हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

प्रहरीलाई काँटा र चम्चा, थुनुवालाई टिभी

No comments :

भक्तपुर, भदौ ८ – महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरीले अब हातले खाना खान नपाउने भएका छन् । परिसरले टेबुल कुर्सी सहितको सुविधा सम्पन्न मेसमा बसेर काँटा र चम्चाले मात्रै खाना खानुपर्ने नियम बनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले ड्यूटीबाट सिधै आएर राम्रोसंग हात पनि नधोई उभिएरै खाना खानुपर्ने प्रहरीको बाध्यता देखेर यस्तो व्यबस्था गरेको बताउनुभयो । ड्यूटीमा रहँदा हात फोहोर हुने र रोगको संक्रमण बढ्ने डर भएपछि सबै प्रहरीले मेसमा बसेर काँटा चम्चाले मात्रै खान खाने नियम बनाएको उहाँले बताउनुभयो । प्रहरीले सुत्ने ठाउँ समेत नहुँदा पालो कुरेर सुत्नुपर्ने बाध्यता समेत अब हटेको श्रेष्ठले बताउनुभयो । ३५ वटा खाट थप गरेपछि प्रहरीले विगतमा जस्तो पालो कुरेर सुत्नुपर्ने अबस्था नरहेको उहाँले बताउनुभयो । विहान उठेर शौचालय जान समेत पालो कुर्नुपर्ने यहाँका प्रहरीलाई अब शौचालय जान पालो कुर्नुपर्ने अवस्था छैन । महिला र पुरुष प्रहरीका लागि छुट्टाछुट्टै थप शौचालय निर्माण गरिदिएपछि यो समस्या पनि हटेको उहाँले बताउनुभयो । प्रहरीका लागि सावर सहितको नुहाउने ठाउँको व्यवस्था गरिएको छ । बिभिन्न अपराधको आरोपमा थुनुवामा रहेका थुनुवाका लागि थुनुवा कक्षमै २८ इन्चको रंगिन टेलिभिजन राखिदिएपछि थुनुवालाई समेत दिन कटाउन सहज भएको उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home