हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

जनताको पक्षमा नबने संविधान जलाउने प्रचण्ड मोर्चाको चेतावनी

No comments :
२६ असार, काठमाडौं । विपक्षी सात दलले एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा संघीय गणतान्त्रिक मोर्चा नेपाल घोषणा गरेका छन् । पहिचानसहितको संविधान बनाउन मोर्चाबन्दी गरेको भन्दै मोर्चाका नेताहरुले जनताको पक्षमा संविधान नबने जलाउने चेतावनी दिएका छन् । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा एमाओवादीसहित फोरम लोकतान्त्रिक, फोरम नेपाल, तमलोपा, संघीय समाजवादी, सद्भावना र तराई मधेस सद्भावना पार्टीका शीर्ष नेताहरुले मोर्चाको अवधारणा सार्वजनिक गरेका छन् । मोर्चा घोषणा सभामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जनताको संविधान बनाउन मोर्चाबन्दी गरेको बताए । उनले भने-’जनताको पक्षमा संविधान बन्दैन भने त्यस्तो संविधानलाई दिनको १२ बजे जलाइन्छ ।’ फोरम अध्यक्ष उपेन्द्र यादवले मधेस र जनयुक्तका क्रान्तिकारी शक्तिहरुको मोर्चा बनाएको बताए । उनले आत्मनिर्णयको अधिकार र प्रान्तीय स्वायत्ततासहितको संघीयता आवश्यक भएको धारणा राखे । मोर्चाको नेतृत्व चक्रिय प्रणाालीमा हुनेछ । १० र १४ प्रदेशको अवधारणालाई आधार बनाएर अघि बढ्ने सहमति गरेका दलहरुले त्यसका लागि सडन र सडकमा दबावमुलक कार्यक्रम गर्ने बताएका छन्

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home