हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

आङकाजी भन्छन्-मानव झण्डा बनाउन ज्ञानेन्द्रको लगानी

No comments :

'चन्द्र सूर्यअंकित झण्डा हिन्दूवादीको मात्र हो



OnlineKhabar
ang kaji sherpa
८ भदौ काठमाडौं । संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य तथा आदिवासी जनजाति आन्दोलनका अगुवा आङकाजी शेर्पाले मानव झण्डा बनाएर गिनिज बुकमा नाम लेखाउने कार्यमा पूर्वराजा ज्ञानेन्द्र शाहले लगानी गरेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंको टुँडीखेलमा जम्मा भएर ३५ हजार नेपालीले मानव झण्डा
 बनाई पाकिस्तानको कीर्तिमान तोडेका थिए । नेपालले बनाएको यो कीर्तिमानीको सर्वत्र प्रशंसा भइरहेका बेला आङकाजीले यसमा बेखुशी प्रकट गरेका हुन् ।शेर्पाले चन्द्र-सूर्य अंकित झण्डा नेपालको राष्ट्रिय झण्डा हुन नसक्ने  दाबी गरेका छन् । उनले मानव झण्डाको किर्तिमान कायम गर्ने प्रयासको भत्र्सना गर्दै उनीहरुलाई अति हिन्दूवादीको संज्ञा दिएका छन् ।
शेर्पा फेसबुकमा  लेख्छन्- ज्ञानेन्द्र र अतिहिन्दूवादीले देशी विदेशी शक्तिकेन्द्रले दिएको ३५ लाख खर्च गरेर भदौ ७ गते टुँडीखेलमा भारतबाट ल्याइएको सूर्यवंशी चन्द्रवंशी हिन्दूधर्मको झण्डालाई नेपालको राष्ट्रिय झण्डा भनेर प्रदर्शन गरेकोप्रति आदिवासी जनजाति, मधेशी, मुस्लिम घोर आपत्ति प्रकट गर्दछौं’ ।

शेर्पाले नेपालको राष्ट्रिय झण्डाको निन्दा गर्दै यसलाई एकात्मक हिन्दू धर्मको प्रतीक अंकित गरेको झण्डा नेपालजस्तो बहुजातीय बहुभाषिक, बहुधार्मिक देशको झण्डा किमार्थ हुन नसक्ने जिकिरसमेत गरेका छन् ।
यसैबीच आयोजक ‘शान्ति र सम्वृद्धिका लागि मानवीय मूल्य’का अध्यक्ष भावेश खनालले आङकाजीको आरोप अस्वीकार गरेका छन् ।
उनले भने-’हामीले नेपाली भएर यो कार्यक्रम गरेका हौं । पोलिटिक्सको पी पनि हामीलाई थाहा छैन ।’ आयोजकले कर्पोरेट हाउस र व्यक्तिको मात्र सहयोग लिएको र छिट्टै हिसाव सार्वजनिक गर्ने समेत बताएको छ ।

खयरमाराको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ 


No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home