हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

पति विदेशमा कमाउने, पत्नी परपुरुषसँग रमाउने ?

No comments :

मेरो घर रामेछाप जिल्लाको बाम्ती भण्डार गाविस वडा नं-१ मा पर्छ । म हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत छु ।
हामी सानैदेखि दुःख गरेर हुर्किएका हौं । पहाडको बसाइ, बिहान उठेपछि घाँस दाउरा गर्नुपथ्र्यो । त्यतिबेला अचेलजस्तो पढ्ने चलन थिएन । अहिले पो पढेपछि इलम पाइन्छ भनेर बालबच्चा पढाउने चलन छ, हाम्रो पालामा यस्तो थिएन । त्यसैले मैले पढ्न पाइँन । बुबाआमाले छोरामान्छेले पाखुरा बजारेर खानुपर्छ भन्नुभयो ।
गाउँका धेरैजसो मानिसहरु त्यतिबेला भारतमा काम गर्न जान्थे । म पनि सानै उमेरमा काम खोज्दै भारत पसेँ । घर आउने-जाने भैरहन्थ्यो । पछिल्लोपटक मैले भारतको सिलाङ, मेघालयमा कोइलाखानीमा कोइला निकाल्ने काम गर्दथें ।
सुरुङभित्र लाइट बालेर कोइला निकाल्नुपर्दथ्यो । काम निकै गाह्रो हुन्थ्यो पैसा पनि ठीक ठीकै कमाइथ्थो । अहिले मैले काम गरिरहेको मलेसियामा जस्तो हुँदैनथ्यो । यहाँ त काम गर्दा थकाइ लाग्यो भनेर बस्न पनि पाइँदैन ।
भारतको कोइलाखानीमा काम गर्दा म लक्का जवान थिएँ । बिहे पनि भैसकेको थियो । हाम्रो परिवारमा आमाबुबा, दुई भाइहरु, श्रीमती र एउटा छोरा थियो । म घरको जेठोबाठो भएकाले कमाउनतिर लागेको थिएँ । अरु सबै घरमा हुनुहुन्थो । घरपरिवार हाँसीखुसी चलिरहेको थियो ।
पहिलो विपत्ति
त्यो दिनको सम्झना आज पनि मलाई झलझली आउँछ । कुरा ०५९ साल भदौ ४ गतेको हो । हामी साथीभाइसँग रेडियो सुनेर बसिरहेका थियौं । रेडियोमा आउने खबरहरु हामीले निकै चाख मानेर सुन्थ्यौं । अचानक रेडियोले गाउँकै दुखद खबर भन्यो । वाम्तीमा पहिरो जाँदा ४१ जनाको मृत्यु । त्यो खबर सुनेपछि म छाँगाबाट खसेजस्तो भएँ । मृत्यु हुनेमा आफ्नै घरपरिवारका सबै मानिस परेछन् । घरका ६ जनाकै मृत्यु भएको खबरले म त्यहीँ ढलें ।
खबर सुनेको चार दिनपछि म घर पुगें । घर त के भन्नु, गाउँ आएँ । गाउँ पूरै शोकमग्न थियो । रुवावासीभन्दा केही थिएन । कसैले कसैलाई सम्झाउने मानिससमेत थिएनन् । सबैका आ-आफनै पीडा थिए । पहिरोले सिंगो गाउँ बगाएको थियो । सिंगो गाउँका १२ वटा जति घर मात्रै बचेका थिए ।
गाउँमा सरकारका मानिसहरु आए । मृत्यु भएका परिवारलाई किरिया खर्चवापत १० हजारका दरले राहत दिए । र, सान्त्वना एवं आश्वासन दिएर फर्किए ।
मेरो परिवारमा मभन्दा बाहेक कोही पनि बाँच्न सकेनन् । म पनि घरमै भएको भए बाँच्ने कुरै आउँदैनथ्थो, उनीहरुसँगै जान्थें । तर, बाहिर भएकाले म एक्लै छुटें ।
आज त्यो ठाउँमा ठूला-ठूला रुखहरु उमि्रएका छन् । कतिपय मानिसहरु त्यो ठाउँमा डराउँछन् । भुत आउँछ भन्छन् । म त चाहान्छु, त्यो भुतलाई मैले भेट्न पाए कति जाति हुन्थ्यो होला ? भुत भए पनि परिवारसँग त भेट्न पाउँथे होलाजस्तै लाग्छ ।
उखाडिएको परिवार बसाउने प्रयास
