हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

कुन सामाजिक संजालमा कति समय भुल्छन प्रयोगकर्ता ? रोचक तथ्य जानिराखौँ

No comments :

हामीले प्रायः प्रयोगकर्ताको संख्याका आधारमा सामाजिक संजालहरुको तुलना तथा व्याख्या गर्ने गर्छौँ । हुन पनि सोसल मिडियाका लागि त्यसका प्रयोगकर्ता वा सदस्यहरुको संख्याले सबैभन्दा धेरै अर्थ राख्छ । त्यसैले पनि सामाजिक संजाल मध्ये फेसबुकले सबैभन्दा धेरैको ध्यान तान्छ । १ अर्ब २० करोड प्रतिमहिना सक्रिय प्रयोगकर्ता भएको फेसबुक सामाजिक संजालहरुको वादशाह नै हो । तर, प्रयोगकर्ताले नयाँ-नयाँ सोसल नेटवर्क अँगालेसँगै तथा मानिसहरुको सामाजिक क्रियाकलापमा विविधता आएसँगै सामाजिक संजालका अन्य गतिविधिहरुको मापन महत्वपूर्ण बन्दै गएको छ । खासगरी व्यापारिक प्रयोजनका लागि यो महत्वपूर्ण हुन्छ की कहाँ समय तथा श्रोत खर्च गर्ने भन्ने कुरा निर्णय गर्न । कुन सामाजिक संजालमा प्रयोगकर्ताले कति समय खर्चिन्छन् र उनीहरु त्यसका विषयवस्तुप्रति कति धेरै अन्तरक्रियात्मक तथा सहभागीतामूलक हुन्छन् भन्ने विषय सामाजिक संजालको मूल्यांकनको आधार हुो । बिजनेस इनसाइडरले आफ्नो पछिल्लो अनुसन्धानबाट कुन सामाजिक संजालमा प्रयोगकर्ताले बढि समय बिताउने गरेका छन् भन्ने तथ्य पत्ता लगाएको छ । अनुसन्धानबाट तयार पारिएको सहभागिता परिसूचकमा सबैभन्दा बढि प्रयोग हुने सोसल नेटवर्किङ साइटमा प्रयोगकर्ताले खर्चिने समयको लेखाजोखा गरिएको छ ।डेक्सटप र मोबाइल प्रयोगकर्ताका बीच गरिएको यो अनुसन्धानमा सोसल मिडियामा प्रयोगकर्ताले गर्ने मुख्य-मुख्य क्रियाकलाप समेत सूचिकृत गरिएको छ । अनुसन्धानबाट खुलासा भएका केही रोचक तथ्यहरु यस्ता छन्- अमेरिकीहरुले इमेल तथा अन्य इन्टरनेटजन्य क्रियाकलाप भन्दा सोसल मिडियामा बढि समय खर्चिने गरेका छन् । विश्वमा इन्टरनेट सामाजिक संजालमा प्रयोग हुने समयमध्ये ६० प्रतिशत समय स्मार्टफोन तथा ट्याबलेट प्रयोगकर्ताले खर्चिने गरेका छन् । फेसबुक प्रयोगकर्ताले फेसबुकमा खर्चिने समय टि्वटर प्रयोगकर्ताले खर्चिने समय भन्दा ७ गुणा बढि छ । प्रयोगकर्ताको हिसाबले ह्वाट्स एपका प्रयोगकर्ता भन्दा स्नापच्याटका प्रयोगकर्ता कम छन् । तर स्नापच्याटमा प्रयोगकर्ताहरुले बढि समय खर्चिने गरेका छन् । पिनस्ट्रेट, टम्बलर तथा लिंक्ड इन पछिल्लो समय प्रयोगकर्ताको समय चोर्नेमा तिब्र गतिमा लागिरहेका छन् । सोसल मिडियाहरुमा पछिल्लोपटक प्रयोगकर्ताले बिताउने समयका लागि होइन प्रयोगकर्तालाई बहु प्रविधिगत संलग्नता गराउने कुरामा होडबाजी चलिरहेको छ । सामाजिक संजालमा खर्चिने कुल समयमध्ये आधा भन्दा बढि अर्थात् ५०.७ प्रतिशत समय फेसबुकले खाएको छ । इन्स्टाग्राममा १३.५, टि्वटरमा ७.४, स्नापच्याटमा ६.६ तथा ह्वाट्सएपमा ४.६ प्रतिशत समय खर्च हुने गरेको छ ।

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home