८ भदौ , कपिलवस्तु । अन्तरजातीय विवाह गर्दा कपिलबस्तुमा एक दलित परिवारको सडकमा बास भएको छ । दलित समुदायका एक युवाले कथित उच्च जातिकी एक युवतीसँग विहे गरेपछि ती युवाका परिवारको सडकमा बास भएको हो । कपिलवस्तुको लवनी गाविस-५ का २१ वर्षीय विनयकुमार हरिजन र सोही स्थानकी १९ वर्षीया सिता चौधरीले गत साउन २१ गते भागेर विवाह गरेपछि केटी पक्षका परिवारले केटाको घरमा तालगा लगाइदिएका हुन् । दलित भएर आफ्नी छोरी लगेको भन्दै युवतीका दाजु नन्दलाल चौधरी उनका साथीहरु राकेश यादव, रामचन्द्र यादव, किशुन चौधरी र नेपाली कहाँर लगायत युवाले विनकुमारी हरिजनसहितलाई घरबाट निकाली ताल्चा लगाएपछि आफूहरुको सडकमा बास भएको विनयका काका रामनेवास हरिजनले बताए ।
अन्तरजातीय विवाह गर्दा सडकको बास

Subscribe to:
Post Comments
(
Atom
)
Dish Home
No comments :
Post a Comment