सबै साथीभाइ, वल्लो गाउँ, पल्लो गाउँका नातेदारको अनुरोधमा मैले ०६० सालमा बिहे गरेँ । त्यो बिहे मेरो लभ म्यारिज थियो । मैले एक्लोपनलाई मेटाउने प्रयास गरें ।
विवाहपछि घरपरिवार राम्रैसँग चल्न थाल्यो । यतिबेला जेठो छोरा १० वर्ष, छोरी ७ वर्ष र कान्छो छोरा ३ वर्ष पुगेका छन् । सबैजनाले गाउँकै जनकल्याण प्राविमा पढिरहेका छन् । उनीहरुलाई राम्ररी पढाउने मेरो ठूलो धोको छ ।
मचाँहि दुई वर्ष अगाडि म्यानपावरलाई १ लाख २५ हजार रुपैयाँ बुझाएर रोजगारीका लागि मलेसिया आइपुगेको छु । सुरुमा मलेसियाको मुहार भन्ने ठाउँमा आएको थिएँ । फर्निचर कम्पनीमा राम्रो भनेजस्तो कमाइ भएन । त्यसैले मलेसिया आएको केही समयपछि नै अन्यत्रै अवैधानिक भएर काम गर्न थालें ।
घरपरिवारले दुःख नपाउन् भनेर महिनैपिच्छे पैसा पठाउँथें । दुई वर्षमा लगभग साढे चार लाखभन्दा बढी पैसा श्रीमतीका नाममा पठाएँ ।
दोस्रो विपत्ति
मेरो पहिलो विपत्ति प्रकृतिले ल्यायो । जन्मदिने आमाबुबा, भाइहरु, प्यारी श्रीमती र सानो छोरालाई निष्ठुरी पहिरोले गुट्मुट्याएर लग्यो । त्यो घरमा रुख उम्रिए पनि मैले अर्कैठाउँमा घर बसाएँ, छोराछोरीको भविश्यमा सपना बुन्न था
तर, अचानक यहीबेला घरमा पालेका दशवटा खसी र लैनो भैंसीसमेत बेचेर पत्नी कलिला दूधे बालवालिकालाई छाडेर एक महिना अगाडि पोइल हिडिँन् भन्ने खबर मैले मलेसियामा सुनें ।
केही साथीहरुले यसअघि नै तेरी श्रीमतीको चाला ठीक छैन है भनेका थिए । मैले उनलाई सम्झाउँथे, उनले पनि मलाई राम्ररी नै सम्झाउँथिन् । हामी वीच कुनै मनमुटाव आजसम्म भएको थिएन ।
सायद घरमा कुनै अभिभावक या भनौं डराउने मान्छे कोही नभएर पनि यस्तो गरेको हुन सक्छिन् । सासू ससुरा, जेठाजू कोही भएको भए उनलाई अलि डर हुन्थ्यो कि ? उनी स्वतन्त्र थिइन् । त्यही भएर गलत कदम चालेको हुनुपर्छ । नत्रभने के थिएन र उनीसँग ? कमाउने श्रीमान् थियो, वालवच्चा थिए, आफ्नो इच्छाअनुसारको खान लाउन पाएकी थिइन् योभन्दा के चाहिन्थ्थो र ?
अब म नेपाल फर्कदैछु । नेपालमा पुगेर उनी नानीबाबुहरुको हेरविचार गर्छु । अहिले सबैजना छिमेकीका घरमा शरणमा बसेका छन् । धेरै दिनसम्म त जेठो छोरा अरुकोमा बस्न मान्दै मानेनन् । निकै सम्झाएपछि बल्ल छिमेकीको घरमा बस्न थालेको छ । ऊ अहिले पनि भन्छ, बाबा हामीलाई तपाईले दुःख गरेर कमाएर पाल्नुभएको छ । आमाले के नै पो गर्नुभएको थियो र ? तपाईले कमाएको पैसाले सामान किनेर खुवाउने मात्र त थियो नि उहाँको काम । छोराको यस्तो कुराले मेरो मन निकै भक्कानिन्छ ।
अहिले गाउँकै एकजना दाइलाई बच्चाहरुले जे खान खोज्छन् त्यही दिनु र उनीहरुलाई कुनै पनि हालतमा दुःखी हुन नदिनु भनेर पैसा पठाइदिएको छु ।
मलाई दश वर्षअगाडि त्यत्रो दशा लाग्यो । बल्लतल्ल सृष्टि धानेर अगाडि बढिरहेको थिएँ । हाँसीखुशी जीन्दगी चल्दै थियो । किन यस्तो आइपर्‍यो ? आफैँ छक्क छु । जे-जस्तो भए पनि बालबच्चाको मुहारमा दुःख देख्न नपरोस् । निष्ठुरी भगवानसँग यही कामना गर्छु ।
प्रस्तुती-रामचन्द्र नेपाल

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home