हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

बर्दिवास–ढल्केवर खण्डको यातायात सुचारु

No comments :
बर्दिवास।करिब एक महिनादेखि अवरुद्ध रहेको पूर्वपश्चिम राजमार्गको बर्दिवास–ढल्केवर खण्डको यातायात सुचारु भएको छ ।
गत साउन २८ गते राति रातु नदीमा आएको बाढीले पुलको पिलर(खाँबा, पाया) भाँसिएर अवरुद्ध भएको सो खण्डको यातायात रातु नदीको पुलमा बेलिब्रिज जडानको काम सम्पन्न भएसँगै आइतबार अबेर साँझबाट सुचारु भएको हो ।
यसअघि महोत्तरी र धनुषा जिल्लाको साँधमा पर्ने सो पुल भाँसिएयता वैकल्पिक मार्ग बनाएर यातायात सुचारु गर्न प्रयत्न गरिए पनि तीन पटक बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्गको बर्दिवास–ढल्केवर खण्डको यातायात सेवा अवरुद्ध हुँदै आएको थियो ।
वैकल्पिक मार्ग भरपर्दो हुन नसकेपछि भदौ दोस्रो सातादेखि रातु पुलमा सुरु गरिएको बेलिब्रिज जडानको कार्य सम्पन्न भएसँगै यातायात सुचारु गरिएको सडक डिभिजन कार्यालय मुजेलियाले जनाएको छ ।
बेलीब्रिज जडान कार्य सम्पन्न भएपछि आइतबारबाट हलुका सवारीसाधन जिप, कार, मोटरसाइकल, बस मात्र सुचारु गरिएको कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर देवेन्द्र साहले बताउनुभयो । मालबाहक सवारीसाधन भने रातभरिको अवस्था हेरेर आज सुचारु गरिने कार्यालयले जनाएको छ ।
यसअघि पुल भाँसिएयता बर्दिवास–ढल्केवर खण्डको आठ किलोमिटर दूरीको यात्रा तय गर्न सवारीसाधन बर्दिवास–जलेश्वर, जलेश्वर–जनकपुर र जनकपुर–ढल्केवर गरी ८० किमि दूरीको यात्रा तय गर्नुपरेको थियो ।

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home