हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

गुगल प्रयोगकर्ताले मुड अनुसारका गीत सुन्न पाउने

No comments :

सबैभन्दा धेरै प्रयोग हुने अनलाइन सर्च इंन्जिन गुगलले अब आफ्नो प्रयोगकर्तालाई मुड अनुसारका संगीत सुन्ने सेवा दिने भएको छ ।
गुगलले आफ्नो संगीत सेवा पोर्टफोलियो मजबुत बनाउने उद्देश्यका साथ म्यजिक स्ट्रिमिङ सर्भिस सङ्गजा किनेको हो ।
सङगजाले उत्तर अमेरिकाको इन्टरनेट प्रयोगकर्तालाई सित्तैमा म्युजिक स्ट्रिमिङ उपलब्ध गराउँदै आएको छ । सङ्गजाले स्रोताको मुड अनुसार प्लेलिस्ट तयार गर्न सक्ने बताएको छ । गुगलले सङ्गजासँग कतिमा सम्झौता गरेको भन्ने कुरा भने खुलाएको छैन ।
प्रयोगकर्ताले उत्कृष्ट गीतहरु सुन्न सकुन् भन्ने आफ्नो उदेश्य रहेको र यसका लागि गुगलभन्दा राम्रो कम्पनीको साथ पाउन नसक्ने साङ्गजाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
मोबाइल कम्पनी एप्पल र अनलाइन म्युजिक स्ट्रिम सर्भिस स्पोर्टिफाइसँगको कडा प्रतिस्पर्धालाई मध्यनजर गर्दै गुगलले आफ्नो प्ले स्ट्रिमिङ सर्भिसलाई उत्कृष्ट बनाउने प्रयास थालेको हो । गत मे महिनामा एप्पलले ३ अरब डलर खर्चेर र्‍यापर डक्टर ड्रेको म्युजिक स्ट्रिमिंग बिट्स म्युजिक किनेको थियो । गुगलले आफ्नो गुगल प्ले सेवामा साङगजाको प्रविधि सामेल गर्ने अनुमान गरिएको छ ।
स्ट्रिमिङ गीत संगीत सुन्ने लोकप्रिय तरीका हो पछिल्लो समय यसको प्रयोगकर्ता पनि बढ्दै गएको छ । साङ्गजाको माध्यमबाट कुनै पनि गीत संगीतलाई डाउनलोड नगरेरै इन्टरनेटमा सुन्न सकिन्छ ।

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home