हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

रातु खोलामा बेली ब्रिजबाट चल्यो गाडी

No comments :
जनार्दन पोखरेल/उज्यालो । महोत्तरी, भदौ २४ - पुल भासिएर गाडी अबरुद्ध भएको झण्डै एक महिनापछि रातु नदीमा बेली ब्रिजबाट गाडी चल्न थालेका छन् । 
महोत्तरी र धनुषा जिल्लालाई जोड्ने पूर्व पश्चिम राजमार्गको रातु नदीमा बेली ब्रिज निर्माण गरेपछि सोमबार दिउँसोदेखि गाडी वारपार हुन थालेका हुन् ।
सडक डिभिजन कार्यालय जनकपुरले भासिएको पुलमाथि ४० मिटर लामो बेली ब्रिज निर्माण गरेको छ । एक हप्ता लगाएर निर्माण गरिएको बेली ब्रिजबाट एकतर्फी रुपमै भएपनि गाडी सञ्चालनमा आएपछि यातायातकर्मी र यात्रुहरुलाई सजिलो भएको छ ।
बेली ब्रिजबाट बढीमा १० टनसम्म भार भएका गाडी मात्र गुड्ने अनुमति दिइएको सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख देबेन्द्रप्रसाद साहले बताउनुभयो । त्यो भन्दा धेरै भार भएका मालबाहक ट्रक लगायतका सवारी साधनलाई बेली ब्रिजबाट गुड्ने अनुमति दिइएको छैन । वढी भार भएका गाडीलाई पुल मुनिको ड्राईभर्सनबाट गुड्ने व्यवस्था मिलाईने छ । तर पुल मुनि निर्माण गरिएको ड्राइभर्सन दुई पटक वाढीले बगाएपछि अहले ड्राईभर्सनबाट गाडी चल्न सक्दैनन् । ड्राईभर्सन नहुँदा अहिले धेरै भार भएका मालबाहक ट्रक पनि बेली ब्रिजबाटै पार भैरहेका छन् ।
गएको साउन २८ गते आएको वाढीले पुलको पश्चिम तर्फको एउटा पिल्लर डेढ फिट भासिएपछि पूर्व पश्चिम राजमार्ग अबरुद्ध भएको थियो । झण्डै एक महिनासम्म पुलबाट गाडी नचल्दा यात्रु र यातायातकर्मीहरुले सास्ती पाएका थिए । आठ सय मिटर लामो रातु नदीको पुलको ११ वटा पिल्लर मध्ये पश्चिम तर्फका तीन वटा पिल्लरमा मात्र बेली ब्रिज जडान गरिएको छ । बेली ब्रिजले भासिएको पिल्लरलाई भने कुनै भार दिएको छैन । बर्षात्को मौसम सकिन लागे पनि दशैं, तिहार र छठ जस्ता नेपालीहरुको महत्वपूर्ण चाड पर्वको बेला भएकाले गाडी सञ्चालनमा समस्या नहोस् भन्ने उद्देश्यले बेली ब्रिज निर्माण गरिएको डिभिजन प्रमुख साहले बताउनुभयो ।
चाड पर्व सकिएपछि कात्तिक अन्तिमदेखि भासिएको पिल्लरको पुनः निर्माण थाल्ने सडक डिभिजन कार्यालयले जनाएको छ । पुलको अहिलेसम्मको अबस्था हेर्दा भासिएको पिल्लरलाई उकासेर मर्मत मात्र गर्दा पनि पुल सञ्चालनमा आउन सक्ने प्राविधिकहरुले अनुमान गरेका छन् । त्यसको लागि कम्तिमा पनि ६–७ महिना लाग्ने छ । भासिएको  पिल्लरको जमिन मुनिको संरचना हेरेपछि मात्र त्यहि पिल्लरलाई मर्मत गर्दा हुने अथवा नयाँ निर्माण गर्नु पर्ने भन्ने विषयको अन्तिम टुंगो लाग्ने साहले बताउनुभयो ।

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home