हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

प्राधिकरणले नयाँ मिटर दिने

No comments :
मिटरको अभावमा विद्युत् सेवा पाउन नसकेका ग्राहकका लागि नेपाल विद्युत् प्राधिकरणले नयाँ मिटर दिने भएको छ। त्यसका लागि प्राधिकरणले चीनबाट ७३ हजार ४ सय ५० थान मिटर ल्याएको छ ।
प्राधिकरणका अनुसार मिटर केही दिन पहिले रक्सौल भन्सारमा आइपुगेको छ । केन्द्रीय भण्डार हेटाैँडामा आवश्यक परीक्षणपछि मिटर ग्राहकलाई बाँड्ने तयारी गरिएको छ । सेवाग्राहीहरूले विभिन्न कार्यालयमा मिटरको माग गर्दै विगत एक वर्ष पहिले निवेदन दिए पनि प्राधिकरणले आन्तरिक समस्याका कारण वितरण गर्न सकेको थिएन ।
प्राधिकरणसँग जगेडामा मिटर नभएका कारण नयाँ ग्राहकलाई प्रदान गर्न नसकेको र बिग्रेका मिटरसमेत साट्न सकेको थिएन । भदौ महिनाभित्रै पहिलो चरणमा निवेदन दिएका ग्राहकलाई मिटर प्रदान गरिने प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिनुभयो ।
प्राधिकरणले हाल ल्याएको मिटरमा सिङ्गल फेजका ६० हजार र थ्री फेजका १३ हजार ४५० मिटर रहेका छन् । नयाँ घर बनाउने तथा विभिन्न कारणले मिटर बिग्रेर मिटर कुरिरहेका ग्राहकले छिट्टै आउन लागेका दसैँअघि नै बिजुलीको मिटर पाउनेछन् ।

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home