हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

एनसेलबाट अझै ३ महिना सित्तैमा ट्वीटर चलाउन सकिने

No comments :

एनसेलले आफ्ना ग्राहकलाई प्रदान गर्दै आएको निःशुल्क ट्वीटर अफरको समयावधि तीन महिनाका लागि थप गरेको छ । एनसेलले जेठ १३ गतेदेखि भदौ १० गतेसम्मका लागि निःशुल्क ट्वीटर योजना ल्याएको थियो । मंगलबार गरेको म्याद थपसँगै एनसेलका ग्राहकले लोकप्रिय माइक्रो–ब्लगिङ्ग सञ्जाल ट्वीटर थप ९० दिनसम्म निःशुल्क चलाउन सक्ने भएका छन् । योजना अन्तर्गत एनसेलका प्रिपेड तथा पोष्टपेड ग्राहकले मोवाइल सेटबाट m.twitter.com मार्फत तथा कनेक्ट प्रयोगकर्ताले कम्प्युटरबाटै निःशुल्क ट्वीट गर्न, अरुको ट्वीट पढ्न, अरुलाई फलो गर्न तथा आफ्ना फलोवरहरुलाई सन्देश पठाउन सक्नेछन् । ओपेरा मिनी ब्राउजर भर्सन ४.४ वा सो भन्दा माथिल्लो भर्सन चलाउने ग्राहकले ग्राहकले पनि निःशुल्क ट्वीटर चलाउन पाउनेछन् । निःशुल्क ट्वीटरको अफर नयाँ एनसेल प्रयोगकर्तालाई पनि लागु हने र सुविधा वापत कुनै सेवा शुल्क नलाग्ने एनसेलले जनाएको छ । ‘आफ्ना ग्राहकको माग तथा अभिव्यक्तिको स्वतन्त्रतालाई कदर गर्दै हामीले ट्वीटर जिरो अफरको समयावधि थपेका हौं’ एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सञ्जु कोइरालाले भन्नुभयो ‘यसले हाम्रा ग्राहकलाई विशेष मूल्य प्रदान गर्ने विश्वास छ ।’ यो अफरले ट्वीटरमा रहेको वाह्य लिंकलाई भने समेट्दैन । अर्थात ट्वीटरमा रहेको वाह्य लिंक क्लिक गरि अन्य साईट हेर्दा नियमित शुल्क लाग्नेछ । मोवाइल प्रयोगकर्ताले यस्ता लिंकमा क्लिक गरेमा नियमित शुल्क लाग्ने सूचना प्राप्त गर्ने र त्यसलाई स्वीकार गरेमा मात्र ती साईटहरु खुल्नेछन् । प्राविधिक कारणले गर्दा ट्वीटर जिरो ओपेरा मिनी वाहेक अन्य प्रोक्सी ब्राउजर रहेको मोवाइल सेटमा भने उपलब्ध हुने छैन । यस्ता सेट÷ब्राउजरबाट ट्वीटर चलाउँदा नियमित डेटा शुल्क लाग्नेछ ।

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home