हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

डिग्री पढेकी कविता जागिर छोडेर गाई पालनमा

No comments :
रोहित गिरी/कैलाली । असोज २९ - ‘दुःख गरेर पढियो, तर भनेजस्तो काम पाइएन’ धेरको मुखमा झुण्डिएको वाक्य हो यो । 
तर पढाई सकेर खोजेजस्तै जागिर पाउनेहरु पनि छन् । धनगढीकी कविता जोशीले पनि डिग्री पास गरेपछि काठमाडौंको एउटा बोर्डिङमा पढाउन थाल्नुभयो ।
आयोग लडेको भए स्थायी मास्टरी जागिरमा नाम पनि निकाल्नु हुन्थ्यो होला । तर उहाँलाई सरकारी जागिरले मन तानेन ।
भएको जागिर पनि छाडेर गाई पाल्न थाल्नुभयो । हिजोआज उहाँलाई गाईगोठमा भेटिन्छ । ‘धनगढीमा मैले कसैले पनि यसरी गाई पालेको देखेको थिइन’ कविताले सुरुका दिन सम्झँदै भन्नुभयो, ‘आफैंलाई भित्रैदेखि मैले गरें भने सक्छु भन्ने लाग्यो, अनि सुरु गरें ।’ उहाँले अहिले धनगढीको क्याम्पस रोडमा कामधेनु गाईपालन फार्म खोल्नुभएको छ । फार्ममा  अहिले ८ वटा गाई छन । तीमध्ये केही गाईले दुध दिईरहेका छन भने केही ब्याउने छन । सानैदेखि गाई पाल्ने सपना बोकेकी कविता आफनो कामबाट सन्तुष्ट हुनुहुन्छ । ‘सानैदेखि गाई पाल्छु भन्ने सोचेको थिएँ’ उहाँ भन्नुहुन्छ, ‘जागिर खाँदा मनले नै मानेन ।’ सुरुमा त गाई पालेर गुजारा चल्छ भन्ने न उहाँलाई विश्वास थियो, न परिवारलाई नै । तर अहिले गाई पालेर उहाँको दैनिकी मज्जाले चलेको छ । त्यसैले उहाँको परिवारका सदस्य पनि उहाँसँगै खट्छन दिनभर गोठको काममा । धेरै महिलाहरु घरकै कामकाज र चुलोचौकोमै सीमित भएका वेला जोशी घरभन्दा बाहिर निस्केर उद्यमतिर लागेपछि घर परिवारका सदस्यहरुले पनि साथ दिईरहेका छन ।
घरको काम र व्यवसायलाई सँगसँगै मिलाएर लगिरहेकी उहाँको काम देखेर घर परिवारका सदस्यहरु पनि दंग छन । कविताकी सासु शान्ति जोशी बुहारीको कामका विषयमा भन्नुहुन्छ, ‘हामीले केही पनि गरेका छैनौं, आउँछे जान्छे आफैं सबैथोक गर्छे ।’ ५ कठ्ठा जमिनमा गाईपालन गरेकी जोशीले दुई जनालाई रोजगारी समेत दिनुभएको छ । ‘दुधको बजार पाउन कुनै समस्या छैन’ उहाँ भन्नुहुन्छ, ‘बजार छ, तर मौसमले चाहिँ कहिलेकाहीँ समस्यामा पार्छ । चिसोको बेला कहिलेकाहीँ दूध बिक्री गर्न गाह्रो हुन्छ ।’ पछिल्लो समय महिलाहरु पनि काम खोज्दै विदेश गइरहेका छन । कोही नपढी विदेश जान्छन् त कोही पढेर पनि । तर कविता डिग्री सकेर पाएको जागिर पनि छोडेर आफनै ठाउँमा संभावना खोजिरहनुभएको छ । त्यो पनि गाई पालेर ।
काम गरेर प्रशंस कमाउँदै जानुभएकी जोशी भन्नुहुन्छ, ‘आफ्नो पौरखमा गौरव गर्न सके श्रीमान र घर परिवारको सहारामा मात्र बाँच्नु पर्दैन ।’ उहाँ अरु महिलाहरुलाई केही न केही उद्यम गरे आफ्नै खुटामा उभिन सुझाव दिनुहुन्छ । जोश, जाँगर मेहनत गर्‍यो भने घरमै बसेर पनि सुन फलाउन सकिन्छ भन्ने उदाहरण जोशीले दिनुभएको छ ।
- See more at: http://ujyaaloonline.com/desh-paradesh/story/37237/kabita-joshi/#sthash.OD6vmGbY.dpuf

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home