हाम्रो खयरमारा राम्रो खयरमारा

हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग
Showing posts with label interview. Show all posts
Showing posts with label interview. Show all posts

बाढी पीडितको पीडा – खान नपाएरै मरिने भो

No comments :
Ujyaalo Online
बबई नदीमा आएको बाढीले बर्दियाको बनियाभार, मगरागडी, पदनाहा, बगनाहा, नेउलापुर, मोहम्मदपुर गाविस सहित सदरमुका गुलरीया नगरपालिका डुबायो ।
कर्णाली नदी र ओराही खोलामा आएको बाढीले शिवपुर, ठाकुरद्धारा र सूर्यपटुवा गावि सहित राजापुर क्षेत्रका गाविस पनि डुबानमा परे । हजारौं घर बगायो, कयौं भत्किए । बाढीले ३० जनाको ज्यान गयो । १६ जना भन्दा बढी अझै हराइरहेका छन् । बाँच्नेहरुलाई पनि सास धान्न गाह्रो छ ।
खाने बस्ने ठेगान नहुँदा बाढी पीडितको बिचल्ली भएको छ । यस्तै परेकी बनियाभार गाविस ६ बेल्वाबज्याकी सुमित्रा थारुसंग उज्यालो अनलाइनका लागि बर्दिया सहकर्मी भावुक योगीले गरेको कुराकानी:

बाढी आएको दिन सम्झिँदा कस्तो लाग्छ ?

सम्झिने हो भने त रुन मन लाग्छ, सपना हो की जस्तो लाग्छ । सुतेकै थियौं विहानपख अँध्यारो थियो । घरभित्र एक्कासी बाढी पस्यो । बाहिर निस्केको त छाती पुग्ने पानी थियो ।

कसरी बच्न सफल हुनुभयो ?

के गरौं, के गरौं भयो । हतार हतार बालबच्चा लिएर नजिकैको स्कुलतिर गयौं । स्कुल  हाम्रो घर भन्दा अलि उचो ठाउँ थियो । त्यहीँ स्कुलको छतमा गयौं र बच्यौं । हामी त नजिकै थियौं र बच्यौं । गाउँका कति मान्छे रुखमा र घरको छतमा बसेका थिए । पछि कोहीलाई पुलिसले, गाउँलेले र कसैलाई हेलिकप्टरले बचायो । एउटा घरको छतमा बसेका ९ जना त बगेरै गए ।

बाढीले के के क्षती गर्‍यो तपाईंको ?

सबै लग्यो नि । घर सबै भत्काइदियो । घरभित्र रहेका धान, चामल, गँहु सबै भिजाइदियो । लुगा, भाँडा सबै बगायो । धान त उम्रिएको छ अहिले । भिजेको चामल र गहुँ छ । घाममा सुकाएर खाइरहेका छौँ । अरु केही पनि बचेन ।

कहाँ बस्नुभएको छ अहिले ?

स्कुलमा बसिरहेका छौैं । दिउँसो एकछिन घरमा गएर चामल, गहुँ निकालेर घाममा सुकाउँछौँ । छिमेकीको घरमा बचेको लुगा र घरको काठ निकाल्छौं ।

के के खान पाउनुभएको छ ?

के खान पाउनु । सुरुमा भोलिपल्ट सरकारले दिएको एउटा विस्कुट र अलिकति चिउरा खाईयो । अनि शिवीरमा भात र दाल खान्छौँ । कहिले त नुन खुर्सानी र भात खान्छौँ ।

कसले दिएको छ भात र दाल खान ?

हामीलाई गाउँकै मान्छेले सामुदायिक वनबाट र बाढी नगएको घरकाले चामल दाल ल्याएर खुवाएका छन् । अब त सरकारले दिन्छ भनेपछि त्यो पनि दिन छाडे । भिजेको चामललाई सुकाएर गिलो भात माड मनाएर नुन हालेर खान्छौँ । अब स्कुलबाट पनि निस्कनुपर्ने भो ।

सरकारले अहिलेसम्म के दियो ?

सरकारले दुई जना बराबर एक गिलास चिउरा र एउटा विस्कुट दिएको थियो । अहिले आजै हो यति चामल दिएको एक जनालाई आधा किलो पनि छैन ।

एक जनालाई ३ सय ५० ग्राम चामल, ६० ग्राम दाल, एक चम्चा नुन र ४ एमएल तेल दिएको छ, यसले पुग्छ त ?

हामी ११ जना छौँ घरमा । यो चामलले एक छाक पनि मुश्किल पर्छ खान । आज बाढी आएको ९ दिन भइसक्यो अहिलेसम्म त गाउँलेले खान दिए । अनि भिजेको चामलको माड बनाएर पनि खायौँ । अब त केही पनि छैन । अब त मरिन्छ कि क्या हो खान नपाएरै । अहिले लाग्छ बाँच्नु भन्दा त त्यै बाढीले बगाएर लगेको भए आनन्दै हुन्थ्यो ।

यति थोरै लिंदैनौं भन्नुभएन ?

अब के गर्ने अलि धेरै दिन्छ होला भनेको यति मात्र दियो । कति पनि नहुनु भन्दा एक छाक टर्छ कि भनेर लिनै पर्यो ज्यान बचाउनै पर्यो ।

पानी कहाँको पिइरहनुभएको छ ?

अहिले यो स्कुलको पिउँछौं । भत्केको घरमा सामान लिन जाँदा आफ्नै धाराको पानी खान्छौँ ।

अनि यो पानी त दुषित छ नि ?

दुषित त छ थाहा छ अब के गर्ने जस्तो पो होस खानै पर्‍यो ।

उमालेर पनि पिउन सकिन्छ नि ?

कहाँ उमाल्ने । न भाँडा छ न दाउरा छ ।

जिल्लाबाट वाटरगार्ड, पियुस केही दिएको छैन ?

केही पनि दिएको छैन ।

सरकारलाई के भन्नुहुन्छ ?

सरकारले दिएको एउटा विस्कुट र चिउराले केही हुन्न । जसरी पेटभरी गाउँलेले खान दिए त्यसरी दिनुपर्यो । अनि शिविरमा बसेका छौँ । घर छैन । घरमा भएको धान, चामल, र गहुँ अनि लगाउने लुगा, बिछाउने कपडा, खाना पकाउने भाँडाकुँडा सबै बगेको छ । गाँस, बास र कपासको व्यवस्था गर्नुपर्यो सरकारले ।
  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home