हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

मेरो ओठ र आँखा खुबै सेक्सी : नीता ढुंगाना


चलचित्र ‘छ एकान छ’ ले नायिका नीता ढुंगानालाई चर्चाको शिखरमा पुर्‍याएको छ । अघिल्ला सिनेमाबाट सोचेजस्तो सफलता हात नपारेकी नीता कमेडी बिषयको यो सिनेमाबाट भने राम्रै छलाङ मार्ने दाउँमा छिन् । उनै नायिका नीता ढुंगानासँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी : १. दीपकराज गिरीले भनेजस्तै के तपाई सेक्सी नै हो ? -म सेक्सी छु । मेरो हेराइ सेक्सी छ । २. आफ्नो कुन चाहिँ अङ्ग सेक्सी लाग्छ ? -मेरो ओठ र आँखा खुबै सेक्सी छ । ३. छ एकान छ का ६ नायक मध्ये मध्ये तपाइको नजरमा कुन असल कलाकार ? - असल त मेरो लागि दीपकराज गिरी नै हो । ४. तपाइको नजरमा छ जना मध्ये कुन हिरो ह्यान्डसम ? -मेरो नजरमा त शिवहरि पौडेल नै ह्यान्डसम हुनुहुन्छ । उहाँ पर्दामा पनि खुबै राम्रो देखिनु भएको छ । ५.कमेडी फिल्ममा काम गर्दाको अनुभव कस्तो रह्यो त ? -अनुभव त धेरै नै फरक रह्यो । यो सिनेमामा काम गर्दा धेरै पटक हाँस्दाहाँस्दै रिसाइयो, रिसाउँदा रिसाउँदै हाँसियो । ४५ दिन कसरी बित्यो पत्तै भएन । ६. तपाइको व्यवहार बच्चाको जस्तो छ भन्छन्, के यो सही हो ? -होला म अझै बच्चा छु जस्तै लाग्छ । हुन त यस्तो कुरा मान्छेको हेराइमा भर पर्ने कुरा हो । कोही दाइसँग, कोही अंकल उमेरका मानिसहरुसँग काम गर्दा छ एकान छ मा म बच्चा जस्तै भएको छु । ७. तपाइले हालै मात्र लिनु भएको फ्ल्याट नीता ढुंगानाको लागि या नायिका नीता ढुंगानाको लागि आवश्यक थियो ? -पक्कै पनि नायिका नीता ढुंगानाको लागि आवश्यक थियो । नीता मात्र भएको भए त जहाँ जसरी बसेपनि हुन्थ्यो । तर नायिका भएपछि त्यही अनुसार नै बस्नु पर्‍यो हैन र ? ८. सपना कत्तिको देख्नुहुन्छ ? - धेरै देख्छु । ९. सपनामा धेरै देख्ने कुरा के हो ? -म प्रायः सगरमाथा चढेको सपना देख्छु । कहिले पहाड, कहिले हिमाल चढ्छु । १०. सपनामा युवकहरुले कत्तिको अंकमाल गरेका छन् त ? -धेरै आउँछन् सपनामा । कहिलेकाही सलमान खानलाई देख्छु । उसँगै काम गरेको सपना पनि देखेको छु । भोलिका दिनमा उसँग काम गर्छु कि भन्ने पनि लाग्छ । ११. तपाई एक देखि १० स्थानमध्ये आफूलाई सिने नगरीमा कुन स्थानमा राख्नु हुन्छ ? तपाई १ नम्बरमा पुग्नु भयो भने कोजस्तो बन्न चाहनुहुन्छ ? -म कहिलेपनि स्थानमा विश्वास गर्दिनँ । दर्शकको मन जित्ने हो पक्कै पनि सफल भइन्छ । म निरुता सिंहजस्तो तबरले एक नम्बरमा पुग्न चाहन्छु । उहाँले एउटा स्टार भएर पनि स्वभावमा कहिले परिवर्तन गर्नु भएन । १२. सिनेमा नगरीमा आएर जोगाउन नसकेको कुरा के होला ? -मैले सबै कुरा नै जोगाएको छु जस्तो लाग्छ । १३. सिने नगरीका सम्भिmने तीन व्यक्तिहरु को को होलान् ? -नीर शाह, आलोक नेम्वाङ र नायिका अनु शाह
  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home