका छन् । त्यसो त उनले २०६४ अघि देखि नै अपरिचीतहरु संग आफ्नो वास्तविक जात सुनार भनेनन् । क्षेत्री भेटे क्षेत्री भन्ने वाहुन देखे वाहुन् भन्ने र अन्य जुन जुन जातका युवतीहरु देख्यो त्यही भन्दै थुप्रै युवतीहरुलाई समेत माया जालमा फसाउन सफल भए ।
३२ वर्षका उनी कुखरा र भैंसी चोरको छोटो समयमा नै बैंक लुट्नेसम्मको लुटेर बने । उनले बडागाउँमा स–साना कुराहरुमा थुप्रैलाई ठगेको स्थानीयवासी बताउँछन् । उनी भैंसी चोरेर काटेको काण्ड मैं सुध्रिन सकेको भए यहाँ सम्मको गलत यात्रा हुँदैन्थ्यो । बेलैमा सुध्रिन नसक्नुको परिणाम भोग्दै छन् उनले अहिले । तपाई पनि त्यस्तै गलत बाटोमा हुनुहुन्छ भने सुध्रिनु होस् अन्यथा सुनार कै परिणती भोग्नु पर्ला ।

No comments :
Post a Comment