Ujyaalo Online
वीरगंज, भदौ १८ -
बीरगंज भन्सारमा रहेको नेशनल ट्रेडिङको गोदाममा बिहान भिषण आगलागी भएको छ । बिहान पौने २ बजे लागेको आगालागी अहिले नियन्त्रणमा आएको छ ।
आगो नियन्त्रणका लागि बीरगंज कलैया हेटौंडा र अमलेखगंजको बारुणयन्त्र र बारा पार्सामा रहेका एक्साभेटरहरुको परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी योगराज पाण्डेले बताउनुभयो ।
बिजुली सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाइ छ । आगलागी बाट भएको क्षतीको यकिन हुन सकेको छैन । तर प्रमुख जिल्ला अधिकारी पाण्डेले ५० करोड रुपैयाँ बराबरको क्षतीको अनुमान गरिएको जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो ‘यो आंकडा अनुमान हो यकिन कती हो पछि मात्र थाहा हुन्छ ।’ गोदामका इन्चार्ज रामकृष्ण प्रसादले पनि क्षती करौडौमा हुन सक्ने बताउनुभयो । उहाँले गोदाममा रहेको समानको पार्टीहरुले दावी गरेपछि त्यसको यकिन मूल्य थाहा हुने बताउनुभयो ।
गोदाम भित्र ग्यास सिलिण्डर जस्ता अत्याधिक प्रजवलनशील पर्दाथ समेत रहेको इन्चार्जको भनाई छ । आगो नियन्त्रणमा लिन एक्साभेटरको प्रयोग गरेर गोदामको क्षतीग्रस्त पर्खाल र अन्य संरचना समेत हटाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।
No comments :
Post a Comment