हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

दशैंमा कसरी गाडी चलाउने

No comments :
Ujyaalo 
काठमाडाै‌, भदाै १६ - 
बाढी पहिरोका कारण देशका धेरैजसो ठाउँमा ग्रामिण क्षेत्र जोड्ने सडक भत्किएका छन् । निर्माण सामाग्री ठप्प हुँदा बिग्रिएका सडक मर्मत हुन सकेका छैनन् भने बनाउन लागिएका पुलहरु पनि त्यसै अलपत्र छन् ।
बाटोको अवस्था दयनीय भएकाले दशैंमा गाडी चलाउनै मुश्किल हुने यातायात व्यवसायीले बताएका छन् । बाढी पहिरोले पहाडी क्षेत्रका तेहथुम, भोजपुर, रामेछाप, रुकुम, संखुवासभा, ताप्लेजुङ लगायत जिल्लाका सडक ठाउँ ठाउँमा भत्किएका छन् । यात्रुको सहजताका लागि दशैंमा नयाँ गाडी थप गर्ने भनिएपनि बाटोको अवस्था सुधार नभए गाडी चलाउन नसकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले बताउनुभयो ।
दशैंका लागि आउँदो २५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । तर ठाउँ ठाउँमा बाटो भत्किएका कारण यात्रा सहज नहुने हो कि भन्ने यात्रुलाई चिन्ता छ । यातायात व्यवसायीले बाटो तत्काल मर्मत गर्न सरकारको ध्यानाकर्षण समेत गराईसकेका छन् ।  सरकारले भने गाडी चल्न समस्या नपर्ने बताएको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसी सिटौलाका अनुसार भत्किएका ठाउँमा वैकल्पिक बाटो प्रयोग गर्नुका साथै  डाईभर्सन पनि गरिनेछ । त्यसका लागि अहिले तीब्र गतिमा काम भैरहेको छ । दशैंका लागि पुल बनाउन सम्भव नभएपनि नदी खोलामा बेलिब्रिज राख्ने काम भैरहेको सचिव सिटौलाले बताउनुभयो । 
पूर्व पश्चिम राजमार्ग अन्तरगतको सडकखण्डमा ३ ठाउँमा बाटो बिग्रिएकोमा २ ठाउँमा डाईभर्सन गरिसकिएको र अर्को ठाउँमा बनाउने काम भैरहेको सचिव सिटौलाले जानकारी दिनुभयो ।

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home